वाम तालमेतले मतदातामा उत्साह ,पोखरेल र दाहालले सुरू गरे घरदैलो

वाम तालमेतले मतदातामा उत्साह ,पोखरेल र दाहालले सुरू गरे घरदैलो

चितवन, कात्तिक २० । नेकपा एमाले र माओवादी केन्द्र सहित अन्य कम्यूनिष्ट पार्टीहरूसंगको बाम तालमेलले चितवनका मतदाताहरूमा उत्साह ल्याएको छ ।

सोमबार निर्वाचन क्षेत्र न २ का उम्मेद्वार कृष्णभक्त पोखरेल र प्रदेश ३ क का उम्मेद्वार धनश्या दाहाल (अबिनास) समानुपातिक उम्मेद्वार नारायणप्रसाद दाहालले भरतपुरको ठिमुरामा गरेको मतदाता भेटधट तथा धरदैलो कार्यक्रमा मतदाताहरूले बामपन्थी श्क्तिहरू एकभइ निर्वाचन लडेकोमा खुसी ब्याक्त गर्दै बिकास निर्माणमा ध्यानदिन आग्रह गरे ।

मतदाता भेटधट तथा धरदैलो कार्यक्रममा उमेद्वारहरूलाइ स्वागत गर्दै मतदाता टंक न्योपानेले बामपन्थीहरूको तालमेल र एकताले आफू लगायत यस क्षेत्रका मतदातामा उत्साहा छायको बताउदै बामगठबन्धनका उम्मेद्वारहरूलार्इ बिजयी गराउन लागिपर्ने प्रतिबद्दता ब्याक्त गरे ।

घरदैलो कार्यक्रम र मतदाता भेटधाट मार्फत आफूले चुनाबी कार्यक्रम सुरूगरेको बताउदै निर्वाचन क्षेत्र न२ का उमेद्वार कृष्णभक्त पोखरेलले आफू जनताको भवनाबमोजिम अगाडी बढ्ने प्रतिबद्दता ब्याक्त गरे ।

चितवनका लोकपृय नेता पोखरेलले बाम गठबन्धनका साझा उम्मेद्वारलार्इ अत्यधिक मतले बिजयी गराउने जिम्मा आदरणिय मतदाताहरूको कॉधमा आइपरेको बताउदै सहयोगको अपेक्षा गरे ।

ठिमुराका मतदाताहरू सधै परिबर्तन र न्यायको पक्षमा रहेको स्मरणगर्दै आसन्न निर्वाचनमा आफूलगायत बाम गठबन्धनका उम्मेद्वारहरूलार्इ बिजयी गराउन आग्रह गरे । चितवन क्षेत्र न ३ प्रदेश क का उम्मेद्वार समेत रहेका दाहालले जनताको भवना बमोजिम अगाडि बढ्ने प्रतिबद्दता ब्याक्त गरे । घरदैलो तथा मतदाता भेटधाट कार्यक्रममा मत माग्नुका साथै मतदाता शिक्षाका बारेमा पनि मतदाताहरूमा जानकारी गराएका थिए ।

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो । 

लोकप्रिय