स्थानीय तहनै जनसत्ता हो : अधिकारी

स्थानीय तहनै जनसत्ता हो : अधिकारी

पोखरा, चैत १८ । नेकपा माओबादी केन्द्रको स्थायी समिति सदस्य एवं प्रदेश नं. ४ का संयोजक हरि अधिकारी कुमारले स्थानीय तहनै जनसत्ता भएको बताएका छन् ।

नेकपा माओबादी केन्द्र वडा नं. ६ को वडा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अधिकारीले आज गाउँ गाउँमा अधिकार पुग्नु जनसत्ता भएको बताए ।

माओबादीका कारण स्थानीय तह निर्माण भएको भन्दै अधिकारीले जस्तो सुक्कै अबस्थामा पनि माओबादी देशको लागिपछि नहट्ने बताएका छन् । अर्को प्रसंगमा अधिकारीले ‘सिङ नभएको गोरुको नाम तिखे’ भए जस्तै अहिले एमाले अध्यक्ष केपी ओलीका भक्तहरुले राष्ट्रबादी भन्ने गरेको बताए ।

राष्ट्रनिर्माणमा ओलीको योगदान गौण रहेको अधिकारीको भनाई छ । उखान टुक्काले कोही पनि राष्ट्रबादी हुन नसक्ने अधिकारीको भनाई छ । उनले भारतले अघोषित रुपमा नाका बन्दी लगाउँदा जनताले पाएको दुःखको स्मरण गर्दै केपी ओलीले संविधान कार्यन्वय गर्न नसकेकोले सरकार ढालेको बताए ।

अधिकारीले माओबादीले आधा निर्बाचन जितेको बताउदै निर्बाचन हुँदैन कि भन्ने शंका नगर्न कार्यकतालाई आग्रह गरे । कार्यकर्तालाई चुनावको तयारीमा लाग्न अधिकारीले निर्देशन दिए ।
यसै विच नयाँ शक्तिपार्टीमा आबद्ध भएका ३३ जना पूर्व माओबादीहरुले पार्टी परित्याग गरी माओबादी (केन्द्र)मा प्रवेश गरेका छन् ।

नयाँ शक्ति पार्टीका प्रदेशनं ४ का उद्योग बाणिज्य विभागका सदस्य गोविन्द प्रसाद न्यौपाने सहित ३३ जना माओबादी केन्द्रमा प्रवेश गरेका हुन यस्तै नेकपा एमाले युवा संघ पुरुन्चौरका वडा कमिटि सदस्य पुर्ण कार्की ,एमालेका टेकनाथ भण्डारी र विष्णु माया भण्डारी लगायत लाई कार्यक्रमका प्रमुख अतिति अधिकारी र वडा अध्यक्ष हरि भण्डारीले खादा अविर लगाएर पार्टी प्रवेश गराएका छन् ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं कास्की संयोजक दिपक कोइराला (रुपक), पोलिट ब्युरो सदस्य गंगा पोखरेल, अनेमसंघ क्रान्तिकारी कास्की अध्यक्ष कल्पना पाण्डे, शिक्षाविद एवं अधिबत्ता युवराज पराजुली, युवा नेता जितु गुरुङ, वडा नं. १७ का अध्यक्ष मनु खत्री लगायतले बोलेका थिए । हरि भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव इन्द्र भण्डारीले गरेका थिए ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

लोकप्रिय