सुनको भाउ बढ्यो, तर बजारमा अभाव

सुनको भाउ बढ्यो, तर बजारमा अभाव

काठमाडौं, फागुन ६ । सुनको मूल्य शुक्रबार बढेको छ । आइतबार तोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५५ हजार ८ सय पुगेको छ ।
शुक्रबारको भाउ बिहीबारको भन्दा २ सय रुपैयाँले बढी हो ।

बिहीबार सुनको भाउ तोलामा ५५ हजार ६ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएकाले भाउ अझै केही बढ्न सक्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले विवाहको लगन भएकाले सुनको माग बढ्न थालेको बताएको छ । तर बजारमा माग अनुसारको सुनको आपूर्ति नहुँदा कारोबार भने प्रभावित भएको महासंघले जानकारी दियो । माघ महिनाको बिचतिर दैनिक ५० किलो भन्दा धेरै माग भएको सुन अहिले ३५ किलोको हाराहारीमा झरेको छ ।

बजारमा सुन नपाईंदा महंगोमा खरिद गरी बिक्रि गर्नुपर्ने बाध्यता हुँदा कालोबजारी बढेको उनीहरुको भनाई छ । यसरी किनेको सुन ग्राहकलाई मंहगो पर्ने हुँदा कारोबार सन्तोषजनक नभएको हो । शुक्रबार चाँदीको भाउमा भने कुनै घडबढ भएको छैन । बिहीबार जस्तै चाँदी शुक्रबार तोलाको ८२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ बढेर एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार ७५ रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

एकै दिन २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा भारी गिरावट आएको छ। यसअघि बुधबार तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलामा २२ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  । बिहिबार घटेको सुनबजार शुक्रबार भने बढेको छ । शुक्रबार आज सुनचाँदीको दुवैको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य तोलामा एकै दिन चार हजार रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

लोकप्रिय