सचिवलाई थाहै नभई दूधकाे मूल्य ६ रुपैयाँले बढ्याे

सचिवलाई थाहै नभई दूधकाे मूल्य ६ रुपैयाँले बढ्याे

काठमाडौंः  सरकारको निर्देशनमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुई वर्षपछि दूधको मूल्य बढाएको छ । दुग्ध सहकारीहरु र डेरी उद्योग संघको दबाबमा सरकारले दूध प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

बढेको मूल्य पर्सि २१ गते शनिबारदेखि लागू हुने डीडीसीकायोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए।

कृषि तथा पशुपन्छी मन्त्रालयले बिहीबार दूधको मूल्य बढाउने निर्णय गरी कार्यान्वयनका लागि डीडीसीलाई पत्र पठाएकोव्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले  बताए।

मन्त्रालयका प्रवक्तातेजबहादुर सुवेदीले पनि मूल्य बढाउन सिफारिस गरेको बताए। तर, नयाँ मूल्य डीडीसीको बोर्ड बैठकबाट पास भएपछि लागू हुने उनले बताए

तर, कृषि सचिव युवकध्वज जिसीले भने मूल्य बढाउने निर्णयबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘मूल्य बढेको कुरा थाहा छैन, भेरिफाइ गर्छु।’

उपभोक्ताले अब प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि ७० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो। नयाँ भाउ अनुसार ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन्।

झाका अनुसार यसअघि २०७४ भदौ १ मा दूध प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो।

दुग्ध सहकारीहरुले मूल्य नबढाए भदौ १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरुको आन्दोलनमा डेरी उद्योग संघहरुले पनि समर्थन जनाएका थिए।

सरकार, उद्योगी, किसानका प्रतिनिधिबीच पटक पटकको वार्ताबाट दूध प्रतिलिटर १० रुपैयाँ बढाउने सिफारिस गरेको थियो।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय