मुलुकलाई पुनःद्वन्दमा लैजाने स्वार्थको खेतिमा सर्वोच्च दुरुपयोग नहोस् : जनप्रगतिशील मञ्च कतार

मुलुकलाई पुनःद्वन्दमा लैजाने स्वार्थको खेतिमा सर्वोच्च दुरुपयोग नहोस् : जनप्रगतिशील मञ्च कतार

काठमाडौं । बृहत शान्ति सम्झौता विपरित गएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध रिट दर्ता गर्ने काम भएको भन्दै नेपाली जनप्रगतिशील मञ्च रास्ट्रिय समिति कतारले आफ्नो भम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला घटनाक्रममा मुलुकलाई पुनः द्वन्दमा फसाएर आफ्नो अपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरु सक्रिय भएको भन्दै त्यसप्रति अदालत सचेत हुनुपर्ने मञ्चले जनाएको छ ।

मञ्चले प्रचण्डको कुनै फरक प्रसंगमा दिईएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाएर मुद्धा दर्ता गर्नुले आशंका जन्माएको भन्दै उक्त कदमको विरोध जनाएको हो ।

तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलका बिचमा बृहत शान्ती सम्झौता सम्पन्न भई मुलुक उक्त प्रकृयामा प्रवेश गरेको र बृस्तित शान्ति सम्झौता नेपालको अन्तरिम संबिधान २०६३ को अभिन्न अङ्ग बनिसकेको अवस्थामा पछिल्ला घटनाक्रमले गलत उदेश्यका साथ सम्मानित सर्वोच्व अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, नेपाली जनताको चाहना र हाम्रो संविधानको भावना विपरित हुने घटनाहरु अगाडी बढेमा जुनसुकै संस्था वा शक्ति भएपनि त्यसको कडा प्रतिवाद गर्ने मञ्चले चेतावनी दिएको छ ।

यस्तो छ विज्ञप्ति

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपर दायर भएको रिट निवेदनमा सम्मानित सर्वोच्व अदालतका माननीय न्यायाधिश ईश्वर खतिवडा र माननीय न्यायाधिश हरि फ्युयाल को संयुक्त इजलासबाट रिट दर्ता गर्ने मिति २०७९–११–१९ को आदेश प्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रवास संगठन नेपाली जनप्रगतिशील मन्च रास्ट्रिय समिति कतारको गम्भीर ध्यानाकर्षण भएको छ।

हाम्रो मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धिको जग १० बर्षे महान जनयुद्द र २०६२–२०६३ को जनआन्दोलन हो भन्ने कुरा सर्वविदितै छ। तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलका बिचमा बृहत शान्ती सम्झौता सम्पन्न भई मुलुक उक्त प्रकृयामा प्रवेश गरेको र बृस्तित शान्ति सम्झौता नेपालको अन्तरिम संबिधान २०६३ को अभिन्न अङ्ग बनिसकेको कुरा पनि स्पष्ट नै छ। द्वन्दकालिन अवस्थामा भएका घटनाहरुको छानबिन र निरुपणको लागी नेपालको संबिधान बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठन भई काम कारबाही अगाडी बढेको कुरा पनि सार्वजनिक नै छ।

यसका बाबजुद हालैको सर्वोच्वको उक्त आदेशले हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक प्रसंगमा दिईएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाउदै गलत उदेश्यका साथ सम्मानित सर्वोच्व अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको छ।

मुलुकमा शान्ती बहाल हुन नदिन, जनयुद्द र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई नष्ट गर्न यसको शुरुयात देखिनै बिभिन्न व्यक्ति र शक्ति केन्द्रहरु लागि परेको कुरा न्यायप्रेमी नेपाली जनताबाट लुकेको छैन। मुलुकलाई पुनः द्वन्दमा फसाएर आफ्नो अपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरुसंग सम्मानित सर्वोच्व अदालत सचेत नै छ भन्नेमा हामी विश्वस्त छौं।

कदाचित नेपाली जनताको चाहना र हाम्रो संबिधानको भावना बिपरित यस्ता घटनाहरु अगाडी बढेमा हाम्रो पार्टी र नेपाली जनताले जुनसुकै संस्था वा शक्ति भएपनि त्यसको कडा प्रतिवाद गर्ने र त्यस्ता अपराधिक तत्वको कुटिल चाल एवं दुषित मनसाय कुनै हालतमा पुरा हुन नदिने नेपाली जनतामा हामी प्रतिबद्दता व्यक्त गर्दछौं।

अन्त्यमा मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि बिगतका १२ बुँदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल नागरिक समाज, र न्यायप्रेमी जनसमुदाय लाई यस्ता शान्ति र संबिधान बिरोधी गतिबिधिहरुप्रती सचेत रहन र आवस्यकता अनुसार प्रतिबाद गर्न अपिल गर्दछौं।

क्रान्तिकारी अभिवादन सहित !!

बुद्धि प्रसाद भण्डारी
अध्यक्ष
तथा
नेपाली जनप्रगतिशील मंच कतार परिवार।

त्रि.वि सुधारको माग गर्दै विद्यार्थीहरू धर्नामा,यस्ता छन् माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका छन् । त्रिवि सुधारको आफ्ना माग ३ दिन भित्र पुरा गर्न माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका हुन् । त्रिभुवन विश्व विद्यालयले सुधार गर्न सक्ने कामहरु समेत नगरेर विश्वविद्यालय र आम विद्यार्थीहरुको भविष्य धरापमा पारेको आन्दोलनरत विद्यार्थी प्रविन दाहालले बताउनुभयो । उहाँले विद्यार्थीका जायज माग ३ दिन भित्र सम्बोधन नभए आन्दोलनका तर्फबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार त्रि.वि. स्वयं हुने चेतावनी समेत दिनुभयो । यस्ता छन् विद्यार्थीका मागहरू  १) आजसम्म  year Gap र Year Overlapping(एकै वर्षमा २ वर्षको परीक्षा)  का कारण ट्रान्स्कृप्ट नपाएका सम्पुर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउने सम्बन्धि निर्णय गर्नुपर्ने ।  २) नियम विपरित रहेर विद्यार्थीको भलाे गराउने क्याम्पस र परिक्षा दिलाउने प.नि.का. का सम्बन्धित पक्षहरुलाई कानून अनुसार कारबाही गरिनुपर्ने ।  ३) प्राज्ञिक परिषद्‌ले मिति २०१०-१२-०४ गते विद्यार्थीलाई ट्रान्स्कृप्ट उपलब्ध गराउने सम्बन्धि गरेको निर्णयको स्पष्टिकरण दिनुपर्ने । ४) विद्यार्थीको भविष्य अन्धकार बनाउने सबै निति  नियमहरु यथासिघ्र सिनेट बैठक राखि सच्याउनु पर्ने ।  

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

लोकप्रिय