शिक्षकको यातनाले विद्यार्थी अस्पताल भर्ना

पाल्पा,माघ १३ । भैरवस्थान गाविसको भैरव जनता माविका शिक्षकबाट यातना पाएका एक विद्यार्थीले चार दिन युनाइटेड मिसन अस्पतालमा भर्ना हुनु पर्यो ।
मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भनेर कक्षा ६ मा अध्ययनरत बाह्र वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा बनाउँदा उनी बेहोस बन्न पुगेकी थिइन् । विद्यालय हाजिर नभएको बेलाको गृहकार्य नगरेको बताए पनि आफूलाई एक घन्टासम्म कुखुरा बनाएको पीडित विद्यार्थीको भनाइ छ ।
रुचालले अस्पतालको श्ययाबाट भनिन्, “कुखुरा बनेर बेन्चमा बस्न थाल्दा रिङ्गटा लागेर बेहोस भएँ ।” रुचालसँगै पेसा व्यवसाय पढाउने शिक्षकले अर्का विद्यार्थी मनिषा थापालाई समेत एक घन्टा कुखुरा बनाएर यातना दिएका थिए । उनको उपचार पाल्पामा सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने सुझाव अस्पतालले दिएको आफन्तले बताएका छन् । रुचालका काका सुमित रुचालका अनुसार शिक्षकले कुखुरा बनाएपछि मात्र पहिलोपटक बेहोस बनेको र त्योभन्दा अघि कुनै पनि समस्या देखिएको थिएन ।
रुचाल घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै पनि उजुरी परेको छैन । आफन्तलाई उजुरी नदिन विद्यालय प्रशासनबाट दबाब आएको पीडित पक्षको भनाइ छ । अखिल क्रान्तिकारीका नेता विशाल ओलीका अनुसार विद्यार्थी अस्पतालमा उपचाररत हुँदा शिक्षकले राजनीति गरेर दोषीलाई संरक्षण गरेको आरोप लगमए ।
जिशिका पाल्पाले बिहीबार विद्यार्थी सङ्गठनका प्रमुख, विद्यालयका प्रअ र शिक्षकसहित जिल्ला शिक्षा कार्यालयमा बैठक बसेर दोषीमाथि कारबाही गर्ने जानकारी दिएको छ । जिशिका शाखा अधिकृत रेशम न्यौपानेले घटनाको छानबिन गरी दोषीलाई कारबाही हुने बताए ।
विद्यालयका प्रअ नारायण कुँवरलाई मोबाइलमा सम्पर्क गरी घटनाका बारेमा जानकारी लिन खोज्दा उनले प्रतिक्रिया दिन चाहनुभएन ।
गत वर्ष पनि दुई दलित विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । रासस
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।
सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।
श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड
ललितपुर , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। “घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भन्नुभयो, “हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।” जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भन्नुभयो, “जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन।” कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।