संरक्षित क्षेत्रको ३७ हजार हेक्टर जङ्गलमा आगलागी

संरक्षित क्षेत्रको ३७ हजार हेक्टर जङ्गलमा आगलागी

काठमाडौँ, वैशाख २५ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत रहेको संरक्षित क्षेत्रमा यस वर्षमात्र ३७ हजार १५३ हेक्टरमा आगलागी भएको छ ।

विभागले दिएको जानकारीअनुसार यसवर्ष १२ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रको ३७ हजार १५३ हेक्टरमा आगलागी भएको हो ।

आगलागी हुनेमा सबैभन्दा बढी बाँके राष्ट्रिय निकुञ्जको जङ्गलमा छ हजार ८०० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ भने सबैभन्दा कमी मनास्लु संरक्षण क्षेत्रको जङ्गलमा पाँच हेक्टर क्षेत्रमा आगलागी भएको छ ।

यस्तै चितवन राष्ट्रिय निकुञ्ज ६५, बर्दिया राष्ट्रिय निकुञ्ज दुई हजार २६५, लाङ्टाङ राष्ट्रिय निकुञ्ज १५, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सात हजार ४५०, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज २३, मकालु वरुण राष्ट्रिय निकुञ्ज १३, रारा राष्ट्रिय निकुञ्ज सात, पर्सा वन्यजन्तु आरक्ष २५१, कञ्चनजङ्गा संरक्षण क्षेत्र २०० र अन्नपूर्ण संरक्षण क्षेत्रको ५९ हेक्टर क्षेत्रमा आगलागी भएको छ ।

विभागका महानिर्देशक मनबहादुर खड्काले यो वर्ष धेरै पानी परेकाले संरक्षित क्षेत्रमा आगलागी कमी भएको बताउनुभयो । उहाँले भन्नुभयो – “आगलागी थोरै भएको छ, क्षति भने अहिलेसम्म केही भएको छैन ।” महानिर्देशक खड्काले २० वटा संरक्षित क्षेत्र भए पनि १२ वटा संरक्षित क्षेत्रमा एकदमै थोरै मात्रामा आगलागी भएको बताउनुभयो ।

यस्तै वन विभागअन्तर्गत रहेको सामुदायिक तथा राष्ट्रिय वनमा भने यसवर्ष एकदमै थोरै मात्रामा आगलागी भएको छ । वन विभागका उपसचिव मोहन काफ्लेले दिएको जानकारीअनुसार सामुदायिक तथा राष्ट्रिय वनमा जम्मा दुई हजार हेक्टरमा आगलागी भएको छ ।

जङ्गलमा हुने आगलागीमध्ये ८० प्रतिशत आगलागी चैत र वैशाखमा हुने गरेको विभागले जनाएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय