पार्टी परित्याग गरेर माओवादीमा प्रवेश गरेलगत्तै उनले गच्छदारमाथि टिप्पणी गर्दै भने,“यही अवस्थामा चुनावमा गए गच्छदारको पार्टी मधेशमा समाप्त हुन्छ, किनकी उनी परिवारवाद, नातावादको राजनीति गरिरहेका छन्, उनी भनेको व्यक्तिगत स्वार्थी मान्छे हुँ, आथिैक रुपमा विलासी हुन्, उनीसँग अथाह पैसा छ।”
त्यतिमात्रै नभएर उनले गच्छदार मधेश र मधेशी जनता विरोधी नेता भएको समेत आरोप लगाए ।
यद्धपी उनले आफू पद र पैसाको पछि लाग्ने मान्छे नभएको स्पष्ट पारे ।
बुधवार चक्रघट्टामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले रायसहितका सयौं नेता(कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् । माओवादीले आगामी स्थानीय चुनावमा राम्रो परिणाम आउने अपेक्षा गरेको छ ।