सेवा सुविधा नपाएको कैलालीका मुक्त हलियाको गुनासो

सेवा सुविधा नपाएको कैलालीका मुक्त हलियाको गुनासो

कैलाली, वैशाख ३१ । कैलालीका अधिकांश मुक्त हलिया परिवारले अझै पनि सरकारले प्रदान गर्ने सुविधा पाउन सकेका छैनन् ।

राज्यले उनीहरुको नाममा विभिन्न सेवा सुविधाको घोषणा गरे पनि लक्षित समुदायसम्म भने यसको प्रभाव पुग्न नसकेको हो ।

नेपाल सरकारले नै वि.सं २०६५ सालमा हलिया मुक्तिको घोषणा गरे पनि कतिपय ठाउँमा हालसम्म पनि उनीहरुको अवस्थामा कुनै परिर्वतन आउन सकेको छैन ।

अहिले पनि कतिपय मुक्त हलिया परिवारहरु अरुको घरजग्गामा बस्नु पर्ने बाध्यता छ । न उनीहरुसँग खानलाई गास छ नत ओत लाग्ने बास नै । हलिया मुक्तिपछि मुलुकमा सरकारको नेतृत्वमा थुप्रै फेरबदल भएको छ ।

तर, आफूहरुको अवस्थामा फेरबदल नभएको मुक्त हलियाहरुको गुनासो छ ।

पुनःस्थापनाको लागि प्रभावकारी काम हुन नसक्दा मुक्तिपछि पनि हलियाहरुको अवस्था पुरानै जस्तो रहन पुगेको हो । कैलालीको गौरीगंगा नगरपालिका १ बस्ने गिता नेपालीले हलियाको परिचय पत्र पाएको झण्डै १ दशक पुग्न लाग्यो ।

तर, अवस्था भने उहि दशक अघि कै छ । न उनीसंग बस्नलाई घर छ नत खेती गर्नलाई जमिन नै । आफूहरु पहिलेको अवस्थाबाटै गुज्रिरेहको उनले दुखेसो गरिन्।

उनले सरकारले प्रदान गर्ने दुई लाख रुपैया पाउन लामो समय देखि निकै संघर्ष गरेकी छिन् । कति सरकार बदलिए तर, गिताको दैनिकी भने बद्लिन सकेको छैन।

उनले राज्यले हलियाका लागि दिने दुइ लाख रकम लिन सम्बन्धित ठाउँ धाएको बर्षौ बितिसक्यो । तर, उनको मिहिनेतले हालसम्म सार्थक मोड लिन सकेको छैन।

यस्तै गौरीगंगा नगरपालिका २ का नरेश शिलाधरले पनि हलियाको परिचय पत्र पाएको धेरै भयो । तर, उनको अवस्था पनि गिताको भन्दा फरक छैन । जुन ठाउँ जाँदा पनि आश्वासन मात्रै पाइन्छ, काम हुने कुनै छाँटकाट नै देखिदैन । उनलाई सरकारप्रति वितृष्णा जागेको छ । उनले मुक्त हलियाको सवालमा सरकार लाचार रहेको भन्दै आक्रोस पोखे ।

कैलालीमा सुदूरपश्चिमका अन्य जिल्ला भन्दा हलियाको संख्या कम रहेका बताइएको छ । हाल कैलालीमा १ सय २० जना हलिया रहेका छन् । यी मध्ये अधिकांश प्रमाणिकरण भइ सकेका छन् । भने, कतिपय हुन बाँकी छन् । केहिले हलियाको परिचयपत्र समेत पाउन सकेका छैनन् ।

अधिकांश हलियाहरुको अवस्था दयनीय रहेको हलियाको क्षेत्रमा क्रियाशिल संस्था एनएनएसडब्लुओका जिल्ला सहजकर्ता बिन्दा देवलले बताइन् ।

राज्यले वि.स. २०६५ सालमा हलिया मुक्तिको घोषणा गरेको थियो । तर, सरकारले न्यायिक तवरले पुनःस्थापना प्याकेज वितरण गर्न नसक्दा उनीहरुको अवस्था फेरिएको छैन । झण्डै १ दशक अघि सरकारले दिने दुई लाख रुपैयाले हाल, हात्तिको मुखमा जिरा भएकाले पनि उनीहरुको अवस्थामा सुधार नआएको कतिपयको भनाइ छ ।

सरकारले प्रदान गर्दै आएको पुनःस्थापना प्याकेज हलियालाई निल्नु न ओकल्नु भएको हलियाको क्षेत्रमा काम गर्ने संस्था एनएनएसडब्लुओका कैलालीका कार्यक्रम अधिकृत किरण पौडेलले बताए ।

राज्यले दिदै आएको सुविधा बढाउन अब दबाबको आवश्यकता परेको कतिपयको भनाइ छ । हलियाको जीवनस्तर परिर्वतन गर्नका लागि आन्दोलनको आवश्यकता छ रहेको लामो समयदेखि हलियाको क्षेत्रमा कार्यरत मनिराम देवलले बताए ।

हलियाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले पनि प्रभावकारी कार्य नगरेको कतिपय हलियाको गुनासो छ । सरकारले अन्य नागरिक सरह आफूहरुलाई हेर्नु पर्ने मुक्त हलियाले बताएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय