दिल्ली र पञ्जाब भिड्दै, आज सन्दीप खेल्छन ?

दिल्ली र पञ्जाब भिड्दै, आज सन्दीप खेल्छन ?

काठमाडौं, वैशाख १० । इण्डियन प्रिमियर लीग (आइपीएल) को ११ औं संस्करणको आफ्नो छैटौं खेलमा आज दिल्ली डेयरडेभिल्स आफ्नो घरेलु मैदान फिरोज शाह कोट्लामा किंग्स एलेवेन पन्जाबसँग भिड्दै छ । यो दिल्लीका लागि आफ्नो भाग्य बदल्ने खेल हुनसक्छ ।

दिल्लीमा नेपाल युवा स्पिनर सन्दीप लामिछाने आवद्ध छन् । तर पाँच खेल खेलिसक्दा दिल्लीको प्रदर्शन निकै नाजुक छ र सन्दीले अहिलेसम्म खेल्ने मौकै पाएका छैनन् । अथवा पाँच खेलसम्म सन्दीप दिल्लीका प्लेइङ ११ मा नै परेका छैनन् । पाँच खेलमध्ये ४ खेलमा हारे व्यहोरेको दिल्लीले एकमा भने जित हात पारेको छ ।

यसअघिका सबै खेल दिल्लीले बाहिरै खेल्य भने आज पहिलो पटक आफ्नो घरेल मैदान फिरोज शाह कोट्लामा खेल्दै छ ।

अंक तालिकाको पुछारमा रहेको दिल्लीसँग घरेलु मैदानमा बलियो देखिएको पन्जावसँग अंक खोस्दै अन्य खेलहरुका लागि आफ्ना खेलाडीलार्इ उत्प्रेरित गर्ने मौका भने छ। दिल्लीले घरेलु मैदानमा पन्जावविरद्ध जितका लागि मात्र नभर्इ प्रतियोगितामा जितको लय समात्ने खेलका रुपमा पनि सदुपयोग गर्न खोज्नेछ।

दिल्लीका लागि पन्जाबसँग दुर्इ अंक खोस्नु त्यति सजिलो भने छैन्। पन्जाब शीर्षको चेन्नाइ सुपरकिंग्ससँग समान ८ अंक भएपनि रनरेटका आधारमा दोस्रोमा रहेको टोली हो। केएल राहुल र क्रिस गेल यस सिजनमा सर्वाधिक सफल ओपनर जोडीका रुपमा देखिएका छन्।

यस्तै पन्जावको मध्यक्रमपनि त्यतिकै शशक्त छ। मध्यक्रमका मयंक अग्रवाल, करुण नायर र आरोन फिन्चले टोलीलार्इ दरिलो ब्याकअप दिदै आएका छन्। एक समय भारतका हार्ड हिटरका रुपमा पहिचान बनाएका विरेन्द्र सेहवागको मेन्टरसीपमा रहेको पन्जावका खेलाडीहरुले यस सिजनमा उनकै शैली अपनाएका छन्।

दिल्लीका ऋशब पन्त र जोसन रोहले राम्रो खेलिरहेका छन्। अघिल्लो सिजनमा पन्जावबाट खेलेका ग्लेन म्याक्सवेलका लागि आजको खेलमा पन्जावलार्इ रिटेन नगर्नुको जवाफ दिने मौका छ। कप्तान गौतम गम्भीरले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन्। यस सिजनमा उनको स्ट्राइक रेट जम्मा १ सय ८ को मात्रै छ। जुन टी(२० क्रिकेटमा सामान्य मानिन्छ।

यसअघि यसै सिजनको दोस्रो खेलमा पन्जाव र दिल्ली माहोलीमा भिडेका थिए। दिल्लीले दिएको १ सय ६७ रनको लक्ष्य घरेलु मैदानमा पन्जावले ७ बल बाँकी छदै ४ विकेट गुमाएर भेटाएको थियो।उक्त खेलमा केएल राहुलले दिल्लीविरुद्ध १४ बलमा ५० रन जोड्दै आइपीएलको सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिए। पन्जावकै करुण नायरले र दिल्लीका कप्तान गौतम गम्भिरले अर्धशतक प्रहार गरेका थिए।

ऋशब पन्तले दिल्लीका लागि उच्च स्ट्राइक रेटमा प्रदर्शन गरिरहेका छन्। सुरुवाती ११ देखि २० ओभरको बीचमा १८१ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका पन्तले ३० बल खेलिसकेपछि भने २७२ रनको स्ट्राइक रेटमा आक्रामक ब्याटिङ गरिरहेका छन्। अौषतमा उनको स्ट्राइक रेट १८४।७ को छ।

यस सिजनमा तीव्र गतिको बलिङमा गौतम गम्भीर निरिह देखिएका छन्। चार खेलमा उनले तीव्रगतीका ४७ बलको गर्दा ३८ रनमात्रै जोड्न सकेका छन भने तीनपटक आउट भएका छन।

पूर्व पन्जावका कप्तान ग्लेन म्याक्सवेलको वर्तमान पन्जावका कप्तान रविचन्द् आश्विनविरुद्ध राम्रो रेकर्ड छ। म्याक्सवेलले आश्विनका ४९ बलको सामना गर्दा १ सय ७ रन हिर्काएका छन। जसमा उनको स्ट्राइक रेट १६३।७ को छ।

पन्जावका ओपनरद्धय गेल र राहुलले यस सिजनमा उनीहरुको टिमले बनाएको मध्यो ५५।४ प्रतिशत रन बनाएका छन्।

सन्दीपका लागि फाइदा पुग्ने विकेट

दिल्लीले नेपाली युवा स्पिनर सन्दीप लामिछानेलार्इ अक्सनबाट २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो। पाँच खेल खेलिसक्दा पनि दिल्लीले सन्दीपलार्इ मौका दिएको छैन। यद्दपी नेपाली क्रिकेट प्रेमीहरु भने सन्दीपले आइपीएल खेल्ने पर्खाइमा छन।

दिल्लीको होम मैदान फिरोज साह कोटला भने स्पिनरका लागि फाइदा पुग्ने विकेट हो। यसै मैदानमा अनिल कुम्बलेले पाकिस्तानका विरुद्ध टेस्ट क्रिकेटको एकै पारीमा १० विकेट लिएका थिए। यस्तै भारत र न्यूजील्याण्डका बीच गत नोभेम्बरमा यसै मैदानमा अन्तिम टी(२० म्याच भएको थियो। त्यसमा खसेका १० विकेटमध्ये ६ विकेट स्पिनर्सले लिएका थिए।

स्पिनर्सलार्इ फाइदा पुग्ने यस विकेटमा २०१६ को यू(१९ विश्वकपमा ह्यट्रिक लिएका तथा विश्व क्रिकेट लिग डिभिजन(२ का म्यान अफ द सीरिज सन्दीप लामिछानेले मौका पाउछन् कि नाइ त्यो भने खेल सुरु हुनुअघि मात्रै थाहा हुनेछ।

यद्दपी दिल्लीको सम्भावित सुरुवाती एघार भने यस्तो छ:

गौतम गम्भीर (कप्तान) जोसन रोय, श्रीयेश एेयर, ऋशब पन्त, ग्लेन म्याक्सवेल, विजय शंकर, क्रिश मौरिस, राहुल टिविसिया, शाहबाज नदिम रजयन्त यादब, हर्षल पटेल, ट्रेन्ट बोल्ट

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

लोकप्रिय