पश्चिम नेपालको बदलीले काठमाडौँसम्म असर

पश्चिम नेपालको बदलीले काठमाडौँसम्म असर


काठमाडौं । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले  कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । 


कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । 

नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उनले बताइन् । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उनले बताइन् ।

यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक  चिसो भएको थियो । त्यस दिन काठमाडौँको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।

आज रातिदेखि देशभर भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद् र विभागकाे आग्रह

काठमाडौं । शनिबार रातिदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार झापाबाट भारी वर्षा सुरु भइसकेको छ। उनले शनिबार बेलुका सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुईवटा मौसमी मोडेलले फरक स्थानहरूमा वर्षाको सम्भावना देखाए पनि तराई र चुरे क्षेत्रहरू बढी जोखिममा रहेको उल्लेख गरेका छन्। “दुईवटा मोडेलले भारी वर्षाको ठाउँ फरक देखाएको छ, तर सम्भावना धेरै तराई र चुरे भागमा बढी छ,” पोखरेलले लेखेका छन्। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि आउँदो तीन दिन देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले शनिबार बेलुका जारी गरेको बुलेटिनमा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बुलेटिनअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाले वर्षाका कारण नदीहरूको जलसतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता विपद् आउन सक्ने भन्दै जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, यातायात र हवाई सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। यस्ता सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ। मुख्य सुझावहरू बाढी तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध यात्राअघि मौसम पूर्वानुमानको जानकारी लिनु आवश्यक स्थानीय निकाय र प्रशासनको सूचना तथा निर्देशन पालना गर्न सुझाव

विश्व योग दिवस २०८२: अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्व योग दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय, योग साधकहरू र विश्वभरिका योगप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना  दिँदै योगलाई "हाम्रो प्राचीन सभ्यताको अमूल्य निधि" भन्नुभएको छ ।  जसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सँगसँगै समृद्ध बनाउने उल्लेख गर्नुभएको छ। "यस वर्षको विश्व योग दिवसको नारा 'Yoga for One Earth, One Health' ले हामीलाई व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्याउन प्रेरित गरेको छ," उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। अध्यक्ष प्रचण्डले योगको उत्पत्ति र विकास भएको ऐतिहासिक पृष्ठभूमि रहेको नेपाललाई विश्वभरिका योग साधकहरूका लागि एक आदर्श गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभएको छ। विश्वभर हरेक वर्ष जुन २१ तारिखमा मनाइने योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।

नेपालमा विपद्‌को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया गर्दै माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज नेपालमा विपद्‌को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा विपद्‌को अवस्था र पूर्वतयारी सम्बन्धी धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ। विपद्‌ व्यवस्थापन केन्द्रीय विभाग, नेकपा (माओवादी केन्द्र) को आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रम आज दिउँसो १:०० बजे ताज ब्यांक्वेट, तिनकुनेमा आयोजना गरिएको हो। कार्यक्रममा विपद्‌को हालको अवस्था, तयारीका उपायहरू, सरकार र राजनीतिक दलहरूको भूमिका लगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा विपद्‌ व्यवस्थापनमा संलग्न विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा माओवादी केन्द्रका नेताहरूको सहभागिता रहने जनाइएको छ।

विनयी खोलामा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

दुम्किवास — लगातार वर्षापछि विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन पुनः बगाउँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवास खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। गए रातिदेखि परेको वर्षाले खोलामा बाढी आएपछि बनाइएको डाइभर्सन बगाएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, बाढीका कारण एक यात्रुवाहक बस समेत बगेको छ। यद्यपि, सो बसमा रहेका सबै यात्रुहरू सकुशल उद्धार गरिएको जनाइएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाइएको छ।

लोकप्रिय