देउवाले घोषणा गरे ३७ विभाग, ३१ वटामा अन्य पक्षलाई उपेक्षा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार पार्टीका ३७ वटा विभागका प्रमुख घोषणा गरेका छन् । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १० दिन अगाडि नै सभापति देउवालाई सूची बुझाए पनि उनले सोमबार मात्रै विभागका प्रमुख तोके जसमा ३७ वटा विभाग मध्ये ३१ वटामा अन्य पक्षलाई उपेक्षा गरेका छन् ।
पार्टी विधानमा ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर देउवाले आफू सभापति निर्वाचित भएको दुई वर्ष पाँच महिनापछि ३७ विभाग गठन गरेका हुन् । पार्टीका ७० वटा विभाग छन् । केही समयअघि देउवाले १७ वटा विभागका प्रमुख तोकेका थिए । संगठन, विदेश, जनसम्पर्क लगायत १६ वटा विभाग अझै बन्न सकेका छैनन् ।
देउवाले सोमबार घोषणा गरेका विभागमा राज्य प्रशासनमा गोविन्द भट्टराई, स्थानीय तह समन्वयमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकनमा मानबहादुर विश्वकर्मा, संघीय मामिला समन्वयमा चन्द्रबहादुर केसी, संसदीय मामिलामा गोविन्दबहादुर शाह, कानुनमा मानबहादुर नेपाली, विद्यार्थीमा राजीव ढुंगाना, पेसागत तथा बुद्धिजीवीमा डिला संग्रौला, शिक्षामा नैनसिंह महर, स्वास्थ्यमा चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वयमा मदनबहादुर अमात्यलाई विभाग प्रमुख तोकिएको छ ।
यस्तै सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वयमा शिवप्रसाद हुमागाईं, कृषि तथा किसानमा उमेश श्रेष्ठ, खेलकुदमा उमेशजंग रायमाझी, प्राकृतिक स्रोतमा तारामान गुरुङ, साहित्य, कला तथा संस्कृतिमा विद्यादेवी तिमिल्सिना, दलित समुदाय समन्वय र सशक्तीकरणमा लक्ष्मी परियार, द्वन्द्व व्यवस्थापन तथा मेलमिलापमा कृष्णकिशोर घिमिरे छन् ।
मुस्लिममा मैकुलाल वाल्मीकि, वित्तीय संस्था समन्वयमा कर्णबहादुर बुढा, विज्ञान तथा सूचना प्रविधिमा सुशीला मिश्र, भूपू सैनिकमा महेन्द्रकुमार लिम्बू, आर्थिक नीति तथा योजनामा गोविन्द पोखरेल, शुभेच्छुक संस्था समन्वयमा अब्दुल सत्तार, श्रमिक तथा ट्रेड युनियनमा हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वयमा नृपबहादुर बड, मानव अधिकारमा धना खतिवडा विभाग प्रमुख तोकिएका छन् ।
वातावरण तथा जलवायु परिवर्तन सरोकारमा कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोतमा अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वयमा जीवन राना, नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वयमा लक्ष्मी खतिवडा, व्यावसायिक सीप विकासमा गंगालक्ष्मी अवाल, विपन्न उत्थान समन्वयमा गोपाल दहित, सामाजिक संघसंस्था समन्वयमा अर्जुनप्रसाद जोशी, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्रमा अजयबाबु शिवाकोटी, धर्म–संस्कृति समन्वयमा ध्यानगोविन्द रञ्जित र पूर्वआप्रवासी समन्वयमा दिनेश कोइराला विभाग प्रमुख बनेका छन् ।
कांग्रेसका प्रत्येक विभागमा बढीमा ५१ सदस्य राख्न सकिने प्रावधान विधानमा छ ।
तीमध्ये विभाग प्रमुखको सहजताका लागि दस जना आफूले रोजेका कार्यकर्तालाई राख्न सकिने अधिकार नेतृत्वले दिएको छ भने बाँकी केन्द्रीय सभापतिको परामर्शमा मनोनयन गर्ने व्यवस्था छ
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।
कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)
काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा उल्लेख गरिएको छ । विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ । के छ त प्रतिवद्वतापत्रमा ?