वैशाख २५ गतेदेखि मुग्लिन सडक खण्ड २४ सै घण्टा सञ्चालनमा

वैशाख २५ गतेदेखि मुग्लिन सडक खण्ड २४ सै घण्टा सञ्चालनमा

चितवन, वैशाख २२ । पृथ्वी राजमार्गअन्तर्गतको नारायणगढ–मुग्लिन सडक खण्ड यही वैशाख २५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ ।

मर्मतका लागि अहिले दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइएको भए पनि स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै वैशाख २५ गतेदेखि आगामी जेठ ३ गतेसम्म आवतजावत सुचारु गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको हो ।

यो समयमा सडक मर्मतको कार्य स्थगित गरिने र यातायात सुचारु गरिने आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी, सौन्दर्यकरण र सीमांकन एक साथ हुँदै

भरतपुर । भरतपुरको मध्य भागबाट बग्ने पुङ्गी खोलालाई सौन्दर्यकरण गर्ने अभियानलाई तीब्रता दिइएको छ । सोमबार अभियान अन्तरगत भरतपुर वडा नम्बर ३ र ४ को सिमाना क्षेत्रबाट अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो । पुङ्गी खोलाको सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ भइरहेको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रर्वधन र सौन्दर्यकरणको कार्यका लागि रु १० करोड ८० लाखको ठेक्का लगाइएको ईन्जिनियर साकार लामाले जानकारी दिनुभयो । यस अन्र्तगत  १.५ किलोमिटरमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नम्बर ४ मा पुंगी खोलाको दोभानबाट करिब ५ सय मिटरको काम सम्पन्न भइसकेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गर्नुभयो । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ । वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । प्रमुख दाहालले अबको ३ वर्षभित्र पुंगी खोलाको मुहानसम्म नै सौन्दर्यकरण काम हुने बताउनुभयो । भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सक्रिय सहयोग गर्न प्रमुख दाहालले अनुरोध पनि गर्नुभयो । भरतपुर वडा नं ११, २, ३ र ४  भई बग्ने खोलाको लम्बाई ६.६५ किमि रहेको छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् । गरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ। यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्त्वपूर्ण आयोजना हो। बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।

बाग्लुङ दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको पहिचान खुल्यो

बाग्लुङ । बागलुङ– बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष छन् ।भ्यान सडकदेखि पाँच सय मिटर तल खसेको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनामा घाइते भएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीषको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।

फोटो पत्रकार समूहमा पुनः वन्त

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) मा पुनः प्रदीपराज वन्त अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको १३ औ केन्द्रीय महाधिवेशन तथा २७ औँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदका लागि वन्त निर्वाचित हुनुभएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा एलवि (सागर श्रेष्ठ), महिला उपाध्यक्ष चन्द्रकला श्रेष्ठ, उपाध्यक्ष नारायणबहादुर सिलवाल, उपाध्यक्ष सुनिल शर्मा, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई, कोषाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।  त्यस्तै सदस्य पदमा क्रमशः मुकुन्दबहादुर कालिकोटे, हरिशसिं नागल, रमिता छुँजु, दीपेन्द्र महर्जन, अनुप प्रधान, सागर बस्नेत र शङ्कर भुजेल निर्वाचित हुनु भएको छ ।

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट पक्राउ गरिएका उनलाई आज काठमाडौं पुर्‍याइँदैछ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराइ जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएकोमा जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काएको थियो । कात्तिक १३ गते जापान उडेका उनलाई टोकियो विमानस्थलमा ४८ घण्टा राखेर फिर्ता गरेको थियो । मानव तस्करी गरेर मन्त्री जापान गएको भन्दै विरोध भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश कमिटीले उनलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो भने शनिबार नै बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । आफूलाई फसाइएको दाबी गरेका अधिकारीले अनुसन्धानमा सघाउने बताएका छन् । उनीसँगै जापान गएकाहरुलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लोकप्रिय