५ वर्षमा धनगढीलाई नमूना शहर बनाउने हमालको घोषणा

५ वर्षमा धनगढीलाई नमूना शहर बनाउने हमालको घोषणा

धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उमेदवारी घोषणा गरेका गोपाल हमालले चुनाव जितेमा धनगढीलाई नमूना शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘रोकौं शहरको विनासलाई, ६ भोट दललाई एक भोट विकासलाई’ भन्ने नारा सहित उमेदवारी घोषणा गरेका हमालले गर्नुभएको हो । स्थानीय निकायहरु भएका बेला चरम भ्रष्टाचार मौलाएको भन्दै, आफुले जितेमा भ्रष्टाचारमा सुन्य सहनसिलता अपनाउने बताए ।

घाेषणा सभामा उपमहानगरपालिकाका मेयरले पाउने सेवा सुविधा, गाडी र ईन्धन समेत नलिने उनले बताए । हचुका भरमा गरिएको एकीकृत सम्पत्ती करलाई बर्गिकरण गरी जनतालाई सहुलियत दिने, धनगढीको डुबान, खोलानाला अतिक्रमण हटाएर खोलानालामा सुद्ध पानी बग्ने बतावरण बनाउने, धनगढीलाई हरियालीयुक्त शहर बनाउने पनि उहाँको घोषणा पत्रमा उल्लेख छ । शहरका ग्रामीण क्षेत्रसम्म स्तरीय सडक बनाउने, बेहडाबाबा, जाखोर ताल जस्ता सम्पदाको संरक्षणका लागि प्रभावकारी योजना बनाउने र धनगढीलाई कृषि उब्जनीको थलो बनाउने उनले भने  ।

बढिरहेको बेरोजगारी कम गर्नका लागि युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, बैदेशीक रोजगारीमा जानेहरुलाई भाषाका लागि काठमाण्डौ र ठुला शहरमा जाने बाध्यता हटाउन वडा वडामा भाषा कक्षाहरु सञ्चालन गर्ने, र धनगढीसँग जोडिएको भारतीय नाकाको स्तरोन्नती गरी धनगढीबासीलाई लाभ लिन सक्ने वातावरण बनाउने पनि घोषणापत्रमा उल्लेख छ ।

यस्तै, कागजमा नक्सा बनाएर भईरहेको प्लटिङ रोकेर सडक, यातायात, विजुली, खानेपानी र ढलको ब्यवस्था गरेर मात्रै प्लटिङ गर्न पाउने नियम कार्यान्वयन गर्ने, राना चौधरीको संस्कृती संरक्षणका लागि संग्रहालय निर्माण गरि वडा वडामा मनोरञ्जनका लागि पार्क स्थापना गरिने पनि हमालले घोषणा गर्नुभयो ।
सबै धर्मावलम्बीहरुका लागि अन्तेष्टिस्थल नभएकाले ब्यवस्थित अन्तेष्टीस्थल बनाउने, धनगढीसँग जोडिएको स्थानमा औद्योगिक क्षेत्र स्थापना गरि स्थानीय जनतालाई अधिकतम लाभ पुगाउने र पाँच वर्षमा नगरबासीको आम्दानी दोब्बर पुगाउने पनि हमालले घोषणा गर्नुभएको छ । खुटीया दिपायल फाष्ट ट्रयाक, गेटा मेडिकल कलेज, धनगढी विमानस्थल, क्षेत्रीय आर्युवेद औषधालय, क्षेत्रीय शहरी विकास आयोजना र सघन सहशी विकास आयोजनाहरुलाई समयमै सम्पन्न गराउन पनि घोषणापत्रमा प्रतिवद्धता ब्यक्त गरिएको छ ।

सेती अञ्चल अस्पतालको स्तरोन्नती गरी आईसीयु विस्तार गरिने र नगरबासीलाई कर, विजुली, पानी र विल घरमै बसीबसी तिर्ने ब्यवस्था मिलाउने, जेष्ठ नागरिक, अपांग, एकल महिलालाई दिईने सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने ब्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय