स्वर्गद्वारीमा भक्तजनको घुइँचो

स्वर्गद्वारीमा भक्तजनको घुइँचो

प्युठान, माघ २२ । ‘आफूले जे माग्यो, त्यही प्राप्त हुने’ जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ ।

खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी–नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् । स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको छ ।

नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको निकै घुइँचो लाग्छ । यहाँ पाण्डवहरु स्वर्ग जानुअघि आएको विश्वास गरिन्छ । कविशिरोमणि लेखनाथ पौड्यालले पनि यहाँ बसी कविता रचना गरेका थिए ।

मन्दिरका सहायक कोठारी प्रेम न्यौपानेले भन्नुभयो– “नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको धेरै भिड लाग्छ, नेपालीहरु दैनिक धेरै भए एक हजारदेखि १५ सयसम्म हुन्छ तर भारतीय भक्तजन दैनिक १० हजारदेखि १२ हजारसम्म आउँछन् ।”

भारतीय भक्तजन आउने समयमा त्यहाँ अत्यन्तै थाम्नै नसक्ने गरी पूरै मेला लाग्ने गरेको छ ।

“बालबच्चा नभएकालाई बालबच्चा, उपयुक्त वरबधु, सम्पत्ति र आफूले चाहेको इच्छा पूरा हुने विश्वासका साथ नेपाली र भारतीय भक्तजन आउने गरेका छन्”,उहाँले थप्नुभयो ।

भारतीय भक्तजन प्रत्येकले एक माना चामल, रु ११ र नरिवल लिएर दर्शन गर्न आउँछन् । स्वर्गद्वारीमा वैशाख शुक्ल पूर्णिमा (स्वर्गद्वारीको स्थापना दिन–बुद्धजयन्ती), दशैंको कोजागत पूर्णिमा, शिवरात्रि, स्वर्गद्वारी प्रभुको जन्मदिन (पुत्रदा एकादशी), मार्गशुक्ल चौथी र लक्ष्मीपूजाको दिन भक्तजनको बढी भिड र विशेष मेला लाग्ने गर्छ ।

स्वर्गद्वारी, महाप्रभुले वि.सं १९५२ वैशाख शुक्ल पूर्णिमा दिनदेखि ठूलो हवन कुण्ड आश्रय लिएको स्थान हो । स्वर्गद्वारीमा खासगरी यज्ञशाला, पाठशाला र गौशाला छन् । यहाँ यज्ञशालामा २४ पुजारी, गौशालामा चार सय गाई र पाठशालामा सय विद्यार्थी छन् । यी सबैको सम्पूर्ण खर्च मन्दिरले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

स्वर्गद्वारी महाप्रभुको पालादेखि नै गाई पाल्ने गरेको र त्यही गाईका सन्तति नै अहिलेका गाई हुन् । खासगरी यज्ञले पूर्णता पाउनका लागि गाई पालिएको हो । यज्ञमा अघ्र्य र पञ्चामृतका लागि गाईको आवश्यकता पर्छ ।

दुई हजार १२१ मिटरको उचाइमा रहेको सो मन्दिरको आयस्रोतका रुपमा दाङ देउखुरीमा एक हजार ५० बिघा जग्गा छ तर स्थानीयवासीको अतिक्रमणका कारण प्रभावित भएको छ । “भक्तजनको भेटी र मन्दिरको जग्गा नै मन्दिरको आयस्रोत हो, सरकारले अतिक्रमण भएको जग्गाको संरक्षण गर्ने संयन्त्र बनाइदिए राम्रो हुने थियो”मन्दिरका सहायक कोठारी न्यौपानेले सरकारसँग आग्रह गर्नुभयो ।

मन्दिरमा मुख्य पुजारी युवराज पोखरेलसहित २४ जना ब्राह्मणले पूजा गर्नुहुन्छ । मन्दिरको व्यवस्थापन गर्नका लागि कर्मचारी एक सय ४१ जना छन् । गाईलाई घाँस काट्ने आदि काम हुन्छ । मन्दिरमा हरेक दिन वैदिक अखण्ड महायज्ञ हुने गर्छ ।

मन्दिरमा भक्तजनको सहजताका लागि केवलकार लैजाने पनि लक्ष्य छ । तर पक्की सडक पहिला निर्माण गर्नुपर्नेमा मन्दिर व्यवस्थापनको चासो छ । मन्दिरको वार्षिक आम्दानी रु दुई करोड २५ हजार छ भने खर्च वार्षिक रु दुई करोड ९६ लाख छ ।

मन्दिर मुस्किले चलिरहेको अवस्थामा मन्दिरको जग्गा सदुपयोग भएमा राम्ररी चल्ने विश्वास मन्दिर व्यवस्थापनको छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

लोकप्रिय