वडा विभाजन व्यवहारिक नभएको भन्दै सच्याउन माग

वडा विभाजन व्यवहारिक नभएको भन्दै सच्याउन माग

कृष्ण कँडेल, बागलुङ चैत्र १६ । स्थानिय तहको पुनर्संरचनाको क्रममा ढोरपाटन नगरपालिका अन्तरगत साबिकको अधिकारीचौर गाविसको वडा विभाजन व्यबहारिक रुपमा नमिलेको भन्दै मिलाउन स्थानिय राजनितिक दलहरुले माग गरेका छन् ।

वडा विभाजन मिलाउनको लागि दवाव दिन गठन गरिएको वडा पुनर्गठन संघर्ष समितिको आयोजनमा बुधबार बुर्तिबाङमा पत्रकार सम्मेलन गरि उनिहरुले यस्तो माग गरेका हुन् ।
वडा विभाजनको क्रममा वडा नम्बर–३ लाई भौतिक पुर्वाधार, पायक पर्ने अबस्था लगायतको बारेमा ख्याल नगरि माथिल्लो वडा नम्बर–६ मा राखिएकोमा व्यबहारिक नभएको उनिहरुको भनाई छ ।

संघर्ष समितिले अहिले २ वडा वडामा विभाजित साबिकको अधिकारीचौर गाविसलाई तिन ओटा वडामा विभाजन गर्नुपर्ने र साविकको वडा नम्बर–३, ७ र ८ लाई मिलाएर अर्को नयाँ वडा बनाउनुपर्ने माग राखेको छ ।

अहिले अधिकारीचौरमा साबिकको १, २, ७, ८ र ९ वडालाई मिलाएर ढोरपाटन नगरपालिकाको वडा नम्बर–५ र पहिलेका ३, ४, ५ र ६ लाई मिलाएर वडा नम्बर–६ कायम भएको छ ।

यसरी बनार्ईको वडामा साबिकको वडा नम्बर–३ लाई माथिल्लो वडामा समाबेश गर्दा ३ वडावासीलाई अन्याय भएको उनिहरुको तर्क छ ।
विद्यालय, स्वास्थ्यचौकी, जलविद्युत लगायतका पुर्वाधारमा पनि साबिकको ३, ७ र ८ को व्यबहारिक सम्बन्ध रहेकाले यि तिन ओटा वडालाई छुट्टै वडा कायम गर्नुपर्ने अवाज उठेको छ ।

अर्को वडा कुनैपनि हालतमा थप्न नमिल्ने भए साबिको वडा नम्बर–५ लाई अहिले कायम भएको तल्लो वडामा राख्नुपर्ने उनिहरुको भनाई छ ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका निबर्तमान निमित्त कार्यकारी अधिकृत चण्डिराज पौडेलले स्थानिय तहको गठन गर्दा कतिपय कुरा व्यबहारिक रुपमा नमिलेको भन्दै स्थानिय निर्वाचनपछि बन्ने जनप्रतिनिधि मार्फत त्यसको समाधान गर्न सकिने बताए ।

कार्यक्रममा संघर्षसमितिका संयोजक दलबहादुर घर्ती, सहसंयोजक गुञ्जमान घर्ती, नेपाली काँग्रसका हिमनाथ कुँवर, नेकपा एमालेका वीरबहदुर विश्वकर्मा, नेकपा माओवादी केन्द्रका भिम गौतम, राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डे, राष्ट्रि प्रजातन्त्र पार्टिका निमबहादुर भण्डारी, नेकपा क्रान्तिकारी माओवादीका शिबध्वज पुन लगायतले आफ्नो धारण राखेका थिए ।

आफुहरुको माग सम्बोधन नभए दवावका लागि ढोरपाटन नगरपालिका कार्यालय, जिल्ला समन्वय समिति बागलुङ हुँदै स्थानिय तहको संख्या तथा सिमाना निर्धारण आयोग हुँदै केन्द्रमा समेत आफुहरु पुग्ने संघर्ष समितिले जनाएको छ ।

पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको दर १३८ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९असार ८० का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा तोकिएको छ। अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ: स्वीस फ्र्यांक: खरिददर १६९.०७, बिक्रीदर १६९.८० अस्ट्रेलियन डलर: खरिददर ८९.६४, बिक्रीदर ९०.०३ क्यानेडियन डलर: खरिददर १००.८६, बिक्रीदर १०१.३० सिंगापुर डलर: खरिददर १०७.५८, बिक्रीदर १०८.०५ जापानी येन (१० यन): खरिददर ९.५०, बिक्रीदर ९.५४ चिनियाँ युआन: खरिददर १९.२५, बिक्रीदर १९.३४ साउदी रियाल: खरिददर ३६.८४, बिक्रीदर ३७.०० कतारी रियाल: खरिददर ३७.९२, बिक्रीदर ३८.०९ यूएई दिराम: खरिददर ३७.६४, बिक्रीदर ३७.८१ मलेसियन रिंगेट: खरिददर ३२.५१, बिक्रीदर ३२.६५ त्यस्तै, भारतीय रुपैयाँ १०० को विनिमयदर १६० रुपैयाँ खरिददर र १६० रुपैयाँ १५ पैसा बिक्रीदरमा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने पनि जानकारी दिएको छ।

आज रातिदेखि देशभर भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद् र विभागकाे आग्रह

काठमाडौं । शनिबार रातिदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार झापाबाट भारी वर्षा सुरु भइसकेको छ। उनले शनिबार बेलुका सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुईवटा मौसमी मोडेलले फरक स्थानहरूमा वर्षाको सम्भावना देखाए पनि तराई र चुरे क्षेत्रहरू बढी जोखिममा रहेको उल्लेख गरेका छन्। “दुईवटा मोडेलले भारी वर्षाको ठाउँ फरक देखाएको छ, तर सम्भावना धेरै तराई र चुरे भागमा बढी छ,” पोखरेलले लेखेका छन्। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि आउँदो तीन दिन देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले शनिबार बेलुका जारी गरेको बुलेटिनमा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बुलेटिनअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाले वर्षाका कारण नदीहरूको जलसतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता विपद् आउन सक्ने भन्दै जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, यातायात र हवाई सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। यस्ता सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ। मुख्य सुझावहरू बाढी तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध यात्राअघि मौसम पूर्वानुमानको जानकारी लिनु आवश्यक स्थानीय निकाय र प्रशासनको सूचना तथा निर्देशन पालना गर्न सुझाव

विश्व योग दिवस २०८२: अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्व योग दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय, योग साधकहरू र विश्वभरिका योगप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना  दिँदै योगलाई "हाम्रो प्राचीन सभ्यताको अमूल्य निधि" भन्नुभएको छ ।  जसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सँगसँगै समृद्ध बनाउने उल्लेख गर्नुभएको छ। "यस वर्षको विश्व योग दिवसको नारा 'Yoga for One Earth, One Health' ले हामीलाई व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्याउन प्रेरित गरेको छ," उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। अध्यक्ष प्रचण्डले योगको उत्पत्ति र विकास भएको ऐतिहासिक पृष्ठभूमि रहेको नेपाललाई विश्वभरिका योग साधकहरूका लागि एक आदर्श गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभएको छ। विश्वभर हरेक वर्ष जुन २१ तारिखमा मनाइने योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।

लोकप्रिय