विद्यार्थीहरूसँग प्रचण्डले भने- 'भ्रष्टाचारविरुद्धको लडाइँ जित्छौं'

विद्यार्थीहरूसँग प्रचण्डले भने- 'भ्रष्टाचारविरुद्धको लडाइँ जित्छौं'

काठमाडौं । सरकारबाट बाहिरिएसँगै दिनहुँ जसो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न युवा विद्यार्थी पुग्ने गरेका छन्।भेटमा उनीहरूले पार्टी नेतृत्वले राम्रो काम गर्दा गर्दै जनतामा आशा र भरोसा जगाउँदा जगाउँदै सरकार छोड्न परेको नेतृत्वप्रति उच्च सम्मान रहेको बताउने गरेका छन्।

सरकारबाट बाहिरिए पनि पार्टी नेतृत्व र  माओवादी केन्द्र विजय जस्तो बनेको बताउँदै उनीहरुले यो उत्साहलाई संगठन निर्माणमा प्रयोग गर्ने अध्यक्ष प्रचण्डसमक्ष प्रतिबद्धता जनाएका छन्।

शनिवार (आज) माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्षहरू क्षितिज साप्कोटा, मदन भूल, अमर जंग शाही लगायतका विद्यार्थी नेताहरुले अध्यक्ष प्रचण्डसँग भेट गरी सरकारको नेतृत्वका रुपमा गरेका राम्रा कामले आफुहरुलाई नेतृत्वप्रति गर्व रहेको बताए ।उनीहरूले प्रधानमन्त्रीका रुपमा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले १८ महिनाको कार्यकालमा गरेका कामलाई जनता र विद्यार्थीमाझ लिएर जाने समेत बताए।

विद्यार्थीहरूसँगको छलफलका क्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवा विद्यार्थीहरूसँग आफु आशावादी रहेको बताए। उनले माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि विजयी मुडमा रहेको बताउँदै हरेक युद्धका मोर्चामा माओवादी सफल बनेको बताए ।

आफु नेतृत्वको सरकार शान्ति समृद्धि र सुशासन नचाहने हरूले ढालेको बताउँदै उनले अब सुशासन र समृद्धिको निम्ति भ्रष्टहरूसँगको लडाइँ जित्ने गरी लड्ने बताए ।

अध्यक्ष प्रचण्डले भने- 'राजनीति हामीले जितेका छौं । अब हामी पार्टीको बैठक बसेर एउटा नयाँ अभियान चलाउँछौं । युवाविद्यार्थीको जो साथ र समर्थन पार्टी लिडसिप प्रति दिनुभएको छ।यसले भ्रष्टहरुविरुद्ध हामीले लड्ने लडाइ जित्ने छौं। हामी बिजेता थियौं, विजेता रहनेछौं र विजेता हुनेछौं ।'

उनले अहिलेको परिस्थिति माओवादी केन्द्रको निम्ति नयाँ अवसर र चुनौति भएको बताउँदै पार्टी लिने निर्णयमा युवा विद्यार्थी र आम जनताको साथ रहने विश्वास व्यक्त गरे।

काठमाडौंमा भ्रष्टाचारीहरुको र्‍याली देख्न परेको छ  :  विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्‍याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो।  नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो ।  उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।

जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो :  महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो ।  महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले  एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

लोकप्रिय