सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव

सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव

लुम्बिनी, वैशाख १४ । सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन् ।

भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त मात्रामा कच्चा पदार्थ नपाउँदा करिब ६० प्रतिशत उत्पादन घटाउनु परेको छ । मुलुकमा राष्ट्रिय गौरवका आयोजनासँगै पुनःनिर्माणले गति लिइरहेका बेला उद्योगमा देखिएको समस्याका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको छ ।

भारतरबाट आयात गरिने किलिङ्कर तथा अन्य कच्चा पदार्थमा कडाइ गरिएपछि नेपाली सिमेन्ट उद्योग सङ्कटमा परेका हुन् ।

किलिङ्कर, फलाइएस, जिपसनलगायत कच्चा पदार्थका लागि यहाँका अधिकांश उद्योग भारतमाथी निर्भर बन्नु परेको छ । भारतको मात्रै भर परेका कारण नेपाली सिमेन्ट उद्योगले बेलाबेलामा विभिन्न सङ्कट बेहोर्ने गरेका छन् ।

अन्डर लोडिङका कारण भारतबाट विगतको तुलनामा झन्डै ६० प्रतिशत कम कच्चा पदार्थ आयात हुने गरेका कारण यहाँका उद्योगी मारमा परेका सिद्धार्थ सिमेन्ट उद्योगका सञ्चालक रोहित अग्रवाल बताउनुहुन्छ । कच्चा पदार्थको अभाव, ढुवानीको समस्या तथा ढुवानी दर बढेको भन्दै उद्योगले पहिलाको तुलनामा आठदेखि १० प्रतिशतसम्म सिमेन्टको मूल्यमा वृद्धि गरेका छन् ।

“भारतमा अन्डर लोडिङको समस्याका कारण नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेका छन्,” अग्रवालले भन्नुभयो । भारतको सरदारनगरबाट चार हजार टन कच्चा पदार्थ नेपाल ल्याउनका लागि ८०-९० वटा ट्रक भए पुग्नेमा अहिले झन्डै १५० देखि २५० वटा ट्रक आवश्यक पर्ने भएको छ ।

“अन्डर लोडिङसँगै ट्रकको अभाव देखिएको छ,” उहाँले भन्नुभयो– “यस्तो अवस्थामा कसरी उद्योग चलाउन सकिन्छ ।” कच्चा पदार्थको अभावका कारण रुपन्देहीका केही उद्योगले उत्पादन बन्द गरेका छन् । नेपालमा थर्मलप्लान्ट उद्योग नभएका कारण फ्लाइएसका लागि भारतसँग निर्भर रहनुपरेको छ । सरदारनगरमा मात्रै रहेको र्याक प्वाइन्टलाई सरकारको पहलबाट भारतका अन्य स्थानमा पनि सार्नुपर्ने उद्योगीको माग छ । कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योगका गोदाम खाली भएका छन् ।

पश्चिमाञ्चल सिमेन्ट उत्पादक सङ्घका महासचिव तथा जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गाना ट्रकको अभावसँगै ढुवानी लागत समेत बढेको बताउनुहुन्छ ।

यस्तै भारतले बिएस थ्रीका गाडीको नयाँ दर्तामा बन्देज लगाएपछि ट्रकको अभाव भएको बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रविरञ्जन कुमारले बताउनुभयो । उहाँले बजारमा बिएस फोरका गाडी आइनसकेका र बिएस थ्रिका गाडी दर्तामा रोक लगाएपछि गाडीको अभाव देखिएको बताउनुभयो । बजारमा सिमेन्ट अभाव हुँदा सर्वसाधारणले निर्माण गर्दै गरेका घर बीचमै रोक्नुपर्ने अवस्था आएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय