वडाध्यक्ष ‘बेल्चा र कुचो’ लिएर सडकमा निस्किएपछि

वडाध्यक्ष ‘बेल्चा र कुचो’ लिएर सडकमा निस्किएपछि

उदयपुर, असोज १० । सिमसिमे पानीको कुनै प्रवाह नगरी त्रियुगा नगरपालिका वडानं ११ का वडाध्यक्ष विश्वराज भट्टराई सोमबार झण्डै तीन घण्टा, उदयपुरको सदरमुकाम गाईघाट बजारमा झाडु बोकेर बढार्दै हिडे । नगरपालिकाको अगुवाईमा सुरु भएको ‘त्रियुगाको रहर, स्वच्छ, सफा र सुन्दर नगर’ अभियानमा वडाध्यक्ष भट्टराईले बजारबासीले फालेको कागज, पलाष्टिक टिप्दै झाडुले फोहोर बढारे ।

नगर प्रमुख बलदेव चौधरी नै उपस्थिति हुने यो कार्यक्रममा नगरप्रमुख काठमाण्डौँ जानु परेपछि वडाध्यक्ष भट्टराईले कार्यक्रमको नेतृत्व गरेका थिए । आफ्नै वडा भएर पनि होला भट्टराईले तीन घण्टासम्म कहिले झाडु त कहिले वेल्चा लिएर सरसफाइमा जुटे । वडाध्यक्षको त्यो काम प्रनि बजारबासी कोही पसल त कोही घरको झ्याल र छतबाट रमित हेर्दै थिए केही सरसफाइ अभियानमा साथ दिन पनि निस्किए ।

जनप्रतिनिधिहरुको त्यो काम देखेर कतिपय सर्वसाधरण त चकित भए । उनीहरु सवालजवाफ गर्दै थिए कि अब केहि होला, वास्तवमा जनप्रतिनिधि भनेको जनप्रतिनिधि नै हुदो रहेछ, हिजोसम्म कुरुप सहर विस्तारै परिवर्तन हुँदैछ । त्यसक्रममा वडाध्यक्ष भट्टराईले, ‘वडानं ११ अव सफा, हरित र उज्यालोयुक्त वडा हुनेछ ।’ त्यसअघि थपे, ‘नगरपालिकाको मुटु वडाबाट यो अभियान सुरु भएको छ, १६ वटै वडालाई नमुना बनाई नमुना नगरपालिका बनाउँछौ ।’

नगरपालिकाले सफा, सुन्दर, हरियाली, उज्यालो र समुन्नत त्रियुगा बनाउन नगरका सबै वडामा सरसफाइ, बृक्षारोपण र सोलार जडान कार्य सुरु गरिसकेको छ । त्यसो त उज्यालो र सफा दशै बनाउन नगरपालिकाले ‘उज्यालो र सरसफाइयुक्त दशै’ अभियान नै सञ्चालन गरिसकेको छ । वडा र नगरस्तरीय योजनामा सरसफाइ, हरित, उज्यालो र समृद्ध सहर बनाउने योजना प्राथामिकतामा राखेको मेयर बलदेव चौधरीले बताए । नगरपालिकाले वडानं ६, १०, ११, १२ मा सबैभन्दा बढि सरसफाइ र उज्यालो अभियान चलाउने बताएको छ । यो अभियानमा नगरपालिकाले कालो पलाष्टिक मात्र नभई सेतो पलाष्टिकसमेत प्रतिवन्ध लगाउने मेयर चौधरीले बताए ।

नगरपालिकाले फोहोरमैला व्इवस्थापनअन्र्तगत कुहिने र नकुहिने फोहोर छुट्याउने ल्याण्डफिल बनाउने तयारी गरिरहेको छ । यसकासाथै नगरपालिकाले छुट््टै वद्यशाला, हरियाली नगरपालिकाका लागि प्रत्येक घरले एक वटा विरुवा अनिवार्य रोप्नु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी दुई वटा बर्सपार्क, ढलको व्यवस्थापन, पार्क, सार्वजानिक शौचालय, पार्किङ, लामखुट्टे युक्त सहर लगायतका योजना अघि सारेको चौधरीले बताए ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय