सीमांकन बाहेकको नयाँ संशोधन प्रस्तावमा एमाले सहमत हुने

सीमांकन बाहेकको नयाँ संशोधन प्रस्तावमा एमाले सहमत हुने

संविधान संशोधनको नयाँ प्रस्ताव तयार गर्ने विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार रहेको सो दलका एकजना नेताले बताएका छन्।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माग गरे जस्तो प्रदेशको सिमाना हेरफेरसँग सम्बन्धित संविधानका केही प्रवधान खारेज गर्न भने एमाले तयार देखिन्न।

दुई दिनभित्र असहमतिका विषयमा प्रधानमन्त्री एउटा टुंगोमा पुग्ने उनका एकजना सल्लाहकारले बताएका छन्।

संविधान संशोधनको नयाँ प्रस्तावमा सहमति खोज्न सत्तापक्ष र मोर्चाबीच शुक्रुबार भएको भनिएको समझदारीपछि धेरैको ध्यान विपक्षी एमालेतर्फ मोडिएको छ।

उसले चरम आक्रोश व्यक्त गरिरहेको प्रदेश सीमांकन आयोगलाई जिम्मा लगाउन मोर्चा तयार भएपछि लामो समयदेखि अवरुद्ध राजनीतिले गति लिने कतिपयको आंकलन पाइन्छ। त्यसका लागि सरकारसामू दुई विकल्प रहेको बताउँदै एमाले उपमहासचिव विष्णु पौडेल भन्छन्, “एउटा बाँकी विषयलाई प्रक्रियामा लैजाने र परिणाम मानेर अगाडि बढ्ने, दोस्रो विकल्प संशोधन प्रस्ताव फिर्ता लिनुस् र नयाँ ढंगले प्रक्रिया अगाडि बढाउनुस् भन्ने हो। सहमतिका साथ संशोधन प्रस्तावलाई अगाडि बढाउनका लागि उहाँ सहमत हुनुहुन्छ भने त्यो छलफलमा हामी पनि सहभागी हुन्छौँ।”

सरकार भने विधेयक फिर्ता नलिइ त्यसमाथि परेका संशोधन समेटेर सहमति खोज्ने मनस्थितिमा देखिन्छ।

प्रधामनमन्त्रीले त्यसबारे शीर्षस्थ नेतासँग छलफल गर्ने भनिएको थियो।
एमालेसँग सहमति हुनेमा आशावादी हुँदै प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल भन्छन्, “जे जति कुरा भइरहेको छ। सिमाना बाहेकका अन्य विषयमा चाहिँ एउटा सहमति गरेर जाऊँ भनेर उहाँहरुले पनि राखिराख्नुभएको छ। करिब-करिब सोमबारसम्ममा धेरै कुरा टुंग्याइसक्नुहुन्छ जस्तो लाग्छ। ”

मोर्चा संविधानको धारा २७४ का केही उपधारा खारेज हुनुपर्ने पक्षमा छ।

ती प्रावधानले प्रदेश सीमांकन फेरबदल गर्ने ढोका करिब बन्द नै गरिदिएको मोर्चाको बुझाई छ।

उपमहासचिव पौडेलको भनाईबाट एमाले ती धाराको खारेजीको विपक्षमा बुझिन्छ। उनी भन्छन्, “प्रदेशको सिमाना अपरिवर्तनीय हुने भन्ने संविधानले भनेको छैन। तर परिवर्तन कसरी गर्न सकिन्छ भन्ने विषयमा संविधानको धारा २७४ ले बोलेको छ र त्यो सर्बथा उचित छ। त्यसमा किन फेरि अर्को प्रहार? ”

सत्तापक्ष ती उपधारालाई थप प्रष्ट पार्ने गरी संशोधन गर्न तयार देखिन्छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालका भनाईमा मतभेदको एउटा मुख्य विषय त्यो पनि हो।

उनले थपे, “शुक्रबार पनि यो विषयमा निकै छलफल चल्यो। जुन कार्यदल बनेको थियो। उहाँहरुबीचमा पनि यस्तै यस्तै विषयमा अड्किएको हुनाले प्रधानमन्त्रीलाई नै जिम्मा दिएर निष्कर्ष निकाल्न भनिएको हो।”

सहभागी सत्तापक्षका एकजना वरिष्ठ नेताका बुझाईमा शुक्रबारको बैठकमा मोर्चाका नेताको भावभङ्गीबाट चुनावमा जाने चाहना प्रष्ट प्रकट भएको थियो।

सहमति भएमा उनीहरुको आग्रहमा केही जिल्लामा चुनाव केही पछि धकेल्न सरकारले पहल गर्न सक्ने बताउने ती नेताका भनाईमा सहमति नभए केही जिल्लामा राजनीतिक जटिलताका देखा परे पनि चुनाव रोकिने सम्भावना अब छैन।

बिबिसी नेपाली सेवाबाट

समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको  बताउनुभएको छ ।  किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिंदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ -'किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको छ। उहाँले छोरीको विवाह गर्दा सोत–रीत लिन नहुने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेलगायत समाज सुधारका लागि अघि सारेको नीति ‘सत्य धर्म मुचुल्का’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। उहाँले अघि सारेका यी नीतिहरु सबै धर्म, जाति र समुदायका लागि अनुकरणीय छन्।' भाषा, लिपि, संस्कार संस्कृति, शिक्षा, समाज सुधार, किराँत धर्मको उत्थान तथा संरक्षणका लागि गरेको योगदानको सम्मान स्वरुप सरकारले फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको बताउँदै उहाँले फाल्गुनन्द जयन्तीले किराँत समुदायलगायत सबैमा थप प्रेरणा र उर्जा प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्धारा व्यक्त शुभकामना  

नेपालमा शक्ति केन्द्रहरूको दबाब बढेर गएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताउनुभएको छ ।  नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको उहाँले बताउन भयो । मकवानपुर थाहाको बज्रबाराहीमा प्रेस सेन्टर नेपालले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमापूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भन्नुभयो, ‘हाम्रो राष्ट्रिय अवस्था या हाम्रो भौगोलिक अवस्था, जसलाई हामी भूराजनीतिको अवस्था भन्छौं । त्यो कारणले ती शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै नै गइरहेको छ ।’ अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन, इजरायल(हमास युद्ध, रुस(युक्रेन युद्ध लगायतका कारण विश्व नै प्रभावित भइरहेका बेला नेपाल पनि अछुतो नभएको उहाँको भनाइ छ ।  ‘हामी भारत र चीन जस्ता ठूला छिमेकीको बीचमा हुनुको नाताले अन्तर्राष्ट्रिय रुपमा घटेका घटनाक्रमहरुको असर नेपाललाई परिराख्या छ । त्यसकारण नेपालको राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्ने, सुदृढ गर्ने कुरा, राष्ट्रिय एकतालाई बलियो बनाउने कुरा अहिले अझ बढी चुनौतीपूर्ण बन्दै गएको छ ।’उहाँले भन्नुभयो । ‘मैले यो कुरा ब्याख्या नगरी भन्दा अहिले सरकार जुन धरातलमा, जुन उद्देश्यको साथ बनेको छ, त्यसको पछाडि जस्ता शक्तिहरू सक्रिय देखिएका छन् त्यो सबैले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पनि पहिलेभन्दा अहिले अझ बढी पेचिलो, अझ बढी संवेदनशील बन्दै गएको छ,’ प्रचण्डले जोड दिंदै भन्नुभयो। विश्वको परिस्थितिलाई हेरेर एकथरी बुद्धिजीवीहरुले तेस्रो विश्वयुद्धको सम्भावना औंल्याएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय स्थिति सहज ढंगले अगाडि बढेको छैन । कतिबेला कहाँ कसरी विष्फोट हुने हो कि भन्याजस्तो छ र एकखालले त भइसक्या पनि छ ।’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन सहमति गरेको समाचार आइसकेको बताउनुभयो । ‘अर्को गम्भीर कुरा एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियामा आइसकेको छ । यो गम्भीर चिन्ताको विषय छ । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, राष्ट्रप्रति घात गर्ने त होइन ? सैद्धान्तिक सहमति गम्भीर विषय हो । त्यसमा सम्झौतातिर जाने हो कि स्थिति छ’, प्रचण्डले भन्नुभयो ।  

थाहामा प्रचण्डको एक दिन (तस्बिरहरू)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुरको थाहा नगरपालिकामा पगेर फर्किनुभएको छ । उहाँलाई मकवानपुरको थाहामा स्थानीयले भव्य स्वागत गरेका छन् । शनिबार पार्टीको युवा संगठनको सम्मेलनका लागि थाहा नगरमा पुग्नुभएका अध्यक्ष प्रचण्डलाई त्यहाँका नेता, कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका हुन्। आफ्नो पहिचान झल्कने पहिरनमा सजिएका स्थानीयले प्रचण्डलाई फूलमाला र पुष्पगुच्छाले स्वागत गरेका थिए। उहाँको स्वागतमा सांस्कृतिक प्रस्तुती, झाँकी सहित स्थानीय उपस्थित भएका थिए।  थाहा पालिकाको युवा संगठनको सम्मेलनमा प्रमुख अतिथि बनेर पुगेका अध्यक्ष प्रचण्डले भन्नुभएको छ । 'हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को मकवानपुर थाहा नगर अधिवेशनको सन्दर्भमा आयोजित जनसभा र त्यसक्रममा विभिन्न स्थानमा सभाकै झल्को दिने गरी भएका स्वागत कार्यक्रमले उत्साहित बनाएको छ। यो उत्साहजनक कार्यक्रमका लागि म मकवानपुर पार्टी र वाइसिएललाई धन्यवाद दिन चाहन्छु। मौलिक थाहा विचारका प्रवर्तक रुपचन्द्र बिष्टको कर्मथलो मकवानपुर कम्युनिस्ट क्रान्तिकारीहरूका लागि ऐतिहासिक भूमि हो । यहाँको पार्टी पंक्ति र जनस्तरमा देखिएको क्रान्तिप्रतिको निष्ठा र उत्साहले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिहुँदै समाजवादको बाटोमा अघि बढ्न थप प्रेरित गर्नेछ। यही अवसरमा म लामो समयदेखि आउन चाहेर नभ्याएको ऐतिहासिक, सांस्कृतिक एवं क्रान्तिकारी गोपाली वस्ती कुन्छालमा पुगेर यो समुदायसित साक्षात्कार गर्ने र मौलिक संस्कृति अवलोकन गर्ने मौका मिल्यो ।  अन्त्यमा, जनताबाट प्राप्त सुझावको उच्च कदर गर्दै निरन्तर जनताको साथमा रहेर विकास र समृद्धिको चाहना पूरा गर्न लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।' तस्बिरहरूः 

भैरहवामा चार कम्पनीले एकैसाथ थाले अन्तर्राष्ट्रिय उडान

भैरहवा । सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।  स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जनाए । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गर्ने रावतको भनाइ छ । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । यसअघि १० महिना उडान भरेर स्थगन गरेको जजिरा शनिबार भैरहवा फर्किन लागेको हो । दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने जनाएको छ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले बताए । फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थाल्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।

लोकप्रिय