संघीय संसद्‌मा मंगलबार दिउँसो १ बजे बजेट प्रस्तुत गरिने

संघीय संसद्‌मा मंगलबार दिउँसो १ बजे बजेट प्रस्तुत गरिने

काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)आगामी मंगलबार दिउँसो १ बजे संघीय संसद्‌मा प्रस्तुत गरिने भएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतका निम्ति मंगलबार दिउँसो १ बजे संघीय संसद्को  संयुक्त बैठक आह्वान गरिएको जानकारी दिए । 

प्रतिपक्षी दलका सांसदको विरोधबीच आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिएपछि उनले समय निर्धारण गरिएको जानकारी दिएका हुन् । अघिल्ला वर्षहरूमा अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै आएको थियो ।
 

मातृभूमि जागरण अभियान सञ्चालन गर्ने भीम रावलको घोषणा

काठमाडौं । एमालेबाट बर्खास्तीमा परेका भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।  अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने । उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ । उनले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र  राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको बताए । ‘यस्तो अवस्थामा राजनीतिक दल गम्भीर हुनुपर्थ्यो । तर केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ । एमाले रंग खुइलिएको बामाले भएको छ । यो भन्नुपर्दा मलाई दुख लागेको छ । अन्य कतिपय दल पनि सोही बाटोमा छन्’, उनले भने ।  देशलाई समृद्ध बनाउने र जनताको आवश्यकतालाई पूरा गर्ने जनमत र सरकारको आवश्यकता रहेको बताए ।

नेकपा विभाजन हुनुको मुख्य कारक केपी ओली नै हुन्ः रावल

काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुख्य कारक केपी शर्मा ओली भएको बताउनुभएको छ । पार्टीबाट निष्काशित भएपछि आफ्नो धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘कुनै पनि जीवन्त पार्टीमा अन्तरविरोध हुन्छन् तर नेकपाभित्रको अन्तरविरोधलाई विभाजनसम्म पुर्याउने मुख्य पात्र केपी शर्मा ओली हुन्’– उहाँले भन्नुभयो– ‘पहिले मैले केही सोचेको छैन भन्ने पछि आफूलाई किन अध्यक्षमा उम्मेदवारी दिएको भनेर कारवाही गरियो, यो ओलीको निरंकुश र स्वेच्छाचारिकको नग्न रुप हो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा सिम्खडा

काठमाडौं ।  संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन भएका छन् । काठमाडौंमा भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षको लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो । केन्द्रको महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको छ । महिला समितिको सचिवमा सरिता घिसिङ चयन भएकी छन्। जेटियुसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासंघ आवद्ध छन् । हरेक एक/एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन् । जेटियुसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिमखडाले जेटियुसिसीको अध्यक्ष बन्नु चुनौतीको रुपमा लिएको बताए । उनले नेपालको ट्रेड युनियन आन्दोलन अफ्ठ्यारो अवस्थामा रहेको भन्दै संविधानमा श्रमिकका विषयलाई सम्बोधन भएपनि श्रमिकको हितमा कानूनहरु बन्न नसकेको बताए। अध्यक्ष सिम्खडाले उल्टो बाटोमा हिँड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्ने बताए ।

भीम रावलले आज नयाँ राजनीतिक यात्राको घोषणा गर्दै

काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले आज आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्दै छन्।  यही पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरिएका नेता रावलले आज आफ्नो नयाँ राजनीतिक योजनाबारे जानकारी गराउने भएका हुन्।  यसका लागि उनले आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै छन्।  पूर्वउपप्रधानमन्त्री एवं गृह र रक्षामन्त्रीसमेत रहेका उनले ‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे’ आज घोषणा गर्ने उनले बताएका छन्।  यसबीच उनले नयाँ पार्टी खोल्ने चर्चा पनि चलेको थियो। तर नेता रावलले सबै कुरा आजकै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइरहेका छन्। 

लोकप्रिय