अर्थतन्त्र बचाउने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

अर्थतन्त्र बचाउने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन्। मंगलबार नेपाल राष्ट्र बैङ्कसँग महासङ्घले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरेका हुन्।

उनले कोभिडको बेलामा राष्ट्र बैङ्कले दिएको सुविधाले व्यवसाय बाँचेको बताए। उनले त्यतिबेला राष्ट्र बैङ्कले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको बताए। 

उनले राष्ट्र बैङ्कले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताए। उनले राष्ट्र बैङ्कले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने उल्लेख गरेका छन्।

उनले घरजग्गा कारोबार, साना तथा घरेलु उद्यममा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैङ्क मौद्रिक नीतिमार्फत क्षेत्रगत रूपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे। उनले  लोन टु भ्यालु रेसियो, जोखिम भार लगायतका विषय माइक्रो पोसिली अन्तर्गत पर्ने बताए। उनले त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने बताए।

उनले भने, ‘‘लोन टु भ्यालु रेसिया, जोखिम भार, ब्याजदर कोरिडोर लगायतका विषयमा माइक्रो पोसिली अन्तर्गत पर्छन्। त्यो विषयमा पनि गहन छलफल गरेर उपयुक्त नीति लिनेछौँ। राष्ट्र बैङ्कले नीति लिँदा सर्वपरी मुलुकको अर्थतन्त्रलाई राख्नुपर्छ। कोभिडको बेलामा सुविधा लिएको भनेर धेरै राष्ट्र बैङ्कलाई गाली गरे तर त्यो बेला लिएको सुविधाले व्यवसाय बाँचेको छ। सुविधा दिनुको अर्थ अर्थतन्त्रलाई बचाउनु थियो। अर्थतन्त्रका केही पक्ष सबल छन्। फिजिकल साइट सरकारकै आफ्नै अवस्था कमजोर छ। घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरूमा दबाब र निर्माण क्षेत्रमा दबाब छ।’’ 

उनले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैङ्कले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरेका छन्। उनले राष्ट्र बैङ्कले उद्योग व्यवसायलाई अप्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ, बाँधेको डोरी देखाए फुकाउन तयार रहेको बताए। ‘‘कर्जामा नेपाल राष्ट्र बैङ्कले रोकेको छ भन्नेकुरा छ। राष्ट्र बैङ्कले बाँधेको छ भन्ने छ। राष्ट्र बैङ्कले बाँधेको डोरी देखाउनुपर्छ। हामी बाँधेको डोरी फुकाइदिन्छौँ। त्यतिकै बोल्नु भएन। आन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने व्यवसायीलाई दुई प्रतिशत भन्दा बढी लगाउन नपाउने स्पष्ट व्यवस्था छ। बैङ्कले पनि त्यो भन्दा बाहिर जान पाउँदैन। गएको पायो भने राष्ट्र बैङ्कलाई जानकारी गराउनु होला। मौद्रिक नीतिको अन्तिम रूपमा छौँ।’’

सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।

पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।   त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।

१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।

लोकप्रिय