मिथिलाञ्चलमा झिझियाको रौनक

मिथिलाञ्चलमा झिझियाको रौनक

महोत्तरी, असोज ८ । हिन्दूको घरआँगनमा बडादशैँ आएलगतै मिथिलाञ्चल क्षेत्रमा रात्रि समयमा झिझिया नृत्यको रौनक छाएको छ ।
महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत मिथिलाञ्चलको धर्ती दशैँ अवधिभरि नै झिझियाका लोकगीतले चल्बलाउन थाल्छ । महिलाहरु समूह बनाएर झिझिया नृत्यमा सहभागी हुन्छन् । राति खाना खाएर महिलाहरु ग्रामीण देवता (ब्रह्मबाबा) को मन्दिरमा जम्मा भई झिझिया नृत्य शुरु गर्छन् । ब्रह्मबाबालाई सलामी (एउटा सुपारी) राखेर शुरुवात गरिने सो नृत्यमा युवतीदेखि लिएर वृद्धासम्मका महिला सहभागी हुन्छन् ।

नृत्यमा सहभागीमध्ये एकजनाले टाउकामा एउटा घैंटो राखेको हुन्छ जसमा साना साना प्वाल पारिएको हुन्छ । सोभित्र अलिकति गोबर राखी दियो बालिएको हुन्छ ।
वर्षांैदेखि चल्दैआएको धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्नका लागि महिलाहरु संलग्न भइरहेको महोत्तरी भरतपुरकी शिक्षिका सुनिता महतोले बताए ।

“पछिल्लो समयमा आएर विभिन्न किसिमका आन्दोलनले गर्दा राति घरबाट निस्किने वातावरण नभएकाले नृत्यको रौनकमा केही कमी आएको छ”, उनले भने । घटनास्थापनादेखि शुरु भएको झिझिया नृत्य दशैँ अवधिभरि चल्छ ।

घर घरमा इष्टदेवको पूजापाठ

बडादशैँको आवागमनसँगै घरघरमा विशेष आराधनापूर्वक इष्टदेवको पूजापाठ गरिँदैआएको छ । प्रत्येक वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म हरेक व्यक्तिले आआफ्ना इष्टदेव एवं कुलदेवतालाई विशेष रुपमा पूजाआजा गर्ने प्रचलन छ ।

दशैँ अवधिभरि कुलदेवता प्रायः घरघरमा बसोबास गर्ने धार्मिक विश्वासका कारण सो अवधिमा दिनरात पूजापाठ भइरहेको गौशाला नगरपालिकाका मोहन ठाकुरले बताए । वर्षभरि गरिएको भाकल पूर्ण भएपछि दशैँ अवधिमा विशेष पूजाआजा गरी भाकल चढाउने गरेकाले पूजापाठ गर्नेको संख्यामा वृद्धि भएको विजलपुराका विजय सिंहले बताए ।

दशैँ अवधिमा कोखियागुहायर (सन्तान प्राप्तिका लागि गरिने विशेष पूजा) र बोक्सीको उपद्रवबाट बच्नका लागि धामी–झाँक्रीको माध्यमबाट उपचार गराउनेको भीड लागेको छ । पीडितले धामीझाँक्रीलाई आफ्नै घरमा राति आमन्त्रण गरी पूजापाठ गराउने गरेको किसाननगरका प्रगास चौधरीले बताए ।

यसैगरी महोत्तरीका विभिन्न धार्मिक देवस्थलमा भक्तजनको भिड लागेको छ । दशैँको शुरुआतीसँगै सोनामाइस्थित सोनामाई मन्दिर, जलेश्वरस्थित त्रिशूलीदेवी मन्दिर, बर्दिबासस्थित पञ्चधुरामाई मन्दिर, गौशालास्थित जल्पामाई मन्दिर, पडौलस्थान, कारिकस्थानलगायत धार्मिक एवं प्राचीन मन्दिरमा दिनरात भक्तजनको भिड लागेको छ ।

सो स्थानमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । त्यस्तै गाउँगाउँमा बनाइएका दुर्गाको मन्दिरमा समेत बिहान र बेलुकी पूजाआरती गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय