विक्रम पाण्डेको झूठ पछाडिको यथार्थ यस्तो छ

विक्रम पाण्डेको झूठ पछाडिको यथार्थ यस्तो छ

आदरणिय माडीबासी अग्रज एवं मित्रहरु,
पछिल्लो समय चितवनको निर्वाचन क्षेत्र नं ३ मा बाम गठबन्धनबाट माओबादी अध्यक्ष कमरेड प्रचण्ड र कांग्रेस राप्रपा गठबन्धनबाट बनमन्त्री बिक्रम पाण्डेले उम्मेदवारी दिएसंगै विभिन्न खाले चर्चा परिचर्चा चलिरहेको छ । खास गरि पाण्डेको विकासवादी नाराको हवाला दिदै केहि कोणबाट भ्रम सिर्जना गर्न खोजिएको छ ।

भ्रम नं १
रेवा नदीको पुल पाण्डेले बनाएका हुन् ?
बास्तबिकता स् यो पुल नेपाल सरकारको टेण्डर सकार्दै पाण्डेको निर्माण कम्पनी कालिका कन्ट्रकस्नले बनाएको हो । यो पुलको लागि आवश्यक बजेट तात्कालिन माननीय अमिक शेरचनको मागमा बिनियोजित थियो ।

भ्रम नं २
माडीको बाटो बिक्रम पाण्डेले पिच गरेका हुन् ?
बास्तबिकता स् ट्रिपल आर (RRR) कार्यक्रम अन्तर्गत एसियाली विकास बैकंको सहयोगमा रेवा नदीको पुलदेखि अयोध्यापुरीसम्मको बाटो ९ ३ मिटर चौड़ा ० कालोपत्रे गरिएको थियो । बाटोलाई ३ खण्डमा बिभाजन १ खण्ड गरी बनकट्टा देखि बसन्तपुर सम्मको बाटो बिक्रम पाण्डेको कम्पनीले ठेक्का लिएको थियो । बाटो राम्ररी नबन्दै चिरा चिरा परेको र हिड्नै नमिल्ने गरी ध्वस्त भएकाले स्थानीय बासिन्दाले पाएको दुस्ख अझै भुलेका छैनन् । निर्माण कार्य गर्न स्थानीय मगुई खोलाबाट निकालिएको गिटी बालुवाको रोयल्टी स्थानीय बफर्जोनले अझै पाएका छैनन् ।

भ्रम नं ३
बिधुत् पाण्डेले ल्याएका हुन् ?
बास्तबिकता स् दशैं पंचवर्षीय योजना अन्तर्गतको ग्रामीण बिध्दुतिकरण आयोजना असफल भैसकेपछि पहिले अमिक शेरचनकै पहलमा पछिल्लो चरण सांसद डिआर पौडेल र पूर्व सासंद तीर्थ भुषालसहित राजनैतिक दलको दवावमा अन्डरग्राउण्ड रुपमा बिजुलीको तार बिछ्याईएको थियो । तात्कालिन उर्जा मन्त्री जनार्दन शर्माको बिशेष निर्देशानुसार बिजुली माडी भित्रियो र पाण्डे बाहेकका सबै सासंद र मन्त्रीको उपस्थितिमा त्यसको औपचारिक उद्धाटन गरियो ।

भ्रम नं ४
रेवा नदीको तटबन्धन र चक्रपथ
बास्तबिकता स् शिबद्धार होमस्टेले पेश गरेको कार्ययोजना अनुरुपनै चक्रपथ र भित्रि सडकको काम अगाडि बढ्यो । जलउत्पन्न मार्फत प्राप्त रेवा नदीको ड्याम निर्माणको बजेट फर्जी रुपमा सम्पन गरिएको भनेर स्वयं पाण्डेकै कार्यकर्ताको संलग्नताको प्रमाण सहित स्थानीय तहको चुनावको बेला पत्रिकामा समचार प्रकाशन भै सकेको तथ्य जगजाहेर नै छ ।

भ्रम नं ५
दमकल र पुल
बास्तबिकता स् माडीलाई प्राप्त दमकल माननीय हितराज पाण्डेले निर्णयनुसार माननीय डिआर पौडेलले माडी नगरपालिकालाई हस्ताण्तरण गर्नु भएको हो । माडीमा बन्न लागेका पुलहरु हुलाकी सडक परियोजना अन्तर्गत का हुन् । जुन योजना केपी ओली सरकारको पालामा भएको संझौताका आधारमा अघि बढेको हो ।

भ्रम नं ६
निकुञ्जका रुख पाण्डेले काटेका हुन् !
बास्तबिकता स् निकुञ्जभित्रका रुखमा पहिलो आरा लगाउने हिम्मतवाला नेता मात्रृका यादव र अमिक शेरचन हुन् । तात्कालिक चिफ वार्डेन मेघबहादुर पाण्डेको साथ लिएर । अहिले स्थानिय सरकार निर्वाचित भएपछि मेयर ठाकुर ढकालसहितको टीमले १ सुत्रीय रुपमा यो एजेण्डालाई अगाडि बढाउदै बिभाग र निकुञ्जको सहमतिमा नगरपालिकाकै आर्थिक सहयोगमा रुख कटान भएको हो । यदी पाण्डेले गर्थे भने ३ बर्ष के पापा हेरेर बसेका थिए र रुख काट्न स्थानीय सरकार चाहियो ।

भ्रम नं ७
सबै बिकास मैले गरेको हु पाण्डे !
बास्तबिकता स् चितवनका तात्कालिक एलडियोहरुलाई सोधे थाहा लाग्छ । निर्वाचन क्षेत्र बिकास कार्यक्रमका योजनाहरु पाण्डेले कसरी एकलौटी गर्न दबाब दिन्थे भन्ने कुरा । सासंद डिआर पौडेल, रुक्मणी चौधरी र उमेश श्रेष्ठको लिखित असहमतिका बाबजुद पनि आफ्ना कार्यकर्ता मैत्रि कार्यक्रम कसरी लागु गर्थे भन्ने कुरा यसअघि नै सार्वजनिक भैसकेको छ । माडी कै महत्वको मगुई खोला को पुल बनाउने प्रस्ताव उनले आफ्नो सनकका भरमा अन्यत्र लगेका थिए ।

भ्रम नं ८
मलाई माओवादी एमाले र काग्रेसले गर्नै दिएनन् !
बास्तबिकता स् यहाँका राजनैतिक पार्टीले निर्वाचित सासदलाई कटाउन खोजेका होईनन् । हरेक मंचमा आफुले सिन्को नभाच्ने तर माडीका दललाई सत्तोसराप गर्ने काम नछाडे पछि उनलाई जनताले बहिस्कार गरेका हुन् । सानो एउटा सम्झना, यो पंक्तकार समेत रहेको नेता डिआर पौडेल,सन्देश पौडेल र काग्रेस नेता सिपि सुबेदीले माडी महोत्सबमा उनलाई आमन्त्रण गर्न कालिका टावर बालुवाटार पुग्दा उनले दिएको अभिब्यक्ति स्मरणिय छ १ माडी काठमाडौ सम्पर्क समाजले उनि सहितसबै जनप्रतिनिधिहरुलाई एउटै मंचमा राख्न उकै मन्त्रालयमा पटक पटक अनुरोध पत्र लिएर जादाँ टोलिलाई गरिएको अपमान अझै भुलेका छैनन् १ यस्ता द्धष्टान्त सयौँ छन् । यो उनको ब्याक्तिगत बिरोध होईन बरु उनि रहेको रकमि रवाफ र सामन्ति सोचको कारण पैदा भएको आक्रोश हो ।

केही प्रश्नहरु :

१‍.सगै सासंद बनेका १ नं क्षेत्रका नेता सुरेन्द्र पाण्डेले २०० किमी पिच गराउदा हाम्रा पाण्डे जीको पहलमा २० मिटर पनि किन हुन सकेन् ?
२. नेपाल सरकारको निर्णयमा माडी आएको दिवाकर पोलिटेक्निक ईन्ष्टिच्युटको जमिन प्राप्ति को फाईल पाण्डेकै डिजाईनमा किन अगाडी बढाउन रोकियो ?
३.सिगै माडी बाढीले तहसनहस हुदा हेलिकप्टर सयर त गरियो तर पिडित जनतालाई सासंद हुनुका नाताले न्युनतम् राहात दिनु त परै जाओस् नगरपालिकालाई सराप्दै ज़िम्मेवारी बाट किन भागियो ?
४.स्वभाबिक रुपमा आएका र अरुको पहलमा माडीमा हुने साना भन्दा साना बिकास योजनाको जस लिन निजी रेडियो र टिभि प्रयोग गर्ने तर जनता सामु गरेका चुनावि बाचा किन भुलियो ?
५. ठोरी केरुगं मार्ग कहा अलपत्र पारियों ?
६. निधारको अबिर नसुक्दै बिकासको बाढी ल्याउछु माडीमा भनेर आश्वसन बाढ्ने पाण्डे जीले माडीको बिकासका लागी स्व प्रयत्नमा गरका कुनै २(४ वटा काम सोधियो भने उत्तर दिने केहि काम छन् त ?

बिलकुल छैनन् यसकारण भ्रमको खेति नगरौ । यसपटक देशकै नेतृत्व साझा बाम उम्मेदवार प्रचण्डलाई माडी बासिले पाएका छौ । हाम्रा सन्ततीहरुले पनि गर्व गर्न सक्ने निर्णय गरौ । देशका नेता प्रचण्डलाई माडी बासीले रोजौ ! ठेकेदारलाई फेरि पनि ठेक्का नदिउँ, यसपटक प्रचण्डलाई भोट दिउॅ !

सन्तोष पनेरु
बसन्तपुर,माडी

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।  

कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचिसहित)

काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

झ्याप्लेखोलामा पुरिएका दुई बस निकालिदै, अर्को बस पनि भेटियो

काठमाडौं । धादिङको धुनिबेशि नगरपालिका-९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अर्को पनि बस फेला परेको छ। पुरिएरका दुईवटा बस निकालेर बाटो सफा गर्ने क्रममा अर्को पनि बस पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्काभेटरले खन्ने क्रममा अहिलेसम्म बसको थोरै भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। ‘बसको पूरै भाग नदेखिएकोले कहाँको लागि छुटेको बस हो भन्ने पत्ता लागेको छैन,’  सिलवालले भने। यसअघि शुक्रबार गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको एउटा बस खानीखाेलाबाट सम्पर्कविहीन भएको थियो। लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो। बसमा रहेका यात्रुका आफन्तले खोजबिन गरिदिन आग्रह गरिरहेका छन्। बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि पहिरोले पुरिएको बस त्यही हो अथवा अरु नै हो भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर बस निकाल्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

लोकप्रिय