सरकारले नेपाल संस्कृति विद्यालयको सम्पत्ति खोज्ने,  समिति गठन

सरकारले नेपाल संस्कृति विद्यालयको सम्पत्ति खोज्ने,  समिति गठन

काठमाडौँ । सरकारले नेपाल संस्कृति विद्यालयको सम्पत्ति खोज्न र व्यवस्थापन गर्न समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संस्कृति विद्यालयको सम्पत्ति खोज्न र व्यवस्थापन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । 

उच्च अदालतका पूर्वन्यायाधीश शेखर प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने सरकारले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

बेचन झाले ल्याएको बेचैनी र गिरीबन्धु काण्डबाट बच्न नयाँ गठबन्धन बनाइयो : माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सांसद माधव सापकोटाले कांग्रेस र एमाले मिलेर बनेको नयाँ सत्ता गठबन्धनलाई अनैतिक, अप्राकृतिक र परारदर्शीको संज्ञा दिएका छन् ।   संघीय संसदको प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै उनले राजनीतिक स्थिरता र संविधानका विषयमा पुनरावलोकन गर्न भनिएपनि मूलत यो गठबन्धन भ्रष्टाचारको ढाकछोप गर्न बनेको आरोप लगाए।   गिरीबन्धु चिया बगानका विषयमा नेकपा एमालेका अध्यक्ष लगायतका नेताहरु मुछिएकाले त्यसबाट बचाउन र नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासमेत मुछिएकाले उनीहरुलाई बचाउन यो गठबन्धन भएको उनले तर्क गरे।   दिनभरी प्रधानमन्त्रीसँग यही सरकारलाई निरन्तरता दिने हो भनेर सहमति गर्ने र मध्यरातमा अमुक व्यक्तिको घरमा सहमति गर्नुचाँही नैतिकताको प्रश्न हुने उनले तर्क गरे ।   सापकोटाले संसदीय अभ्यास र स्थिरताको कुरा दोस्रो पार्टीले नै सरकारको नेतृत्व गर्ने र आधा आधा कार्यकाल बाढ्ने भनेपछि स्थिरता नआउने उनले बताए। ‘बेचन झाको गिरफ्तारी र उनले दिएको प्रमाणले सरकारमा सहभागि घटक नेकपा एमालेले मुसा प्रबृत्ति देखाएको बताए।  संविधानमा राजीनामा दिनुपर्ने उल्लेख नभएको र विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले पत्राचार नै गरिसकेकाले घटनाक्रमलाई विसयान्तर गर्ने र प्राकृतिक विपत्तिले अप्ठ्यारो परेको बेला यो सरकार फेरबदलको सहमति गर्नु आश्चार्यजनक छ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभाको बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ । संसद्मा सांसदहरुले धारणा राखिरहेका छन् ।

बाढी पहिरोको सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेकोले सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल गरेका छन् । उनले सामाजिक संञ्जाल फेस्बुक मार्फत बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल गरेका हुन् । साथै, प्रधानमन्त्री प्रचण्डले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।

भारतको सिलोङमा नेपालीसहित चार जनाको हत्या

काठमाडौं ।भारतको सिलोङमा एक नेपालीसहित  चारजना हत्या गरिएको छ।  मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको हो । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ। मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ। ती मध्ये एक जना ईलामका रवि राई रहेकाे समाचारमा उल्लेख छ। ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ। यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको छ।

लोकप्रिय