माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । 
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।


चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनस्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले मानविय विपतलाई मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । 

झ्याप्लेखोला पहिरोमा पुरिएका तीन बस र एक माइक्रोबस भेटिए, सातवटा शव निकालियो

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका-९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा ठूला बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ। पहिरोको लेदो माटोले पुरिएको बस निकाल्ने क्रममा माइक्रोबस पनि पुरिएको अवस्थामा फेला परेको धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाले जानकारी दिए।  रानाका अनुसार घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ। घटनास्थलमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मीलगायतको टोलीले शव निकालिरहेको वडासदस्य रानाले बताए। ती शव गोरखाबाट काठमाडौँतर्फ गइरहेको बस र चितवनबाट काठमाडौँका लागि छुटेको माइक्रोमा सबार यात्रुको हुनसक्ने आशंका गरिएको छ।  तर हालसम्म दुवै सवारीसाधनको नम्बर भने पत्ता लागिसकेको छैन। बस र माइक्रोका थोरै भाग मात्र देखिएको प्रहरीले जानकारी दिएको छ।

देशका विभिन्न स्थानमा वर्षा जारी, अझै कायम रहने

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा भएको छ।  मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा (५० मिमिभन्दा बढी) र केही स्थानमा धेरै भारी वर्षा (१०० मिमिभन्दा बढी) भएको छ।  यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एकरदुई स्थानमा अति भारी वर्षा (२०० मिमिभन्दा बढी) पनि भएको महाशाखाले जनाएको छ।  हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको र आज पनि वर्षाको क्रम जारी रहने भएकाले सतर्क रहन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

उपत्यका प्रवेश गर्ने नाका अवरुद्ध, यातायात ठप्प

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।  बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् । प्रहरीका अनुसार उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पनि पहिरो खसेको छ ।

अविरल वर्षासँगै देशभर बाढीपहिरोबाट ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं ।  अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।  पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ ।  काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । काठमाडौंमा बाढी र पहिरोमा परेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  धादिङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार १० जना बेपत्ता भएका छन् । ७६० जना सकुशल उद्दार गरिएको छ । १६२ घरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

लोकप्रिय