प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा अधिवक्ता हमालद्धारा अर्को रिट दर्ता

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा अधिवक्ता हमालद्धारा अर्को रिट दर्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ। बिहीबार अधिवक्ता विजय हमालले संविधानको धारा ७६ (३) वमोजिम प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ३० असारमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने रिट निवेदकले गरेका छन्। रिटमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, संघीय संसद् सचिवालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालगायतलाई विपक्षी बनाइएको छ। उक्त रिटमाथि सुनुवाइका लागि साउन ६ गते पेसी तोकिएको छ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीपरिषदरको कार्यालय, नेकपा एमाले संसदीय दलको कार्यालय, नेपाली कांग्रेस संसदीय दल कार्यालयलाई विपक्षी बनाइएको छ। उक्त रिटमाथि सुनुवाइका लागि साउन ६ गते पेसी तोकिएको छ।

यस अघि पनि असार ३१ गते केपी ओलीको नियुक्ति गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। अधिवक्ताहरू दीपक अधिकारी खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले उत्प्रेषणयुक्त परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

null

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम नाम सर्वसम्मतले अनुमोदन गरेको हो । बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो। उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।

आज काग तिहार

काठमाडौं । आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने मान्यता रहेको छ ।  आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने हिन्दुहरुमा चलन रहि आएको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धार्मिक क्षेत्रका विद्धानहरु बताउछन् ।

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमानी

काठमाडौं । सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट लिनेको लाइन

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट कन्नेहरुको बिहानैदेखि लाइनामा बसेर टिकट किनिरहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरेको हो । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ। एन्फाले अनलाइनबाट टिकट बिक्री नगरी प्रत्यक्ष भौतिक रुपबाट मात्रै टिकट किन्न पाइने व्यवस्था गरेकाले टिकट काट्नेहरुको लामो लाइन लागेको हो । यसअघि अनलाइन टिकट लिइसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।जसका कारण खेलप्रेमीहरुले अनावश्यक दुःख पाएका छन ।

लोकप्रिय