क्यान महासंघका महासचिव अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

क्यान महासंघका महासचिव अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् । 

आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्‍याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् । प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका उनले इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् ।

अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् । उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा दर्जनौं लेख तथा अन्तर्वार्ता प्रकाशित छन् । 
त्यस्तै साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उनी देशभरि आयोजित गरिएका ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी भएका छन् । 

क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आईसीटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुन् । उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई)का संस्थापक अध्यक्ष हुन् ।

त्यसैगरी, उनी नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक पनि हुन् । त्यस्तै उनी सफ्टवेयर कलेज अफ आईटी एन्ड ईकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थाहरूमा शिक्षण भूमिमा समेत रहेका छन् ।

आईसीटी एक्सिेलेन्स अवार्ड २०२४ बाट सम्मानित भएपछि अधिकारीले यो क्षेत्रमा अझ सक्रिय भएर लाग्न थप प्रोत्साहन मिलेको बताएका छन् ।

फेसबुकबाट हटेको बालेनको स्टाटस रिकभर

काठमाडौं । एमालेकी प्रदेश सांसद रेखा शर्माको तस्वीरसहित काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमा राखेको स्टाटस रिकभर भएको छ ।  बालेनको सो तस्वीरसहितको स्टाटस नेगेटिभ रिपोर्टपछि फेसबुकले हटाइदिएको थियो । तर, फेसबुकले नै सो स्टाटस शुक्रबार रिकभर गरिदिएको हो ।  एमाले समर्थकहरूको रिपोर्टमा फेसबुकले सो स्टाटस हटाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेज अनफलो अभियान नै चलाइएको थियो । यस क्रममा बालेनका समर्थकले ओलीका करिब ७६ हजार फलोअर घटाइदिएका थिए। । तर ५ लाख ८९ हजारमा झरेका ओलीका फलोअर अहिले बढेर ५ लाख ९३ हजार पुगिसकेका छन् । बालेनले फेसबुकमै लेखेर संघीय सरकारविरुद्ध आक्रोश पोखेपछि उनका समर्थकहरूले अनफलो अभियान चलाएका थिए ।

अखिल क्रान्तिकारी नवलपरासीको अध्यक्षमा मानस बिक्रम क्षेत्री

नवलपरासी। नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी नवलपरासी जिल्लाको १७ औं जिल्ला सम्मेलनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनले मानस बिक्रम क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुशील प्रसाद पन्थी, नेहा कुमारी हरिजन, सचिव दयानन्द हरिजन , सहसचिव सितमती हरिजन  मुकेश गुप्ता र कोषाध्यक्ष ऋषि खनाल निर्वाचित हुनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्दबारे सामान्य प्रशासन मन्त्रीसँग जवाफ माग

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गर्नुभएको छ । बिहीबार (आज) बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरेको भन्दै आपत्ति जनाउनुभएको छ । राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि डन्डा चलाउन पाइन्छ ? भन्दै सांसद राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री गुप्तासँग जवाफ माग गर्नुभएको हो ।  संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रममा जानका लागि सम्पूर्ण तयारी गरिसकेकी काफ्लेलाई मन्त्रालयले अन्तिम समयमा आएर भदौ १८ गते मन्त्रिस्तरीय निर्णयबाट उनको भ्रमण रद्ध गरिएको थियो । यूएसडएडको कार्यक्रममा भाग लिन एक दर्जन अधिकारी अमेरिका जाने कार्यक्रम तय भएको थियो।

एक महिना लामो गुँला पर्व आज सकियो

काठमाडौं । एक महिना लामो गुँला पर्व आज(बुधबार)विधिवत रुपमा सम्पन्न भएको छ ।गुँला पर्व कै अवसरमा लक्ष्य चैत्य निमार्ण गरेर गरिनै बौद्ध पूजा समेत सम्पन्न भएको छ । महिनाभर कालो माटोलाई साँचोमा ढालेर बनाएका हजारौं मूर्तिहरु लक्ष्य चैत्य बनाएर पूजापाठ गरिसकेपछि नदी खोलामा विर्सजन गरेर समापन गरिएको हो । मानन्धर समुदायको कन्या खुवाउने गुथीले पनि २५ हजार भन्दा बढी मूर्ति र चैत्यहरु बनाएर विशेष पूजापाठ पछि लाजिम्पाटको नीलसरस्वती मन्दिर नजिकको टुकुचा खोलामा साँस्कृतिक वाजागाजाका साथ विधिवत रुपमा विर्सजन गरेको हो । विशेषगरि बौद्ध धर्मावलम्वीहरुले गुंला पर्वमा महिनाभर सात्विक भोजन गरि विहान सवैरै उठेर मूर्तिहरु बनाई महायान र वज्रयान बौद्ध परम्परा अनुसार पूजापाठ गर्ने परम्परा रहेको छ । परिवारका सदस्यहरु लगायत गुथीका सदस्यहरु मिलेर मूर्ति बनाउने गरिन्छ । तथागत बुद्ध, बौद्ध चैत्य, लोकेश्वर, वोधिसत्व र तारा लगायतका मूर्ति समेत हरेक दिन बनाएर पूजा गर्ने परम्परा रहेकोछ । लक्ष्य चैत्य नदीमा विर्सजन गर्नु अघि घरमा बौद्ध पाठ र भजनहरु समेत गाउने गरिन्छ । यसरी मूर्ति बनाउने परम्परालाई नेपाल भाषामा ‘द्यो थायगु चिवा थायगु’ भनिन्छ । महिना भर बौद्ध विहार, बहा बहीहरुमा प्रज्ञापारमिता र नामसंंगीति पाठहरु समेत गरिन्छ ।

लोकप्रिय