माओवादीका पूर्वमन्त्री दम्पती महानगर यातायातमा भेटिएपछि……

माओवादीका पूर्वमन्त्री दम्पती महानगर यातायातमा भेटिएपछि……

काठमाडौं । पूर्वमन्त्री दम्पतीलाई महानगर यातयातमामा भेटेपछि यात्रु दीपक पाण्डेले एउटा लामो स्टाट्स लेखेका छन् । उनले नयाँ मात्रै हुन भन्ने भाष्य स्थापित गर्न खोजेर पुराना नेताहरूको सादगीपन र परिर्वतनका लागि गरेको त्याग तपस्यालाई वेवस्ता गर्ने प्रवृति बढेको भन्दै अहिले नेपाली राजनीतिमा रत्यौली मन पार्ने प्रवृति बढेको टिप्पणी समेत गरेका छन् ।

यस्तो छ उनले् लेखेको स्टाटस

हिजो प्रेस काउन्सिलको बैठकमा भाग लिन महालक्ष्मीस्थानबाट महानगर यातायात चढेर एअरपोर्टतर्फ जाँदै थिए । ग्वार्को पुगेपछी पन्चायतकाल देखिका चर्चित नेता लीलामणि पोख्रेल तथा पूर्वमन्त्री शशी श्रेष्ठदम्पती सोही बसमा चढनु भो ।

बसमा सिट थिएन, ढोकै छेउको सिटमा बसेकाले भर्याङ्मै आखा जुध्यो। एलएम दाइले पुरानै शैलीमा कता हो दीपकभाइ भन्नू भो ! मैले नमस्कार गर्दै शशी दिदीलाई सीट छोडे। म अगाडि बसेका महोदयले एलएम दाइलाई छोड्दिए।

यतिबेलासम्म मैले आफ्नो यात्राबारे बृतान्त कहन भ्याइसकेको थिए।

अनि सोधे– ‘कहाँ पुगेर आउनु भयो।’ शशी दिदीले पुरानै शैलीमा मुसुक्क हासेर कुनै साथीको पिताजी बितेकाले समवेदना दिन भेटेर फर्केको बताउनु भयो।
त्यतिबेलासम्म मेरो दिमाखमा पन्चायतकालमै जेलनेल भोगेका र मन्त्री भैसकेका नेतादम्पतिको सार्बजनिक बसयात्राको तस्वीर घुमीरहेको थियो ।

महाकालीसन्धी ताका देखि जोडिएको सम्बन्धको फेरो टेको लाउदै सोधे–‘साधन छैन दिदी ?’
दाइ बोल्नु भएन, दिदीले भन्नू भो– हामी साधारण जीवन मन पराउछौं।

यो दृश्यलाई क्यामेरामा कैद गर्न मन लाग्यो मलाई पनि।

एउटा फोटो खिच्छु है सम्झना हुन्छ भन्दै दुई क्लिक हानीहाले।

उता हाम्रो सम्बाद बसका यात्रुले अभिरुचिपुर्बक सुनिरहकै थिए।

यत्तिकैमा कोटेश्वर आइपुग्यो। चियाखाने गरि आउनु है भाइ भन्दै दाइदिदी ओर्लनु भो बसबाट ।

यता मेरो दिमाखमा भने राजनीतिमा पुराना केही होइनन, नयाँ मात्रै हुन भन्ने भाष्य स्थापित गर्न खोजिएको रत्यौली घुमिरह्यो।

यदि हिजो मैले देखेको जस्तो दृश्य चितवनतिर कुर्लिरहेको किर्ते चटके , अनि तनहुँमा घुमीरहेको विदेशी बुद्धिबिलासे झिल्केका स्यालहर्ले देखेका भा त्यसैलाई ट्रोल बनार मुलुकमा कति उधुम मच्चाउने थिए होलान ?

उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।  काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।

कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।

बाराको गढीमाई मन्दिरमा मेला शुरु

बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।

लोकप्रिय