४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने !

४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने !

काठमाडौं असोज १२ । शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ४७ स्थानमा सरकारी संस्थानहरूले सुपथ मूल्य पसल सञ्चालन गर्दैछन् ।

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन हुने सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म रहने छन्।

सुपथ मूल्य पसलको संयोजन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको छ भने साल्ट ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले भाग लिएका छन् । ती पसलहरूमा संस्थानहरूमा उपलब्ध खाद्य सामग्रीहरू बिक्री वितरण हुने छन् ।

बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट गरी सुपथ पसल सञ्चालन गरिएको विभागले जनाएको छ । साथै घुम्ती पसल पनि सञ्चालन गरिने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिएका छन् ।

उनका अनुसार सरकारी संस्थानमात्रै नभई विभागमा दर्ता सहकारी पसलहरूले समेत छुट मूल्यका साथ सुपथ मूल्य पसलमा सहभागिता जनाउने छन् ।

यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ।

यस्तो छ छुटको व्यवस्था

साल्ट ट्रेडिङ कर्पोरेसन

साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं उपत्यकाका नौ स्थानमा स्टल सञ्चालन गर्दैछ। त्यस्तै तीनवटा घुम्ती पसलबाट नुन, चिनी बिक्री वितरण गर्ने छ। उपत्यकाबाहिर भने आफ्ना डिपो तथा कार्यालय रहेका २४ स्थानबाट सामान बिक्री वितरण गर्ने कर्पोरेसनले जनाएको छ । नुनमा २ रुपैंया छुटसहित १८ रुपैंया प्रतिकेजीमा वितरण गर्ने छ।

नेपाल खाद्य संस्थान

खाद्य संस्थानले पनि उपत्यकाका सुपथ मूल्य पसलको स्टलमा आफ्नो सहभागिता जनाउँदै छ । देशभरका आफ्ना गोदाम तथा कार्यालयबाट पनि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण गर्ने भएको छ। संस्थानले सोना मन्सुली चामल ४५ रुपैयाँ, जिरा मसिनो चामल ६० रुपैयाँ मूल्य रहेकामा ५ रुपैयाँ छुटमा बिक्री वितरण गर्ने छ। बास्मती चामल ९१ रुपैंयामा १० छुट, गोरखनाथ चामल ४८ मा ५ छुटसहित बिक्री गर्ने संस्थानले जनाएको छ।

त्यस्तै जापानिज चामल ८० मा ५ रुपैंया छुट, जुम्ली सिमी १ सय ३० मा १० छुट, जुम्लाको तिते फापर ८० मा १० रुपैंया छुट गरी बिक्री गर्ने खाद्य संस्थानले वाणिज्य विभागलाई जानकारी दिएको छ।

संस्थानले घटस्थापनादेखि खसीबोका र च्याङ्ग्रा पनि बिक्री वितरण गर्ने जनाएको छ । खसीबोका तथा च्याङ्ग्रा प्रचलित मूल्यभन्दा प्रतिकेजी १० रुपैंया छुट दिने जनाएको छ ।

दुग्ध विकास संस्थान

दुग्ध विकास संस्थानले उपत्कामा सञ्चालन हुने सुपथ मूल्य पसल र देशभर रहेका आफ्नो कार्यालयबाट आफ्ना उत्पादन सहुलियत मूल्य बिक्री वितरण गर्ने छ । संस्थानले चाडबाड लक्षित सहुलियत अनुसार घ्यू प्रतिलिटर ९ सय रुपैंया रहेकोमा ५०, पनीर ६ सय २० मा २० रुपैंया छुटसहित बिक्री वितरण गर्ने छ । त्यस्तै संस्थानको उत्पादन बटर दही, चिज, लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रिमजस्ता वस्तुमा पनि छुटसहित बिक्री वितरण गर्ने छ।

सहकारी पसल

सहकारी पसलहरुले दाल चामलमा ३ प्रतिशत छुट दिने भएका छन् । घ्यू तेलमा ३ रुपैयाँ प्रतिलिटर छुट दिने छ। त्यस्तै ५ लिटर खरिद गरेमा भने १ सय ५० रुपैंया छुट दिने छ।

चिनी भ्याटबाहेक ५७ रुपैंयामा उपलब्ध गराउने छ। मसला प्रतिकेजी २० रुपैयाँ छुटसहित उपलब्ध गराइने बताइएको छ। सुपथ पसल उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकू, सिंहदरबार, सतुंगलमा सञ्चालन हुनेछन् । यस्तै भक्तपुर, ललितपुर विभन्नि स्थानमा पनि सुपथ मूल्य पसल सञ्चालन हुँदैछन् । नेपालखबरबाट

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय