लगानीकर्ताको छनौटमा परेका दश कम्पनी (सूचिसहित)

लगानीकर्ताको छनौटमा परेका दश कम्पनी (सूचिसहित)

काठमाडौं, कात्तिक ११ । यतिबेला सेयरबजारमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने र लाभांश पारित गराउन साधारणसभा आह्वान गर्ने क्रम बढेको छ । कतिपय कम्पनीहरुले साधारणसभा सम्पन्न समेत गरिसेकका छन । लाभांश घोषणाको सिजनमा लगानीकर्ताको छनौटमा परेका दश कम्पनी भने यस्ता रहेका छन् ।

नेप्सेमा सूचिकृत कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने र चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम थाल्दै गर्दा असोज महिनाको सेयरबजारमा भने सुधार आएको छ ।

महिनाभर १६ दिन खुलेको सेयरबजार परिसूचक नेप्से ११.२४ अंकले बढेको छ । असोज १ गते १५४७.९४ विन्दुमा रहेको नेप्से असोज ३१ गते १५५९.१८ विन्दुमा पुगेको थियो । असोजको सुरुवातमा १७ खर्ब ९६ अर्बमा रहेको बजार पूँजीकरण समेत बढेर १८ खर्ब ९ अर्ब पुगेको छ ।

असोज महिनाभरको कारोबार हेर्दा लगानीकर्ताको छनौटमा वाणिज्य बैंकहरुको बाहुल्यता देखिएको छ । केही बीमा कम्पनी, जलविद्युत र लघुवित्तको सेयरको माग पनि असोज महिनामा उल्लेख्य भएको देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

असोज महिनाभर कारोबार रकममा आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको २९ करोड २३ लाखको संस्थापक सेयर तथा २४ करोडको साधारण सेयरको किनबेच भएको छ । दोस्रो स्थानमा रहेको इन्भेष्टमेन्ट बैंकको २५ करोड ५५ लाखको कारोबार भएको छ । चाैथाे नम्बरमा रहेको चिलिमेको २३ करोड ९२ लाखको कारोबार भएको छ । त्यस्तै क्रमश डिप्रोक्स लघुवित्त, बैंक अफ काठमाण्डौ, स्ट्यान्डर्ड चार्टर्ड, नागरिक लगानी काेष, एभरेष्ट बैंक र सानिमा बैंक उच्च कारोबार हुने दश कम्पनीमा परेका छन् ।

यता कारोबार भएको सेयर संख्याको आधारमा जनता बैंक सबैभन्दा अगाडि देखिएको छ । असोज महिनाभर जनता बैंकको ४ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । बैंक अफ काठमाण्डौको ४ लाख २२ हजार, नेपाल बैंकको चार लाख, सानिमा बैंकको ३ लाख ८९ हजार कित्ता सेयर किनबेच भएका छन् । भने दशौं नम्बरमा रहेको एनबि बैंकको २ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ ।

असोज महिनाभर इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी ३ हजार ७७६ पटक सेयर किनबेच भएको छ । दोस्रो स्थानमा रहेको नेपाल लाइफको २५ सय ७७ पटक सेयर किनबेच भएको छ । हिमालयन पावर, सानिमा बैंक, चिलिमे हाइड्रो लगायतका कम्पनी धेरै पटक सेयर किनबेच हुने कम्पनीमा परेका छन् । दशौं नम्बरमा रहेको एनबि बैंकको १२ सय ११ पटक सेयर किनबेच भएको छ । 

असोज महिनाको लगानीकर्ताको सेयर कारोबारको प्रवृति नियाल्दा पनि लगानीकर्ता कस्ता कम्पनीतर्फ आर्कषित छन् भन्ने आँकलन गर्न सकिन्छ । कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याको आधारमा लगानीकर्ताको नजरमा अधिकांश मध्यम मूल्य भएका वाणिज्य बैंकहरु परेको देखिन्छ ।

साथै लगानीकर्ताको छनौटमा बीमा कम्पनी, जलविद्युत, लघुवित्त र अन्य कम्पनी समेत देखिएकाले लगानीकर्ता लगानी विविधिकरण तर्फ पनि चनाखो रहेको असोज महिनाको कारोबार प्रवृतिबाट आँकलन गर्न सकिन्छ ।

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय