प्रेस सेन्टरका प्रदेश अध्यक्ष बिश्वकर्मालाई मातृशोक

प्रेस सेन्टरका प्रदेश अध्यक्ष बिश्वकर्मालाई मातृशोक

रोल्पा । प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्मालाई मातृशोक परेको छ । 

आमा रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ कोर्चाबाङ निवासी रुपशीला विश्वकर्माको कात्तिक ८ गते ८२ वर्षको उमेरमा निधन भएको हो ।

उहाँको निधनप्रति नेकपा माओवादी केन्द्र, प्रेस सेन्टर नेपाल लगायतले दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र ओलीलगायतले शोक वक्तव्य जारी गरी दुःख व्यक्त गर्नुभएको छ ।

सिस्नेरीमा निधन भएका बाल फुटबल खेलाडीका पीडित परिवारबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । अखिले नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा रहेका छ जना बालबालिकाको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते बिहान दुःखद् निधन भएको थियो । नेकपा ९एमाले० का प्रमुख सचेतक महेश बर्र्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापर्वाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले पीडितका पक्षमा सरकार रहने स्पष्ट गर्नुभयो ।  भेटका अवसरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी हुनुहुन्थ्यो ।

रविमाथि मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार भयो, आयोगमा उजुरी दिन्छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार  भएको भन्दै रास्वपाले उजुरी गर्ने तयारी गरेको छ । अनुसन्धानको क्रममा मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार गरेको रास्वपाले जनाएको छ । रास्वपाको तर्फबाट मानव अधिकार आयोगमा उजुरी दिने निर्णय गरेको कानून व्यवसायी यज्ञमणि न्यौपानेले बताए ।  रास्वपा पार्टीका साधारण सदस्य समेत रहेका अधिवक्ता न्यौपाने लगायत रास्वपाका केही नेता मानव अधिकार आयोगमा उपस्थित भएर उजुरी दिने बताइएको छ ।

दम्पती मृत फेला, घटना शङ्कास्पद

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शङ्कास्पद छ, जोशीले भन्नुभयो, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । हिजो र आजको तुलना गर्दा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लोकप्रिय