सुविधायुक्त हेयर कटिङ सञ्चालनमा

सुविधायुक्त हेयर कटिङ सञ्चालनमा

काठमाडौं, असार १३ । धनगढीमा सुविधायुक्त हेयर कटिङ सञ्चालनमा आएको छ । धनगढीको रातोपुलमा फोर यु पार्लर सञ्चालमा आएको हो ।

पार्लरको धनगढी उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष दिपक थापाले उद्घाटन रे । यसअघि महेन्दनगरमा पार्लर सञ्चालन गरेको डिलाईट गुप्रले धनगढीमा पनि पार्लर सञ्चालन गरेको हो ।

अब अरु स्थानमा पनि थप पार्लरहरु खोलिने सञ्चालक आभेष चन्दले जानकारी दिए । एसीयुक्त सुविधा सहितको पार्लरमा महिला र पुरुषका लागि कपाल सम्बन्धी सम्पुर्ण सुविधाहरु रहेका छन् ।

आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उद्घाटन

काठमाडौं, वैशाख ५ । काठमाडौंको हात्तीगौडामा सुविधा सम्पन्न दुलही ब्युटी एण्ड फेशन स्टुडियोको ग्राण्ड ओपनिङ भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सीप सिकाएर उद्यमशीलतातर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको दुलही ब्युटी एण्ड फेशन स्टुडियोको समुद्घाटन वरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् । उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेशन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बस नारायण मर्हजनले दीप प्रज्वलन गरि सम्पूर्ण कानूनी प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटी एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्ने क्रममा वरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटी एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा समाबेस गरी सञ्चालनमा आएकोले छिट्टै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु सञ्चालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटी एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अवस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही ब्युटी एण्ड फेशन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले बताइन् ।

किन गरिन्छ कस्मेटिक सर्जरी ?

एस्थेटिक सर्जरी प्लास्टिक सर्जरीको एउटा अंग हो । यसलाई आमभाषामा कस्मेटिक सर्जरी भन्ने गरिन्छ । पछिल्लो समयमा युवापुस्तामाझ कस्मेटिक सर्जरी लोकप्रिय बन्दै गइरहेको छ । यसका लागि नेपालमा पनि दक्ष जनशक्ति उपल्ब्ध छन् । जो आफ्नो सुन्दरतामा अलि धेरै नै ध्यान दिन्छन्, उनीहरूका लागि प्लास्टिक सर्जरी बढी उपयोगी हुन्छ । जसमा विशेषगरी, मोडेल, कलाकार आदि पर्छन् । कस्मेटिक सर्जरी गर्नुको कारण शरीरका बाहिरी अंगमा कुनै कमजोरी भएमा वा सुन्दर देखिन कस्मेटिक सर्जरी गरिन्छ । विशेषगरी, अनुहारमा नमिलेको भाग मिलाउन, चाउरिएको छाला तन्काउन, आँखाको साइज ठिक बनाउन, नाक, छाला, कान, गाला, निधार आदि मिलाएर सुन्दरतामा निखार ल्याउन सर्जरी गर्न सकिन्छ । आगोले पोलेको ठाउँ, चोटपटक वा अन्य दुर्घटनाबाट परेको घाउ हटाउनसमेत एस्थेटिक सर्जरी आवश्यक हुन्छ । स्तन सानो वा ठूलो बनाउन र मोटोपन घटाउन पनि यसको आवश्यकता छ । यसको किसिम ब्लेफारोप्लास्टी आँखामा गरिने सर्जरी हो । यसको माध्यमले आँखा सानो भएमा ठूलो वा आर्कषक बनाउने तथा ठूलो भएमा ठिक्कको बनाइन्छ । खासगरी मंगोलियन समुदायका मानिसले यसलाई बढी प्रयोग गर्छन् । ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन राइनो सर्जरी गरिन्छ । त्यस्तै, चिक अयुग्मेन्टेसनबाट गालासँगै अनुहार मिलाउन सकिन्छ । सिलिकन ब्रेस्ट इम्प्लान्टबाट स्तनको साइज मिलाउन र हिप इम्प्लान्ट सर्जरीबाट मोटोपन घटाउन सकिन्छ । यसरी शरीरका भिन्न–भिन्न अंगमा फरक–फरक तरिकाले सर्जरी गर्न सकिन्छ । यसका सावधानी कस्मेटिक सर्जरीपछि अंग र अवस्था हेरेर सामान्य अवस्थामा आउन समय लाग्न सक्छ । जस्तै, छाला टाइट गर्ने, पेट र हिप घटाउने खालका शल्यक्रियापछि सामान्य अवस्थामा आउन बढी समय लाग्छ । जुन तुलनात्मक रूपमा बढी खर्चिला पनि हुन्छन् । कहिलेकाहीँ शल्यक्रियाबाट सुन्दरतामा निखार ल्याउने भएकाले संक्रमण हुने सम्भावना रहन्छ । त्यस्तै, औषधिको सेवन र आराम गर्नुपर्ने भएकाले आफ्नो हेरचाहमा ध्यान पुर्‍याउनुपर्छ । नेपालमा एस्थेटिक सर्जरी सर्वसुलभ भए पनि महँगो पर्छ । त्यसैले, यसमा सबैको पहुँच भएको पाइँदैन । सर्जरीका दौरान सिलिकन एम्प्लान्ट आदि प्रयोग गरिने भएकाले पनि महँगो पर्ने गरेको हो । नयाँपत्रिकाबाट

यस्तो छ अनुहार सफा बनाउने तरिका

धेरै मानिसहरु अनुहारलाई सफा बनाउनका लागी पार्लरमा गएर क्रिजिङ् गर्न गर्दछन् । तपाई पनि पार्लरमा गएर अनुहारको सफाई गर्ने काम गर्नु हुन्छ होला । पार्लरमा केमिकलबाट बनेको सामाग्रीले अनुहारमा क्रिजिङ् गर्ने गरिन्छ, यसकारण अनुहार सफा हुनुको सट्टा केमिकल अनुहारमा जाने हुदाँ लामो समय पछि नराम्रो असर देखा पर्दछ, त्यसैले तपाई पार्लरमा गएर केमिकल प्रयोग भएको सामाग्रीबाट क्रिजिङ गनुहुन्छ भने तपाईले अब त्यसो गर्नुपदैन् । किनभने हामी तपाईलाई अनुहारलाई सफा गर्ने तरिकाको बारेमा जानकारी दिँदै छौ, जसको प्रयोग गर्नाले तपाईको अुनहारमा हुने सम्पूर्ण फोहार पदार्थ बाहिर निस्केर जानुका साथै तपाईको अनुहारमा हुने कालो दाद, चाया पोतो पनि हटेर जानेछ । आवश्यक सामाग्री १. गोलभेँडा २.काचो दुध बनाउने तरिका सर्वप्रथम तपाईले एउटा पाकेको गोलभेँडा लिनुहोस् । पाकेको गोलभेँडालाई एउटा कोरेसोले हामीले भिडियोमा देखाए जसरी नै कोर्नुहोस् । यसरी कोरेपछि तपाईले चिया छान्नेको साहयताले यसको रस निकाल्नुहोस् । गोलभेडाँको रस निकालेपछि एउटा सफा भाडोमा यसलाई राख्नुहोस् र त्यसमा काचो दुध हाल्नुहोस् । यसरी काचो हालेपछि तपाईले त्यसलाई राम्ररी चलाउनुहोस् । यसरी चलाएपछि तपाईले यसलाई प्रयोग गर्न सक्नुहुन्छ । प्रयेग गर्ने तरिका तपाईले यसरलाई रातको समय प्रयोग गर्नुहोला राती सफा पानीले अनुहार सफा गरेपछि हल्का मसाज गदै यसलाई अनुहारमा लगाउनुहोस् मजास गर्दा तपाई करिब ५ मिनेट जति मसा जगर्न जरुरी छ । रात भरी अनुहारमा राख्नुहोस्, र भोलि पल्ट हल्का चिसो पानीले धुनुहोस् । यसरी हप्ताको ३ पटक जति तपाईले अनुहारमा लगाउनु भएका तपाईको अनुहारमा भएको फोहार बाहिर निस्केर जान्छ र अनुहार सफा, चम्किलो हुने छ ।

वैंशमैं किन फुल्छ कपाल, यसरी पाउनुस् मुक्ति

हरेक मासिनको चाहना हुन्छ, आफ्नै कपाल सँधै कालो नै रहिरहोस् । तपाईँको पनि यस्तै चाहना हुन सक्छ । तर उमेर बढदै जाँदा जति चाहना व्यक्त गरेपनि कपाल सेतो भएरै छोड्छ । कपाल सेतो हुनु स्वभाविक हो । तर कतिपय मानिसमा ढल्किदो उमेर भन्दा अगाडि नै कपाल सेतो हुने गर्दछ । बुढेसकालमा हुने सेतो कपालले मान्छेलाई खासै चिन्तित नतुल्याउने भएपनि उमरे नपुग्दै कपाल फुलेमा चिन्ता मान्नु स्वभाविक हो । युवा अवस्थामै कपाल फुल्ने समस्याले अधिकांश मानिस तनावमा हुन्छन् । दूषित हावापानी खानपान ज्यादा चिन्ता लिने आदत आदिले कपाल फुल्ने गर्दछ त्यस्तै कसैको बंशानुगत गुणले पनि युवा अवस्थामै कपाल फुल्ने समस्या हुन जान्छ । सेतो कपालले मानिसको पर्सनालिटीमा समेत असर पुर्‍याउँछ । मेलेनिन, भिटामिन बी–१२ को कमी, वंशाणुगत गुण, थाइराइडलगायतका समस्याले पनि मानिसको कपाल फुल्ने गर्छ । युरोपेली शोधकर्ताहरुका अनुसार उमेर बढेसँगै मानिसको कपालको हेयर फोलिकल्समा हाइड्रोजन पेरोअक्साइड रसायन जम्मा हुन्छ । जसका कारण कपालको कालो रंग हराउँछ र फुलेर सेतो हुन्छ । वैज्ञानिकहरुका अनुसार यसरी जमेको हाइड्रोजन पेरोअक्साइडलाई हटाउन र यस्तो रसायन कपालको कोषिकामा जम्मा हुनै नदिन विशेष उपचार गर्नुपर्छ । कपाल सेतो हुनबाट जोगाउन धेरै खर्च गर्ने प्रबृत्ती बढ्दो छ तर, घरमै पनि केही सावधानी अपनाउन सकेमा कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । अमला अमलामा एन्टिअक्सिडेसन हुन्छ, जसले कपालका कोषिकाहरूलाई सेतो हुन दिँदैन । त्यसका लागि अमलाको धुलोले नुहाउनुपर्छ वा मेहदीसँग मिलाएर लगाउनुपर्छ । अमलाले कपाललाई मजबुत बनाउन पनि सघाउ पुर्‍याउँछ । अमलाको धुलोलाई कपालमा लगाएमा कपाल सेतो हुने, झर्ने, चुँडिने र पातलो हुने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ । भिटामिन बी–१२ खानपानमा अलिकति ध्यान दिने हो भने पनि कपाल फुल्न वा सेतो हुन पाउँदैन । भिटामिन बी–१२ युक्त खानाको प्रयोगले कम उमेरमै कपाल फुल्न पाउँदैन । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने दूध र दूधजन्य पदार्थको सेवन गर्न सक्नुहुन्छ । नत्र माछा, अन्डा, मेवा, कुखुराको मासु पनि दैनिक रूपमा मात्रा मिलाएर सेवन गर्न सक्नुहुन्छ । यस्ता खाद्यपदार्थबाट प्रचुरमा मात्रामा भिटामिन बी–१२ प्राप्त हुन्छ । नरिवलको तेल तपाईं नरिवलको तेल कत्तिको प्रयोग गर्नुहुन्छ रु यदि प्रयोग गर्ने बानी छैन भने आजैदेखि प्रयोग गर्न सुरु गर्नुहोस् । नरिवलको तेलले तपाईंको कपाललाई निकै फाइदा पुर्‍याउँछ । नरिवलको तेलले कपाल मालिस गर्दा कपाल कालो बनाउन मात्र मद्दत गर्दैन, बलियो पनि बनाउँछ । यसले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । नरिवलको तेल सर्वसुलभ रूपमा पाइने भएकाले पनि प्रयोग गर्न सजिलो हुन्छ । पोष्टिक आहार यदि तपाईँले खाने खानामा सन्तुलित छैन् भने त्यसले पनि कपाल सेती हुन सक्छ । त्यसैले कपाल सेतो हुनबाट बचाउन खानाको मात्रा मिलाउनु जरुरी छ । पौष्टिक आहार युक्त खाना खानु पर्ने हुन्छ । प्याजको रस प्याजको रसले कपाल सेतो हुनबाट जोगाउँछ । प्याजका टुक्रालाई राम्रोसँग पिसेर त्यसलाई निर्चोने र आएको रसले कपालको जरामा मालिस गर्ने हो भने फाईदाजनक हुन्छ । तर यो हप्तामा दुईपटक सम्म गर्नु पर्ने हुन्छ । मेहेन्दी र मेथी कपाल सेतो हुनबाट बचाउने अर्को उत्तम उपाय भनेको मेहेन्दी र मेथीको मिश्रण हो । यी दुईलाई मिसाएर पेष्ट बनाउने र त्यसमा बटर मिल्क वा नरिवलको तेल मिलाएर कपाल मालिस गर्ने हो भने कपाल सेतो हुनबाट जोगाउँछ ।  

लोकप्रिय