देशभर गर्मी बढ्नेक्रम कायम, बुधबारदेखि वर्षाको सम्भावना

देशभर गर्मी बढ्नेक्रम कायम, बुधबारदेखि वर्षाको सम्भावना

काठमाडौं । देशमा केही दिनदेखि गर्मी बढिरहेको छ । देशका धेरै भूभागमा सुक्खा अवस्थाका कारण तापक्रम उच्च रहन पुगेको हो।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज र भोलिसम्म तापक्रम अझै बढ्नेछ भने भोलि रातिबाट वर्षा गराउने प्रणाली विस्तार हुने देखिएको छ। आज र भोलिदिन दिउँसोसम्म देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छैन।

मंगलबारदेखि हल्का वर्षा सुरु भई बुधबारदेखि तापक्रम घट्दै जाने र वर्षा क्रमशः बढ्दै जाने अनुमान गरिएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि आइतबारको तुलनामा अझ गर्मी हुने छ।

बुधबारदेखि मनसुन सक्रिय भई यो साता देशभर फैलिने सम्भावना छ। बिहीबारदेखि केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि विभागले जनाएको छ।

यसबीच, आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ। आइतबार ३०।४ डिग्री तापक्रम मापन गरिएको थियो।

आज दिउँसो कोसी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मुख्यतः सफा रहनेछ। कोसी र अन्य प्रदेशका पहाडी क्षेत्रमा एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात पनि हुन सक्छ।

हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ।

आज वाग्मतीसहित देशका विभिन्न प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी पहाडी क्षेत्रका केही स्थानमा र अन्य स्थानका थोरै भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ। रातिपनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र तीव्र चट्याङको सम्भावना रहँदा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही भूभागमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले चेतावनी दिएको छ। विभागले जनसुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

वाग्मतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं — कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी र लुम्बिनीका गोर्खा, लमजुङ, कास्की, पर्वत, पाल्पा, बागलुङलगायत क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। बर्दियाको दौलतपुर, बर्गादही, रानिजरुवा लगायत क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ। खुदी खोलासहित ससाना नदी तथा खोलामा जलसतह बढ्ने, पहिरो र डुबानको जोखिम रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन जल तथा मौसम विभागको आग्रह

काठमाडौं । देशभर मौसमी प्रणाली सक्रिय भइरहेका कारण आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही स्थानमा चट्याङसहितको वर्षा हुने अनुमान छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ। दिउँसो र राति देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकोले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र पहिरोको जोखिम समेत रहन सक्ने विज्ञहरूको भनाइ छ। विभागका अनुसार हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भागमा मनसुनी वायु सक्रिय रहेको छ भने भारतको पश्चिम बंगाल आसपासको न्यूनचापीय क्षेत्र र देशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुले समेत प्रभाव पारेको छ। सार्वजनिक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यात्रा गर्दा सतर्क रहन, नदी तथा खोलाको आसपास नजान र जोखिमयुक्त क्षेत्रहरूमा आवश्यक पूर्वतयारी गर्न विभागले सबैलाई अनुरोध गरेको छ।

कोसी सहित यी पाँच प्रदेशमा राति अत्यधिक वर्षा हुन सक्ने

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोसी प्रदेशको पहाडी भूभागमा आज एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार कोसी र वाग्मती प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित देशका अन्य पहाडी भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बाँकी भू(भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना पनि गरिएको छ। त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने अनुमान गरिएको छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाले कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा रातिको समयमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। महाशाखाले सम्भावित वर्षाले खोलानालामा पानीको सतह बढ्ने, पहिरोको जोखिम हुने तथा चट्याङ लाग्ने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। साथै, यात्रा गर्नुपर्ने अवस्था छ भने मौसमबारे जानकारी लिएर मात्र सर्तकतापूर्वक यात्रा गर्न सुझाव दिइएको छ।

लोकप्रिय