पत्रकार महासंघमा यस्तो बन्यो साझा प्यानल, यी हुन् प्रतिबद्धता

काठमाडौं । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि साझा प्यानल घोषणा गरिएको छ । पत्रकार महासंघका निवर्तमान बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको नेतृत्वमा साझा प्यानल अघि सारिएको छ ।
यस्तो छ प्यानलः
अध्यक्षः रमेश विष्ट
बरिष्ठ उपाध्यक्षः रोशन पुरी
उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)
समावेशी उपाध्यक्षःसुभाष प्रसाद साह
महासचिवः लेखनाथ न्यौपाने
खुला सचिवः उत्तरसिंह विष्ट
मधेसी सचिवः श्रीजन झा
महिला सचिवःसरिता बराइली
दलित सचिवः वसन्त विक
आदिवासी जनजातीः भिषण राई
एशोसियट सचिव : विकास काकी
कोषाध्यक्षः रामकृष्ण अधिकारी
केन्द्रीय सदस्यहरु
कोशी प्रदेश केन्द्रीय सदस्य : १. तीर्थ सिग्देल २. दिपेन्द्र कुमार राई
मधेस प्रदेश केन्द्रीय सदस्य : १. राजु विश्वकर्मा २. संजय कुमार राउत
बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक) १ . मणिराज गौतम २. मिनकुमार दाहाल
गण्डकी प्रदेश केन्द्रीय सदस्यः १. दिपक भट्टराई २.
लुम्बिनी प्रदेश केन्द्रीय सदस्यः १. यानेन्द्र जिसि २. सुमन अधिकारी
कर्णाली प्रदेश केन्द्रीय सदस्यः १. देविराम देवकोटा २. यज्ञराज थापा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यः १. डिलबहादुर सिंह २. रामसिंह ठगुन्ना
उपत्यका प्रदेश केन्द्रीय सदस्यः १. अर्जुन पन्त २. सूर्य सुवेदी
प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यः
१. वीरेन्द्र ओली
२. साहास भट्ट
खुल्ला केन्द्रीय सदस्य
१. केशव बहादुर भुल
२. दामोदर खनाल
३. लेखनाथ खतिवडा
४ बुद्द लोप्चन
५ रामकुमार श्रेष्ठ
महिला
२. (आदीवासी, जनजाती) सरु राना
३. (मधेसी) मिनाकुमारी यादव
४. (खस आर्य) दिया चन्द
दलित केन्द्रीय सदस्य
१. लक्ष्मण दर्नाल (पुरुष)
२. (महिला) निर्विरोध
आदीबासी जनजातिः
१. अर्जुन बहादुर तामाङ (पुरुष)
२. (महिला) निर्विरोध
मधेसी
१. चन्द्रदेव कामती (पुरुष)
२. ललिताकुमारी साह (महिला)
अपाङ्गता तर्फ केन्द्रीय सदस्य
१. अर्जुन काफ्ले
अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य
बख्तियार अलि
लेखा समिति संयोजकः ध्रुव रावल
लेखा समिति सदस्य
१. गणेश प्रसाद बन्जाडे (पुरुष)
२. लक्ष्मी चौधरी (महिला)
यी हुन् साझा प्यानलका प्रतिबद्धता
नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक संचार माध्यमको हित, सूचनाको हक संरक्षण र पत्रकारिताको व्यावसायिक विकासका लागि हाम्रो साझा प्यानलका प्रतिवद्धताहरु:
१) सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्षप्रति गौरव गर्दै यसक्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं । साथै यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरुप्रति अभिनन्दन प्रकट गर्दछौं । हामी उहाँहरुले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनबरत हिडिरहने प्रण गर्दछौं ।
२) नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरुको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउनेछौं । साथै, लोकतान्त्रिक समूदायको भरोषायोग्य नागरिक संस्थाकोे रुपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिवद्ध छौं ।
३) हाम्रो प्यानल श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारप्रति पूर्ण प्रतिवद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नूको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ । श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौं ।
(४) संघ, प्रदेश र स्थानीय तहमा सञ्चारमैत्री नीति, कानून र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौं ।
(५) पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौं । साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धिको लागि पहल गर्नेछौं ।
६) पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरुका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपांगता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौं ।
७) महिला, दलित, आदिवासी, जनजाती, अपांगता, मधेशी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौं ।
८) पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौं ।
९) महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिंदै इ–लाईब्रेरी र सञ्चार संग्रहालय निर्माण गर्नेछौं । लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान–स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछौं ।
कोसी, वाग्मती र गण्डकीमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा वर्षाको गतिविधि बढ्ने देखिएको विभागले जनाएको हो। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक कोसी र वाग्मती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यस क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ। रातिको पूर्वानुमानअनुसार, देशभर साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिएको छ। विभागले संभावित भारी वर्षाको कारण पहिरो, बाढी र जलस्रोतको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ। विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।