सल्यानकाे १२ स्थानमा माओवादी विजयी,काँग्रेस ४ र एमाले ७ स्थानमा विजयी

सल्यानकाे १२ स्थानमा माओवादी विजयी,काँग्रेस ४ र एमाले ७ स्थानमा विजयी

सल्यान, जेठ २ । सल्यानका २३ वडाको मत परिणाम सार्वजनिक भएको छ । अहिले सम्म सार्वजनिक भएको मतपरिणाममा नेकपा माओवादी केन्दले १२स्थानमा विजय हासिल गरेको छ । कपुरकोट गाउँपालिका वडान १ मा बालाराम खड्का , २ मा मानवहादुर राणा, दार्मा गाउपालिका वडान ३ मा सेतिराम रोकाय, ४ मा चन्द्रवहादुर रावत, ६मा दुर्गा मल्ल वडान ५ मा राम ब केसी विजयी भएक छन् । यस्तै ढोरचौर गाउँपालिका वडान १ बाट राम बहादुर बस्नेत, २ न वडाबाट रुद्र ब बुढाथोकी वागचौर नगरपालिका वडा न,११ मोहन खड्का, १२ मा दिपक वली, छत्रेश्वरी २ मा प्रेमवहादुर खड्का, रामपुर ६ टेकवहादुर थापा विजयी हुनु भएका छन् ।
नेकपा एमालेका तर्फवाट शारदा नगरपालिका १ मा नवराज वुढाथोकी, २ मा केशव श्रेष्ठ, ३ मा टोपवहादुर थापा, वन्गाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डाँगी, ढोडचौर ३ मा शालिकराम वुढाथोकी, वागचौर नगरपालिका २ घनश्याम शर्मा, त्रिवेणी १ मा छवी केसी, दार्मागाउँमा १ मा कविकुमार चन्दले विजयी प्राप्त गरे ।
त्यस्तै नेपाली काँग्रेसले बागचौर नगरपालिका वडा न १ बाट नेत्र प्रकाश डाँगी र कालिमाटी गाउँपालिका वडा न ७ नैनसिहं राना, त्रिवेणी २ मेगराज रोका,छत्रेश्वरी १ नेववहादुर शाह विजयी  भए ।
शारदा नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ३७६० उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२
नेकपा एमाले, प्रमुख : राम कुमार खड्की ६९३ उपप्रमुख : सरिता हमाल मल्ल ११२०
नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रमोद कुमार श्रेष्ठ ४६६ उपाध्यक्ष : झरणा वुढाथोकी ४०३
राप्रपा, अध्यक्ष : मनोज कुमार प्रधान ७७३

वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १४६४ उपप्रमुख –मेनका चन्द १२२२
नेकपा एमाले, प्रमुख : लोक बहादुर डागी १०६९ उपप्रमुख : ओका कुमारि खत्री ९६४
नेकपा माओवादी केन्द्र अध्यक्ष : लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष : कल्पना पुन १४३४

वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ७१३
नेकपा एमाले प्रमुख : गोविन्द कुमार पुन ८२९ उप प्रमुख तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष : कर्णवहादुर वुढाथोकी ८२९ उपाध्यक्ष : मञ्जु यरी ७७२

ढोरचौर गाउपालिका
नेपाली काँग्रेस अध्यक्ष : नरबिर चलाउने १०१० उपाध्यक्ष : बिमला रेउले ९९१
नेकपा एमाले अध्यक्ष : चित्र बहादुर चलाउने १५१० उपाध्यक्ष : पुष्पा वोहोरा १५४०
नेकपा माओवादी केन्द्र अध्यक्ष : नरविर चलाऊने ११९९ उपाध्यक्ष :भूमि वुढाथोकी १२५७

दार्मा गाउँपालिका अपडेट
नेपाली काँग्रेस, अध्यक्ष : रामचन्द्र के.सी.१६२६ उपाध्यक्ष ः तालमेल
नेकपा एमाले, अध्यक्ष : तालमेल उपाध्यक्ष : दल बहादुर केसी १५२३
नेकपा माओवादी केन्द्र अध्यक्ष : निम बहादुर केसी २८३९ उपाध्यक्ष : टिका शर्मा वली २८३०
वडा नम्वर २ मा मत गणणना सुरु
नेपालीकाँग्रेस डिल्लीवहादुर चन्द १०
नेकपा माओवादी केन्द्र डिल्ली केसी पासा∙ १७

त्रिबेणी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी १३२१ उपाध्यक्ष ः करुणा खड्का १३०६
नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का ४५३ उपाध्यक्ष ः पवित्रा केसी ९७९
नेकपा माओवादी केन्द्र अध्यक्ष ः अजय रोका ५१७ उपाध्यक्ष ः लिलावती वुढा ५४४
राप्रपा अध्यक्ष ः मंगलु पुन८४

कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी २२५ उपाध्यक्ष ः ओकी महतरा ७४
नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन ८८९ उपाध्यक्ष ः तिला बुढा मगर ४९६
नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी ७६७ उपाध्यक्ष ः एलिना राना ५९४
कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन ३३६ उपाध्यक्ष ः कमला अधिकारी २८१
नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी १९१ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी २०८
नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १९५ उपाअध्यक्ष ः प्रिती डिसी विसि २१०

छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी.८२९ उपाध्यक्ष ः सिता के.सी. १७४
नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी ४८०उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी १३४
नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी ९२१ उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति १२४

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय