सुपमा गहु उत्पादन ११ प्रतिशतले वृद्धि

कैलाली, वैशाख ३१ । सुदूरपश्चिममा गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादन बढेको छ । क्षेत्रीय कृषि निर्देशनालयका अनुसार करिब ११ दशमलव ६ प्रतिशतले उत्पादन बढेको हो।
यस वर्ष क्षेत्रभरी १ लाख ४६ हजार १ सय ८९ हेक्टर क्षेत्रमा गहु खेती गरिएकोमा ३ लाख ४ हजार ६ सय ३४ मेट्रिकटन उत्पादन भएको तथ्यांक क्षेत्रीय कृषि निर्देशनालयले संकलन गरेको छ । खडेरीका कारण कृषि उत्पादनमा उल्लेख्य ह्रास आएको गत वर्ष २ लाख ७२ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो । गएको वर्ष १ लाख ४५ हजार ९ सय ३४ हेक्टरमा गहुँ खेती गरिएको थियो ।
अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको देखिए पनि समग्र उत्पादकत्व बढ्न नसकेको कृषि प्राविधिकहरुले बताएका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा प्रतिहेक्टर २ मेट्रिकटन, गत आर्थिक वर्ष १ दशमलव ९ र यस वर्ष २ दशमलव १ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेको निर्देशनालयले जनाएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ मा १ लाख ४७ हजार ७२ हेक्टरमा गहुँ खेती गरिएकोमा २ लाख ९४ हजार १ सय ४४ मेटिकटन गहु“ उत्पादन भएको तथ्यांक निर्देशनालयसंग छ । लामो खडेरीका कारण गएको वर्ष उत्पादन ह्वात्तै घट्नु र यस वर्ष मौसम अनुकुल हुनु उत्पादन बढ्नुको मुख्य कारण मानिएको छ ।
हिउँदमा बालीका लागि आवश्यक छिटपुट वर्षा हुनु, उन्नत जातको बीउको प्रयोग बढ्नु, गहुँ खेतीको क्षेत्र विस्तार हुनु, बीउ, मलको सहज उपलब्धता हुनुजस्ता कारणले उत्पादकत्व केही बढेको क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक डाक्टर नरहरिप्रसाद घिमिरेले बताए ।
‘दार्चुला, बैतडी, डोटीलगायत केही जिल्लामा पाकेको बालीमा असिनाले क्षति नगरेको भए उत्पादन अझ बढ्ने थियो ।’ डाक्टर घिमिरेले भने–‘असिनाले क्षति गरे पनि यस वर्ष उत्पादकत्व राम्रो देखिएको छ ।’
उन्नत जातको बीउ प्रयोग गर्नुपर्छ भन्ने सचेतता कृषकमा बढेको निर्देशक घिमिरेले बतँए । यस्तै गहुँ बालीको उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका लागि कैलालीका चार वटा गाविसमा लागू भएको सुपरजोन कार्यक्रमले लक्षित गाविसबाहेक अन्य ठाउँका किसानमा पनि उन्नत जातको बीउ, मलखाद प्रयोगबारे सचेतता बढाउन मद्दत पुगेको उनले बताए ।
डब्लुके–१२०४, गौतम, धौलागिरीलगायत उन्नत जातको बीउको प्रयोग बढिरहेको उल्लेख गर्दै निर्देशक घिमिरेले एउटै बीउ धेरै वर्षसम्म लगाउने प्रवृति भने बढी देखिएको बताए ।
निर्देशक घिमिरेका अनुसार सुदूरपश्चिमको तराईमा करिब ७० प्रतिशत, मध्य पहाडमा ४०–४५ प्रतिशत तथा उच्च पहाडी क्षेत्रमा ३० प्रतिशत उन्तन बीउको प्रयोग हुने गरेको छ ।
गत वर्षको तुलनामा दार्चुलामा ३९, डोटीमा ११ दशमलव २, बझाङमा १० दशमलव ६, डडेल्धुरामा ३५, अछाममा ११, बैतडीमा ५०, बाजुरामा १९, कञ्चनपुरमा ३ दशमलव ५ र कैलालीमा ५ प्रतिशतले उत्पादन बढेको क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक सरिता पन्तले जानकारी दिईन ।
यस वर्ष दार्चुलामा ८ हजार ४ सय ६९ मेट्रिकटन, डोटीमा २२ हजार ६ सय ८७, बझाङमा १४ हजार ८ सय ३६, डडेल्धुरामा २३ हजार ५ सय ५४ तथा अछाममा २३ हजार ३ सय २१ मेट्रिकटन गहुँ उत्पादन भएको प्राविधिक सहायक पन्तले बताइन ।
यस्तै बैतडीमा ३६ हजार ३ सय ३४ मेट्रिकटन, बाजुरामा ५ हजार ४ सय ७३, कञ्चनपुरमा ७८ हजार १ सय ८ तथा कैलालीमा १ लाख १८ हजार ६३ मेट्रिकटन गहुँ यस वर्ष उत्पादन भएको निर्देशनालयले जनाएको छ । कृषि बाली उत्पादनका दृष्टिले उर्बर मानिने कैलाली सबै भन्दा बढी ३४ हजार ५ सय ३० हेक्टर क्षेत्रमा गहुँ खेती गरिन्छ । यस्तै कञ्चनपुरमा ५१ हजार २ सय ५३ हेक्टर, दार्चुलामा ५ हजार ९ सय ६५, डोटीमा १४ हजार २ सय ८०, बझाङमा १० हजार ९ सय ८२ र डडेल्धुरामा ८ हजार ७ सय २४ हेक्टरमा यो वर्ष गहुँ खेती गरिएको थियो ।
यसैगरी अछाममा १४ हजार ५ सय ८० हेक्टर, बैतडीमा ३० हजार ९ सय र बाजुरामा सबै भन्दा कम ४ हजार ९ सय ७५ हेक्टरमा गहुँ खेती भएको निर्देशनालयले जनाएको छ । अधिकांश भूभागमा सिंचाई सुविधा नपुगेकाले सिंचाईका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको छ ।
गत वर्ष लामो खडेरीका कारण बाली सुकेको थियो भने खडेरीले खोलानालामा पानी सुकेपछि सिंचाई सुविधा भएका कतिपय क्षेत्रमा पनि किसानले सिंचाई गर्न पाएका थिएनन् । सिंचाई सुविधा विस्तार हुनसके उत्पादकत्व बढ्ने कृषि प्राविधिकहरुको भनाई छ ।
क्षेत्रीय कृषि निर्देशक डाक्टर घिमिरेले उत्पादकत्व बढाउनका लागि उन्नत जातको बीउ प्रयोग बढाउन कषक पाठशाला, विभिन्न कार्यक्रम आदिमार्फत किसानलाई सचेत गराउने गरिएको बताए । यस्तै कृषि सेवा केन्द्रहरुमार्फत उचित समयमा मलखाद, सिंचाई आदि प्राविधिक ज्ञान, सहयोग पनि प्रदान गर्ने गरिएको बताए ।
कृषिलाई आधुनिक र व्यवसायिक बनाएर उत्पादकत्व बढाउन सके यस क्षेत्रका लागि गहुँको आयात गर्नु नपर्ने कतिपयको भनाई छ । सुदूरपश्चिममा वर्षेनी लाखौं रुपैया मूल्य बराबरको अन्न आयात हुने गरेको छ ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।
१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।