करदाताका समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न

करदाताका समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल ट्याक्सपेयर्स सोसाइटीले करदाताका समस्या र सम्भावित समाधान विषयक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । 

जर्मन होम्स हस्पिटालिटी, गठ्ठाघरमा आज मिति २०८१ साल साउन १५ गते आयोजित कार्यक्रममा कर प्रणालीका विविध पक्षमा छलफल तथा अन्तक्रिया गरिएको ट्याक्सपेयर्स सोसाइटीले जनाएको छ ।

कार्यक्रममा कर विज्ञ उमेशराज पाण्डेयले करदाताका समस्या र सम्भावित समाधान विषयमा करिव ४५ मिनेट लामो पेपर प्रिजेन्टेसन गरे । कर कार्यलयमा विचौलिया मार्फत करदाताले सेवा लिएको हुँदा करदाताले दुख पाएको साथै हल्लाका पछि करदाता लागेको हुँदा वित्तीय साक्षरता कार्यक्रममा आन्तरिक राजश्व विभागले बताए ।कर कानुन तथा विभागको सिस्टममा एकरुपता नहुँदा कानुनमा भएका कतिपय सुविधाबाट करदाता बन्चित रहेको उनको भनाई थियो।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका कर तथा राजस्व समिति प्रमुख अम्विका प्रसाद पौडेलले समग्र शेयर बजारमा कारोवार गर्दाका समस्या औल्याए । उनले कर प्रशासनमा दरवन्दी मार्फत कर तथा लेखा विज्ञको रुपमा रहेका चार्टर्ड एकाउन्टेन्टलाई प्रयोग गर्न सक्दा समग्र राज्यलाई कर कानुनमा एकरूपता ल्याउन तथा राजश्व वृद्धिमा टेवा पुग्ने धारणा राखे । 

त्यसैगरी सृजना अधिकारीले प्यानलीष्टको रुपमा कर कानुनमा देखियका दुविधा, कर कानुनका अस्पष्टता तथा कर क्षिक्षा आदिका कारणले करदाताले राजश्व न्याधिकरण तथा अदालतमा विचाराधीन मुद्दामा समस्या खेप्नुपरेको बताइन्।एक्यानका अध्यक्ष राउतले राज्यले करबाट मात्र नभई गैर करबाट समेत राज्यलाई सम्बृद गर्न सक्ने कुरामा जोड दिदै सरकारले सुष्म ढंगले त्यतापट्टी पनि अनुसन्धान गर्नुपर्ने बताए । नेपालमा युवा जनशक्ति धेरैनै रहेको परिपेक्षमा राज्यले त्यसको लाभ लिनुपर्ने समेत बताए । 

त्यसैगरी कार्यक्रममा एक वक्ताले कर प्रसाशनले सूचना प्रविधिमा आधारित कर प्रशासनमा जोड दिन साथै कर कानुनमा हरेक वर्ष गरिने फेरवदलले करदातालाइ निकै अफ्ठ्यारो बनाएका बताउँदै कर कानुनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए ।

आजको कार्यक्रममा नेपालमानै पहिलो करपात्रो समेत बिमोचन गरिएकाे थियाे भने अबदेखी हरेक १५ दिनमा करदाताका जिज्ञासामा विज्ञको रायसहितको करका कुरा पोर्डकाष्ट सार्वजनिक गरिने बताइएकाे छ ।

साथै।कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीमार्फत नेपालकै पहिलो करपात्रो तथा करका कुरा पोर्डकाष्टको बिमोचन सम्पन्न गरिएको थियो । उनले कर कानुनका मुख्य मिति तथा जानकारी रहेको करपात्रो अतिनै राम्रो रहेको हुँदा हरेक करदाताको पसल तथा व्यवसायमा राख्न उपयुक्त हुने समेत बताए । विभागले पोर्डकाष्ट कार्क्रममा लोगो सहित सहयोग गर्नसक्ने हुँदा आगामी दिनमा नेपाल ट्याक्सपेयर्स सोसाइटीसँग थप सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए । उनले कर प्रशासन आवधिक योजना सहित सुधारउन्मुख रहेको बताए । उनका अनुसार करिव ७० प्रतिशत करदाता डे-१ तथा डे-२ विवरण भर्ने रहेको बताउँदै वार्षिक जम्मा २ प्रतिशत करदाताको मात्र बजार अनुगमन तथा फुल अडिट गर्न सकेको बताए ।

मूल्य अभिवृद्धि कर फिर्ता बजेटरी सिस्टम भन्दा बाहिरबाट नै व्यवस्था गरिएको हुँदा सहज भएता पनि आयकर बजेटरी सिस्टम मार्फत नै गर्नुपर्ने व्यवस्थाले भुक्तानीमा ढिलाई भएको उनले स्वीकारे ।

सोही कारण विभागले विस्तारै फेसलेस अडिट गर्नेगरी आवश्यक तयारी गरेको बताउँदै उनले अब करदातालाई प्रविधिमैत्री सेवा प्रवाह गरिने बताए । 

 कार्यक्रममा जिल्ला सहकारी संघ, अडान, एक्यान, रेबन, उद्योग वाणिज्य संघ लगायत विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति तथा प्रतिनिधि गरी करिब १०० जना सहभागी थिए । कार्यक्रमको अध्यक्षता सोसाइटिका अध्यक्ष टिका कार्कीले गरेका थिए भने प्रमुख अतिथिमा आन्तरिक राजश्व कार्यलयका महानिर्देशक शिवलाल तिवारी,अतिथिहरुमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउत, नेपाल अडिटर्स एसोसिएसनका प्रथम उपाध्यक्ष डा.डोल प्रसाद दाहाल थिए भने सहजकर्ताको भूमिका सिए. के.पी.उपाध्ययले गरेका थिए ।
 

सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।

पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।   त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।

१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।

लोकप्रिय