साढे १२ हजार शिक्षक ३ महिनाभित्र पूर्ति गर्ने विभागको तयारी

साढे १२ हजार शिक्षक ३ महिनाभित्र पूर्ति गर्ने विभागको तयारी

काठमाडौं, चैत १६ । मुलुकमा नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ। वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्छ। विद्यार्थी विद्यालयका नयाँ कक्षामा जाने बेला आउँदा त्यहाँ पढाउनका लागि हजारौँ शिक्षकको भने अभाव छ। शिक्षा विभागका अनुसार मुलुकभरका विद्यालयमा १२ हजार ७३९ शिक्षकको अभाव छ। त्यसको पूर्ति गर्नका लागि शिक्षक सेवा आयोग लागे पनि ती पद कहिले पूर्ति हुने हो निश्चित छैन।

शिक्षा विभागका निर्देशक नरेन्द्रप्रसाद रेग्मीले नयाँ शिक्षक नियुक्तिका लागि सम्बन्धित निकाय शिक्षक सेवा आयोगलाई निर्देशन दिएको बताए। उनले भने, ‘देशभर १२ हजार शिक्षकको अभाव छ। यसको पूर्तिका लागि हामीले शिक्षक सेवा आयोगलाई निर्देशन दिइसकेका छौँ। त्यसका लागि आयोगले नियुक्ति गरिरहेको जानकारी दिएको छ।’ किन भएको हो त यति ठूलो संख्यामा शिक्षक अभाव? रेग्मीले आन्तरिक परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई अवकाश दिने सरकारको निर्णयले १२ हजारभन्दा बढी शिक्षकको तत्काल आवश्यकता परेको बताए।

शिक्षक सेवा आयोगका सूचना अधिकारी रामराज खकुरेलले शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकका लागि करिब २३ हजार अस्थायी शिक्षकले फारम भरेको बताए। उनले भने, ‘फाराम भरेकालाई मात्र हामीले गणना गरेका हौँ।’ फाराम नभरेका अस्थायी शिक्षक पनि हुन सक्ने उनको आँकलन थियो।

यसबीच अस्थायी शिक्षकलाई स्थायी बनाउने पक्रियामा सहभागी भएका २३ हजार मध्येबाट करिब १४ हजार शिक्षक स्थायी बनेका थिए। जसमा प्राथमिक तहका लागि १० हजार ८००, निम्न माध्यमिक तहका लागि दुई हजार र माध्यमिक तहका लागि एक हजार ४०० गरी १४ हजार २०० को हाराहारीमा शिक्षक उत्तीर्ण भएका थिए।

कुन–कुन तहका लागि कति शिक्षक आवश्यक शिक्षक सेवा आयोगमा मा.वि., नि.मा.वि. र प्रा.वि. तहका लागि १२ हजार ७३९ शिक्षकको अभाव रहेको तथ्यांक छ। शिक्षक सेवा आयोगले अभाव शिक्षकको नयाँ भर्नाका लागि खुल्ला विज्ञापन सुरु गरिसकेको जनाएको छ। शिक्षक सेवा आयोगले खुल्ला विज्ञापनमा प्राथमिक तहका लागि मात्र नौँ हजार ९९६ शिक्षक माग गरेको थियो।

त्यस्तै, निम्न माध्यमिक तहका लागि एक हजार ६३५ र माध्यमिक तहका लागि एक हजार १०८ गरी जम्मा १२ हजार ७३९ शिक्षकको माग राखिएको थियो। जसअनुसार अहिले उनीहरूको उत्तरपुस्तिका जाँचको प्रक्रिया चलिरहेको खकुरेलले बताए। खुल्ला विज्ञापनबाट लिएको शिक्षकहरूको लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशनका लागि शिक्षक सेवा आयोग सक्रिय रूपमा खटेको र नतिजा सकेसम्म छिटो निकाल्ने प्रक्रियामा रहेको आयोगले जनाएको छ।

शिक्षा ऐन २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा ९ अनुसार आन्तरिक परीक्षामा असफल भएका अस्थायी शिक्षकहरूलाई सुविधासहित अवकाश दिने प्रक्रिया आरम्भ गरेको छ। निर्देशक रेग्मीले शिक्षा ऐनको आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो प्रक्रिया थालेको र देशभर शिक्षकको अभाव भएको बताए।

यसरी हुनेछ शिक्षक व्यवस्थापन

शिक्षक व्यवस्थापनको जिम्मेवारी शिक्षा विभागको हो। शिक्षक व्यवस्थापनमा शिक्षक उत्पादन, शिक्षक तालिम, शिक्षण लाइसेन्स, नियुक्ति, सरुवा बढुवा, अवकाश र अवकाशपछिको सेवा सुविधालाई समेत जोडिएको हुन्छ। शिक्षक सेवा आयोगका सूचना अधिकारी खकुरेलले शिक्षा विभागले तहअनुसार शिक्षकको माग गरेपछि मात्र शिक्षक सेवा आयोगले शिक्षक पूर्तिको काम र व्यवस्थापन गर्ने गरेको बताए। शिक्षक व्यवस्थापनमा उल्लेख अवकाश र अवकाशपछिको सुविधा समय हेरेर मात्र दिने गरेको छ।

खकुरेलले भने, ‘अवकाश शिक्षकले कति वर्ष काम गरेको हो, कति पटक शिक्षक सेवाका जाँच दिएको हो त्यही हेरेर सुविधा दिने नियम छ।’ उनले आन्तरिक परीक्षामा हुने प्रतिस्पर्धाले गर्दा २० वर्ष काम गरेको दिर्घसेवी अस्थायी शिक्षक खाली हात अवकाश हुनुपर्ने बाध्यता रहेको समेत बताए। अहिले अवकाश भएका शिक्षकले भने अनिवार्य रूपमा सेवा सुविधा पाउने व्यवस्था रहेको खकुरेलले बताएका छन्।

उनले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकै बेला १२ हजार शिक्षक अवकाश हुँदा र विधालयमा शिक्षकको अभाव हुँदा आपत्ति जनाए। उनी भन्छन्, ‘हामी १२ हजार अभाव शिक्षकको पूर्ति गर्न कटिबद्ध रूपमा लागेका छौँ,पक्रिया नसकिँदा सम्म शिक्षक सेवा आयोगका सम्पूर्ण कर्मचारी लागि नै रहनेछौँ।’ शैक्षिक सत्र सुरु हुँदा कुनै पनि विद्यालयमा शिक्षकका कारण कक्षाकोठा रित्तो नहोस् भन्ने कुरालाई अघि सार्दै अहिले शिक्षक सेवा आयोग धमाधम शिक्षक नियुक्ति प्रक्रियामा लागि परेको छ। यो समाचार थाहखबर डटकमबाट साभार

अध्यक्ष ‘प्रचण्ड’बाट एसईई परीक्षार्थीलाई शुभकामना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले एक सन्देशमार्फत परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सफलता प्राप्त गरेका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका छन्। उनले सफलतामा विद्यार्थीहरूको मेहनत, लगनशीलता र दृढ संकल्पको उल्लेख गर्दै यस यात्रामा साथ दिने शिक्षक, शिक्षिका तथा अभिभावकप्रति विशेष आभार पनि व्यक्त गरेका छन्। उनले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। “राष्ट्र निर्माण र समृद्धिका लागि आजको उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामनासहित तपाईंहरू सबैको उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गर्दछु,” प्रचण्डको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

एसईईको नतिजा सार्वजनिक, नन-ग्रेड विद्यार्थीलाई साउन २९ देखि पुनः परीक्षा दिने मौका

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार, यस वर्षको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। परीक्षा २०८१ साल चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन गरिएको थियो। बोर्डले नतिजा आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरिसकेको जनाएको छ। यद्यपि, वेबसाइटमा सम्पूर्ण नतिजा लोड हुन केही समय लाग्न सक्ने बोर्डले जानकारी दिएको छ। विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा वा विद्यालयमार्फत हेर्न सक्नेछन्। यसैबीच, बोर्डले ग्रेड नपाएको (नन-ग्रेड) विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। नन-ग्रेड विद्यार्थीहरूले यस अवसरमा परीक्षा दिई आफ्नो शैक्षिक भविष्य सुरक्षित गर्न सक्नेछन्। परीक्षा फारम भर्ने र अन्य प्रक्रियाको सम्बन्धमा बोर्ड चाँडै विस्तृत सूचना सार्वजनिक गर्ने तयारीमा रहेको छ।

जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै

काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ ।  यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ ।   कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ ।  ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ ।  काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ ।  खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो।  विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।  अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस

लोकप्रिय