माओवादी सहमतिबाट पछि हट्दैन, मन्त्रीहरु फिर्ता बोलाइन्न : रायमाझी
काठमाडौं, असोज ३० । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले नेपाली कांग्रेससँग भएको सहमतिबाट आफ्नो पार्टी पछि नह्ने बताएका छन । सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु फिर्ता नहुने पनि स्पष्ट पारेका छन ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनसम्म साथ दिने प्रतिबद्धता जनाएका हौं ।
‘हामी र कांग्रेसबीच भएको प्रतिबद्धताअनुसार नै हाम्रा मन्त्री साथीहरु सरकारमा रहनुहुन्छ ।’ नेता रायमाझीले भने, ‘अहिलेलाई हामीले निर्वाचनसम्म साथ दिने निर्णय गरेका छौं ।’
प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराउनुको उद्देश्य स्पष्ट नभएको भन्दै नेता रायमाझीले भने, ‘प्रधानमन्त्री शेरबहादुरजीले के गर्न खोज्नुभएको हो त्यो चाहीँ बुझिएन । उहाँले राख्न खोज्नु भएको हो कि, हटाउन खोज्नुभएको हो कि, विनाविभागीय बनाउन खोज्नुभएको हो कि, त्यो बुझ्न सकिएन, यदि उहाँले निर्णय लिनुभयो भने हामी पनि त्यहीअनुसार निर्णय लिन्छौं ।’
माओवादी नेता रायमाझीले भने, ‘हामी त सहमतिबाट एक इन्चपनि तल हुँदैनौं, तर प्रधानमन्त्रीले धोका दिनुभयो, उहाँले गलत गर्नुभयो ।’
उनले विचार र सिद्धान्त मिल्ने पार्टीहरुवीच धुव्रीकरण हुनु खुशीको कुरा भएको धारणा राखे । राष्ट्रको अबको लक्ष्य आर्थिक समृद्धि हाँसिल गर्नु भएकाले मुलुकमा धेरै पार्टीको आवश्यकता नरहेको उनको तर्क छ ।
नेता रायमाझीले भने, ‘वामपन्थी विचारधारा बोकेका पार्टीहरु मिल्नु खुशीको कुरा हो, यो मेरो लागि गर्वको विषय हो, यो राष्ट्रले अब एक सय वटा पार्टी धान्न सक्दैन । न त जनताले नै धान्न सक्छन् ।’
सत्ता पक्षका राजनीतिक दलहरुको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद अधिवेशन लगायतका विषयहरुमा छल फल हुने बताइएको छ । यही माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन शुरु हुँदैछ ।
अध्यक्ष प्रचण्ड गोरखामा
गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुभएको छ । उहालेँ गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि र डण्डी डाँडाको नव ज्योति मा.वि को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ
भीम रावलद्वारा मातृभूमि जागरण अभियानलाई पार्टी बनाउने प्रस्ताव
काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् । रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’
रबि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार यस्तो आदेश दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो । उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ ।