वडा स्तरमा चुनावी सभा गर्दै माओवादी

वडा स्तरमा चुनावी सभा गर्दै माओवादी

धनगढी,जेठ १ । आगामी जेठ ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको तयारीका लागि प्रचारप्रचार अभियानलाई तीव्र पारेको नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाका वडा स्तरमा चुनावी सभा गरिरहेको छ ।

घरदैलोमा गएर मतदाता भेटघाटसंगै वडा स्तरमा चुनावी सभाहरु भईरहेका नेकपा माओवादी केन्द्रका धनगढी नगर इन्चार्ज रमेश धामीले बताए । धनगढी उपमहानगरपालिकाका सबै वडामा चुनावी सभाहरु गरिने उल्लेख गर्दै उनले हाल सम्म ४ वडामा चुनाव सभा सम्पन्न भईसकेका बताए ।
माओवादीकै नेतृत्वमा भएको आन्दोलनका कारण राजनीतिक परिवर्तन भएको र सिंहदरबारका अधिकार जनताको घरदैलोसम्म पुगेका भन्दै माओवादीले मतदातासंग मत मागिरहेको छ । देशमा आमूल परिवर्तनको नेतृत्व माओवादीले गरेको र अब विकास र समुन्नती पनि माओवादीकै नेतृत्वमा हुने इन्चार्ज धामीले बताए ।
‘१० वर्षे जनयुद्धकै कारण मुलुकमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको हो । माओवादी जनयुद्धको जगमा मुलुकमा आमुल राजनीतिक परिवर्तन भए ।’ माओवादी केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य समेत रहेका धामीले भने–‘मुलकमा अब विकास र आर्थिक क्रान्तिको खाँचो छ । निर्वाचनमार्फत हामीलाई मत दिएर त्यसको नेतृत्व पनि जनताले माओवादीलाई दिनेछन् भन्नेमा हामी आशावादी छौं ।’
चुनावी सभासंगै घरदैलोमा गएर मतदाता भेटघाटसंगै स्थानीय स्तरमा जनताका समस्या र गुनासाहरु सुन्ने कार्य भईरहेको माओवादी धनगढी नगर इन्चार्ज निर्मल शाहले बताए । निर्वाचनको प्रचारप्रसारलाई व्यापक बनाइएको उल्लेख गर्दै उनले माओवादीप्रति जनताको उत्साह बढेको दावी गरे ।
माओवादीले धनगढी उपमहानगरपालिकाको मेयर, उपमेयर तथा सबैजसो वडाका अध्यक्ष र सदस्यका उम्मेदवार घोषणा गरेर प्रचारप्रसार गरिरहेको छ । धनगढीमा अन्य पार्टीले उम्मेदवार तय गर्न सकेका छैनन्, यद्यपि चुनावी प्रचारमा सबै दलहरु लागि परेका छन् ।
माओवादीबाट धनगढी उपमहानगरपालिकाको मेयरका उम्मेदवार रामसमझ रानाले प्रदेश नम्बर सातको प्रमुख शहरको रुपमा रहेको धनगढीलाई नमुना शहरको रुपमा विकास गर्ने आफ्नो चुनावी एजेण्डा रहेको बताए । उनले छिट्टै आफ्नो चुनावी प्रतिवद्धता पत्र पनि सार्वजनिक गर्न लागिएको बताए ।
उम्मेदवार रानाले आफू मेयरमा निर्वाचित भए धनगढीमा व्याप्त, डुवान, अतिक्रमणलगायतका समस्या समाधान गर्ने, उपमहानगरपालिकाका सबै क्षेत्रमा समानुपातिक विकास गर्ने र धनगढीलाई अत्याधुनिक सुविधा सम्पन्न शहरको रुपमा विकास गर्ने बतँए ।
यसैबीच नेकपा माओवादी केन्द्रले धनगढी उप–महानगरपालिका–१२, जुगेडामा आइतबार चुनावी सभा गरेको छ । सभामा माओवादी नेताहरुले मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने पार्टीलाई मतदान गरि विजयी गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले राजनीतिक परिवर्तनपछि अब देशमा आर्थिक परिवर्तन आवश्यक रहेको र त्यसको नेतृत्व माओवादीले मात्र गर्नसक्ने बताए ।
कार्यक्रममा माओवादीका धनगढी नगर इन्चार्ज रमेश धामी, नगर अध्यक्ष निर्मल शाह, मेयर पदका उम्मेदवार रामसमझ राना, उपमेयर पदका उम्मेदवार शान्ती अधिकारी, धनगढी–१२, का अध्यक्ष पदका उम्मेदवार खडकराज भट्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
माओवादी केन्द्रले हालसम्म धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६, ७, १२, १६, मा चुनावी सभा सम्पन्न गरिसकेको माओवादी धनगढी नगर समितिका प्रवक्ता रमेश भट्टराईले जानकारी दिए ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय