नेपाली सेनाले माग्यो दरखास्त

नेपाली सेनाले माग्यो दरखास्त

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । 

आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । 

रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । 

आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ । 
null

सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ । मंगलबार तोलामा ८०० रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो । सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँ थियो । आज ३० रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

नयाँशक्तिको उपाध्यक्षमा मानुषी निर्विरोध, यी नेता पनि भए निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ। दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएको पार्टीको प्रचारप्रसार विभागले जानकारी गराएको छ । उनीहरूसहित केही सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका प्रचारप्रसार विभागले जनाएको छ । नेसपा (नयाँ शक्ति) मा पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध नेताहरू उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई उपाध्यक्ष (दलित) – दुर्गा सोब कोसी प्रदेश केन्द्रीय सदस्य (खुला) – मणि राई कोसी प्रदेश केन्द्रीय सदस्य (महिला)– तारा बास्तोला दवाडी मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन वाग्मती प्रदेश केन्द्रीय सदस्य (महिला) – वसुन्धरा सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) – चित्र सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला)– नारायणी अधिकारी लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला)– कमल खनाल लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनीता काफ्ले कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुला) – लक्ष्मीप्रसाद भट्टराई कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मीराकुमारी मल्ल सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) – रतनबहादुर टमटा सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला)– सत्यदेवी चापागाईं भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) – लोकेन्द्रबहादुर सुनार केन्द्रीय सदस्य – खुला युवा महिला – निशा श्रेष्ठ आदिवासी जनजाति युवा महिला – मन्जुमाया तामाङ मधेसी महिला – अमृताकुमारी देवी दलित के।स। युवा – हिक्मत वि.क. थारु महिला – गीता थनेत यस्तै, नेसपाको अध्यक्ष पदमा डा.बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।

आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले मंगलबार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। हुस्सु कुहिरो र  हिमपातका कारण पर्न सक्ने असरप्रति सचेतना अपनाउन महाशाखाले सुझाव दिएको छ।

पञ्चायतकी चर्चित पात्र नानीमैयाँ दाहालको निधन

काठमाडौं । पञ्चायत कालकी चर्चित पात्र राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको हो ।पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यसपछि उनी चर्चामा आएकी थिइन्। सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । उनको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

लोकप्रिय