भरतपुर भ्रमण वर्ष प्रचारका लागि 'भरतपुर च्याम्पियनसिप' हुँदै

भरतपुर भ्रमण वर्ष प्रचारका लागि 'भरतपुर च्याम्पियनसिप' हुँदै

चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रथम भरतपुर च्याम्पियनसिप २०८० हुने भएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता हुन लागेको हो । फागुन २५ गते बाट सुरु हुने प्रतियोगिता चैत १० गतेसम्म चल्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

प्रतियोगितामा १२ टोली सहभागी हुने कार्कीले बताए । चितवनका केही तथा विभागीय र मफोसलका उत्कृष्ट क्लबहरु प्रतियोगितामा सहभागी हुने कार्कीले जानकारी दिए । उनका अनुसार सहभागी हुने क्लबहरुको नाम केही दिनमा सार्वजनिक गरिनेछ ।

प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको प्राविधिकलगायतका तयारी तीव्र पारिएको छ । फागुन १८ देखि सुरु हुने भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धन र प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।

खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने उनको विश्वास छ । यसले भरतपुर भ्रमण वर्ष सफल बनाउन पनि मद्त मिल्ने उनको भनाइ छ । फागुन १८ गते नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो संख्या मा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदैछ ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने

काठमाडौं— देशभर मौसमी गतिविधि तीव्र बनेका कारण आज अधिकांश स्थानमा बदलीसहित वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको छ भने दिउँसो हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्हरुको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो १० बजेदेखि ११ बजेसम्म वर्षा सुरु हुने र दिनभर यदाकदा पानी पर्ने क्रम जारी रहनेछ। “वर्षा सुरु भइसकेको छैन, तर दिउँसो हल्कादेखि मध्यम वर्षा हुनसक्छ,” मौसमविद्हरूले जानकारी दिएका छन्। सातवटै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना देशका उच्च पहाडी र हिमाली भूभागमा पनि आज हल्का वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ। रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मनसुनी र पश्चिमी वायुले असर पुर्‍याउँदै हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको छ भने देशको पश्चिम भू-भागमा पश्चिमी र स्थानीय वायुले आंशिक असर पुर्‍याएको विभागले जनाएको छ। साथै, भारतको पश्चिम बंगाल नजिकै बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव देखिएको छ।

स्थापित बाम नेता भरत साह एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह आज औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ। उहाँलाई आज चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गर्नुभएको हो। बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल ९पाँचौं० का बारा जिल्ला अध्यक्षको रूपमा गर्नुभएको थियो। त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाउनुभएको थियो। २०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हाल्नु भएका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बन्नु भएको थियो। शिक्षा क्षेत्रको संगठनात्मक नेतृत्वमा उहाँको उल्लेखनीय योगदान रहँदै आएको छ। राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिनु भएका साह हालसम्म नेकपा (एमाले)को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील हुनुहुन्थ्यो। पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँले माओवादी केन्द्र रोज्नु भएको बताइएको छ। पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गर्नुभएको थियो। साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेसमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ।

निरुता बनिन् प्रथम प्रचण्ड कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं। विभागीय टोली क्लबकी स्पाइकर निरुता ठगुन्ना प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उनकै उत्कृष्ट प्रदर्शनमा एपिएफले समूह चरणमा स्टेप रामपुर, सेमिफाइनलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र फाइनलमा नेपाल पुलिस क्लबलाई समान ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको थियो। योसँगै उनले नगद ३० हजार रुपैयाँसमेत हात पारिन्। च्याम्पियन एपिएफले भने ६ लाख रुपैयाँ पायो।

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्विरोध नेतृत्व चयन (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)नेपालले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व निर्विरोध रूपमा चयन गरेको छ। काठमाडौंस्थित प्रज्ञा भवनमा उद्घाटन गरीएको सम्मेलनमा देशभरका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनमा संगठनको भावी कार्यदिशा, रणनीति तथा सांगठनिक सुदृढीकरणका विविध विषयमा छलफल गरिएको थियो। निर्विरोध रूपमा चयन गरिएको नेतृत्वको नामावली यस्तो छ    

लोकप्रिय