प्रतिशतमा कमिशन खाएर बजेट विनियोजन गरिएको भन्दै सुदूरपश्चिम सरकारको चर्को विरोध

प्रतिशतमा कमिशन खाएर बजेट विनियोजन गरिएको भन्दै सुदूरपश्चिम सरकारको चर्को  विरोध

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि चार सातापछि बुधबार मात्र छलफल सुरु भयो। छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्ष सबै दलका सासंदहरुले आवश्यकता र औचित्यको आधारमा नभई बिचौलियाको सेटिङमा कमिशन खाएर बजेट विनियोजन गरिएको भन्दै चर्को बिरोध गरेका छन्। सासंदहरुले शंसोधन गरेर मात्र यो बजेट पारित हुनुपर्ने माग राखेका छन्।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य कुन्ती जोशीले प्रतिशत कमिशन खाएर बजेट र योजना बितरण गरिएको भन्दै बिरोध गरिन्। उनले क्रमागत योजना, ठेक्का भएका योजनामा पनि बजेट विनियोजन नगरिएको बताइन्।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले सरकारले ल्याएको बजेट देखेर लज्जाबोध भएको बताए। सरकारको नियत ठिक भएको भए बिगतका विकृती हटाएर ल्याउन सक्नु पर्नेमा त्यस अनुसार बजेट नआएको उनले बताए। सरकारले जनताको आवश्यकताको आधारमा नभई बिचौलियाको आधारमा ल्याएको बजेटका कारण जनतामा घृणा पैदा भएको बताए।

प्रदेश संरचनामाथि नै वितृष्णा उत्पन्न भएको बताए। प्राविधिक दृष्टीकोणले त पास होला, स्वतन्त्ररुपमा बजेटको पक्षमा मत हालेमा मन्त्री बाहेक कुनै सासंदले मत हाल्दैन, ११ मन्तीमा पनि ४, ५ जनाले मत हाल्दैनन् गैर जिम्मेवार ढंगले सत्ताको प्रयोग गरिएको उनले बताए। ‘सत्ताको उन्माद लाग्नू नहुने उल्लेख गर्दै भोलिका दिनमा छिमेकी, वरपरका मान्छेले घृणा गर्ने, घरमा आगो लाग्ने र ठाउँ छोड्ने दिन नआओस’ उनले भने। ‘करको कुराको सूचना पनि चुहाइएको छ, यो अपराध हो, जनबिरोधी,राष्ट्र विरोधी काम हो।’ सत्ता पक्षका सासंदले विपक्षी दलका भन्दा बढी असन्तुष्टी र आक्रोश व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले सहकार्यको राम्रो कुरा गर्दै बजेट बनाउदाँ बिचौलियासँग सहकार्य गरेको हो भनेर उनले प्रश्न गरे। बिभागिय मन्त्रीलाई समेत योजना काटेको र कुन योजना हालेको थाहा नभएको उनले बताए। मन्त्रीसँग समेत सहकार्य नगरेको उनको भनाई छ। सरकारले ल्याएको बजेटका कारण प्रदेश संरचनामाथि नै वितृष्णा पैदा भएको उनले बताए।

नेकपा माओवादी केन्द्रका प्रदेश शभा सदस्य महेश दत्त जोशीले बिचौलियाहरुको प्रभावबाट यो बजेट बनेको बताए । जनताले भनिरहेका छन् ‘दलालहरुका योजना परे, तपाईँहरुका योजना परेन। जनताले नमागेका ठाउँमा पनि बजेट गएका छन्।’ बिचौलियाकोे पोल्टामा नजाने गरी बजेट सन्तुलन हुने गरि बजेट शंसोधन भएमात्र पारित हुनुपर्छ। त्रुटीहरु सच्याईनुपर्छ। बजेटलाई निजी पेवा सम्पती बाँडे जस्तै बाडिएको उनले बताए। जनताले नमागेको ठाउँमा पनि बजेट विनियोजन गरेको उल्लेख गर्दै बिचौलिया र ठेकेदारले माग गरेर विनियोजन गरिएको उनको भनाई छ।

‘ बजेटमाथि सरकारले छानविन गर्नुपर्छ। एक दुई मन्त्रीको खल्तीको जस्तो बजेट भयो।‘ यती मनोमानी ढंगले बजेट ल्याइयो, व्यवस्था प्रति नै बितृष्ण पैदा हुने भो’ करका प्रवाधानमा पनि बिचौलियाको आधारमा हेरफेर गरेको सरकारको नियतमाथि शंका लाग्छु, उनले भने। यो बजेट सच्याउन उनले माग गरे।

नेकपा एमालेका प्रदेशसभा सदस्य पठान सिंह बोहराले सत्तापक्ष र विपक्षी दलका सासंदहरुको बुझाई र धारणा एउटै रहेको बताए। यहाँ छलफलमा सासंदहरुको एउटै आवाज आउदाँ को सत्तापक्ष र को प्रतिपक्ष छुट्याउन सकिने अवस्था छैन। प्रतिपक्ष दलका एक सासंदलाई प्रलोभन दिएर बजेटको पक्षमा बोल्न आग्रह गरेको उल्लेख गर्दै सरकारको नियत नै गलत भएको बताए।

‘क्रमागत, बहुवर्षिय गौरवका योजना काटिएका छन्, शिक्षा, स्वास्थ्य,महत्वपुर्ण योजनामा न्युन बजेट छ। अनुत्पादक रुपमा बजेट वितरण गरिएको छ’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, खेलकुदमा कम बजेट छ तर मन्दिरमा धेरै बढी बजेट छ, समाजिक मन्त्रालयमार्फत पनि मन्दिरमा बजेट छ।’

संसदमा आज मात्र छलफल सुरु भएपनि बिचौलियाको सेटिङमा, कमिशनको खेलमा ल्याइएको बजेटको कुरुप रुपवारे जनताका बिचमा पहिलेदेखि व्यापक छलफल भैसकेको उनले बताए। ‘यो संसदको कार्यकाल सकिदैछ, हामी के छोडेर जादै छौं, उनले प्रश्न गरे।

नेकपा एकीकृत समाजवादीका सासंद शुसिला बुढाथोकीले बजेट सन्तुलित नभएको बताइन्। मुख्यमन्त्री र मन्त्रीको जिल्ला र निर्वाचन क्षेत्रमा धेरै बजेट बिनियोजन भएको तर सासंदहरुको निर्वाचन क्षेत्रमा न्युन बजेट बिनियोजन भएको उनले बताइन्। जनताको आवश्यकता अनुसार नभएर मन्त्रीको मनोमानीरुपमा बजेट विनियोजन भएको उनको भनाई छ।

नेकपा एमालेका सासंद कृष्णराज सुवेदीले बजेट र योजनाको वितरणमा सेटिङ मिलाउन सरकारले धनगढीका दुई होटलमा बिचौलियासँग कुरा गरेको बताए। सरकारलाई सच्चिन उनले माग गरे।

विपक्षी दलहरुसँग १४ बुदे सहमति भएपछि बुधबार प्रदेश सभा बैठकमा छलफल सुरु भएको हो। यसअघि प्रतिपक्ष दलका साथै सत्ता पक्षकै सासंदहरुले पनि चर्को असन्तुष्टी र विरोध गरेकाले बजेट माथिको छलफल नै हुन सकेको थिएन। बजेटमाथि छलफलका लागि असार ८ गते, असार १२ गते र असार १६ र असार २६ गतेको प्रदेश सभाको बैठक सुरु हुनुअघि नै सूचना टाँस गरेर स्थगित गरिएको थियो।

बजेट प्रस्तुत पछि पहिलो पटक सोमबार बसेको प्रदेश सभा बैठकमा विपक्षी दल नेकपा एमाले, जसपा र लोसपाका सासंद अनुपस्थित भएकाले शभामुख अर्जुन बहादुर थापाले कामकारबाही सुरु नगरि बैठक स्थगितको घोषणा गरेका थिए। मंगलबार दिउँसो १२ बजको बसेको बैठकमा विपक्षी दलका साथै नेपाली काँग्रेस र एकीकृत समाजवादीका सासंद पनि अनुपस्थित थिए। गणपुरक संख्या नपुगेकाले शभामुख थापाले बैठक स्थगित गरेका थिए। भने दोश्रो पटक मंगलबार दिउँसो ३ बजे बसेको बैठक पनि विपक्षी दलको बहिष्कारका कारण शभामुख थापाले स्थगित गरे।

मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रतिपक्ष दल नेकपा एमाले, जसपा, लोसपाबीच बुधबार १४ बुँदे वार्ता भएपछि बजेटमाथिको छलफल सुरु भएको हो। बजेट शंसोधन गरेर मात्र पारित गरिनुपर्ने आफूहरुको माग सरकार सकरात्मक भएकाले बजेट छलफलमा सहभागी भएको नेकपा एमालेका सासंद वोहराले बताए। आफूहरुको कमजोरी भएको सरकारले स्विकारे गल्ती सुधार्ने प्रतिबद्धता भएपछि बजेटमाथि छलफल भएको उनले बताए।

प्रदेश सरकारले १ असारमा आगामी आर्थिक वर्ष २०७९र०८० का लागि प्रदेश सरकारको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको थियो।नागरिक दैनिकमा खबर छ ।

संस्कृत विश्वविद्यालयका ताला तीन महिनापछि खोलियो

दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुन्डीमा लागेका सबै ताला तीन महिनापछि खुलेका छन् । विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गर्दै आएकोमा बिहीबार सबै संगठनले ताला खोलेको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले जानकारी दिनुभयो ।  यसअघि विद्यार्थी संगठन र आंशिक प्राध्यापकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापकहरूले यसअघि नै ताला खोले पनि विद्यार्थी संगठनहरूको बाँकी थियो । लामो वार्ता र छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएको शर्माले जानकारी दिनुभयो ।  विश्वविद्यालयको बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्ण रूपमा प्रभावित भएका थिए । तालाबन्दीका कारण असार २० मा मन्त्रिपरिषद्बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न पाएको थिएन ।

स्थानीय तह उपनिर्वाचनको  निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं ।निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको  निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।  उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । त्यही दिन दिउँसो ३ बजेपछि मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागु हुने आयोगले उल्लेख गरेको छ ।

नेपालकै लामो पुलको उद्घाटन आज

गत साल फागुनमा उद्घाटन गरिएको सिराहा र धनुषा जोड्ने गरी कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ। अहिलेसम्म उक्त पुल सबैभन्दा लामो हो। तर बिहीबारदेखि उक्त रेकर्ड तोडिने भएको छ। नवलपरासी (पश्चिम) सुस्तामा नारायणी नदीमा बनेको देशकै लामो झोलुंगे पुल विधिवत् रूपमा सञ्चालनमा आउँदै छ। यो पुल डेढ किलोमिटरभन्दा पनि लामो रहेको छ। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेपछि उक्त पुल सञ्चालनमा आउने भएको छ। पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–५ मा बनेको सो पुलले सुस्ता र सख्खर बिनही गाउँलाई जोड्नेछ। यसबाट यी दुई गाउँमा बस्ने करिब ३५० परिवारलाई आवतजावत गर्न सजिलो हुने भएको छ। यसअघि नारायण नदीपारिका बासिन्दालाई आफ्नै देशमा ओहोरदोहोर गर्न विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हट्ने भएको छ। सहरी विकास मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले सुस्तामा नेपालकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको बताए। उनका अनुसार सो पुल एक हजार ५७१ मिटर लामो रहेको छ।

बिदेशबाट फर्केका युवाले गरे श्रीमतीको गोली हानी हत्या

वीरगन्ज । सर्लाहीमा गोली हानेर आफ्नो श्रीमती हत्या गरेको छ । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे आफ्नै श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ।  सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने बुवा मध्यम घाइते भएका छन् । उनले चलाएको गोलीबाट बुवा घाइते छन् । छोराले गोली चलाउँदा ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन् ।  सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन । घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ । श्रीमान् कामको सिलसिलामा विदेशमा बसिरहेका थिए । करिब एक महिना अगाडि मात्रै उनी कुबेतबाट फर्केका थिए । घरमा फर्केपछि केही समय मात्रै उनी घरमा बसे । कारण–घरमा विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएको थियो, त्यसपछि सबलाई मार्छु भन्दै उनी घरबाट निस्के । सर्लाही प्रहरीका अनुसार घरबाट निस्केको करिब एक महिना पछाडि बुधबार राती अचानक घरमा आए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा गोली हान्ने व्यक्ति विदेशबाट फर्केपछि पारिवारिक सम्बन्ध ठिक नभएको पाइएको छ । 

लोकप्रिय