दाङको पुरानो पुस्तकालय ‘सर्वोदय’ अब ई–लाइब्रेरी

दाङको पुरानो पुस्तकालय ‘सर्वोदय’ अब ई–लाइब्रेरी

दाङ ।  सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीमा ई–लाइब्रेरी स्थापना गरिएको छ । १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले शनिबार ई–लाइव्रेरीको उद्घाटन गर्नुभएको हो ।

‘दयनीय, कारुणीक र अफ्ठेरो अवस्थाबाट पुस्तकालय शुरु भएको हो’– पुस्तकालयका संस्थापकसमेत रहनुभएका प्रमुख अतिथि शर्माले भन्नुभयो– ‘आज ई–लाइबे्रेरीसम्म पुगेका छौं ।’ उहाँले सस्तो पठन सस्तो लेखन भएको भन्दै सबै सामग्री जुटाएर गहिरो अध्ययन गर्न आग्रह गर्नुभयो ।
पढाइ जतिसुकै भए पनि दङालीको सोच असाध्यै परम्परागत भएको उहाँको भनाइ थियो । उहाँका अनुसार चिया पसलमा उपदेश सबैले दिन्छौं । गहकिलो लेख लेख्ने विद्वान भेटिन्नन् । ‘आफूलाई पढेलेखेको भन्ने धेरै छौं, देश सबैभन्दा गरिब र भ्रष्ट छ के पढाइ हो ?’– उहाँले भन्नुभयो– ‘देशको बौद्धिकता गरिब भयो ।’ उहाँका अनुसार प्राध्यापकले लेख्दैनन् बोल्दैनन्, कहाँ लुकेको छ थाहै छैन।

कार्यक्रमका विशिष्ट अतिथि पुस्तकालयका पूर्वअध्यक्ष पुरुषोत्तम खनालले नयाँ कामको शुरुवात भएको बताउनुभयो । ‘असल बन्न असल पुस्तक पढौं’– खनालले भन्नुभयो– ‘समाजलाई असल बाटोमा डो¥याउँ ।’ उहाँका अनुसार हातहातमा मोबाइल भएको अवस्थामा इ–लाइब्रेरीको महत्व अति छ । किन्न नसकेका र यहाँको बजारमा नपाइने पुस्तक अब सजिलै पढ्न सकिनेछ । ‘विसं २००९ देखि २०१४ सम्म पुस्तकालयको लहरै चलेको थियो, त्यो इतिहास खोजौं ।’

सुकुम्वासी समस्या समाधान आयोग दाङका निवर्तमान अध्यक्ष लेखराज रेग्मीले ई–लाइब्रेरीले दाङ विकटताबाट सुगमतामा प्रवेश गरेको सन्देश दिएको बताउनुभयो । सो अवसरमा बोल्ने वक्ताहरुले नयाँ पुस्तालाई सम्बोधन गर्न सफल भएको भन्दै पुस्तकालयको प्रशंसा गर्दै सर्वोदयमा गएर डाउनलोड गरेर पुस्तक लग्न सकिने बताए । थेसिस लेख्ने लगायतका अनुसन्धानका काम गर्नेका लागि सबैभन्दा बढी उपयोगी हुने वक्ताहरुको भनाइ थियो । उनीहरुका अनुसार डिजिटल पुस्तकालयमा सरकारको पनि जोड छ । थप सहयोग जुटाउन र ई–लाइब्रेरी प्रभावकारी बनाउन सजिलो छ ।

‘डिजिट पुस्तकालय धेरैको माग थियो’– सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमले भन्नुभयो– ‘विश्वभरीका अनुसन्धानसम्बन्धी सामग्री उपलब्ध गराउने योजना छ ।’ उहाँले पाठक एवं अनुसन्धानकर्मीले उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँहरुको माग अनुसार पुस्तक वा ई पुस्तक उपलब्ध गराउन सकिने जानकारी दिनुभयो । विश्वविद्यालय, क्याम्पस, विद्यालय सबैलाई लाइबे्ररीमा जोडिन आव्हान गर्नुभयो । पुस्तकालय सञ्चालक समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, पुस्तकालयका सल्लाहकार शम्भु गौतम, बमबहादुर डिसी, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, नेपाल बार एसोसिएसन जिल्ला बार इकाई दाङका नवनिर्वाचित अध्यक्ष गोमा महरा, राप्ती साहित्य परिषद्का जिल्ला अध्यक्ष यम रेग्मी, दाङ पुस्तकालय संघका अध्यक्ष वसन्त पुन, गोरक्ष पुस्तकालयका शंकर योगी, पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका अध्यक्ष केशवराज सुवेदी, अध्ययन मञ्चका अध्यक्ष विपीन आचार्य, सर्वोदय बाल क्लवका सल्लाहकार नवीन श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पुस्तकालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहसचिव हरिप्रसाद पौडेलले ई–लाइब्रेरीका बारेमा जानकारी गराउनुभएको थियो भने सञ्चालन पुस्तकालयका सचिव सुशीला आचार्य वैद्यले गर्नुभएको थियो ।

सुनको मूल्य तोलामै २ हजारले बढ्यो, चाँदीको कति ?

काठमाडौं । सुनको मूल्य तोलामै २ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज नेपाली बजारमा छापावाल सुनको भाउ एकै पटक तोलामा २ हजारले बढेर १ लाख ६४ हजार ४ सयको उचाइमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ६ सयले बढेर १ लाख ६२ हजार ४ सयको रेकर्ड कायम भएको थियो । यसदिन चाँदीको भाउ पनि तोलामा ३० रुपैंयाँले बढेर १९ सय ८० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २७ सय २५ डलर आसपासमा कारोबार भइरहेको छ 

कोरला नाकामा सञ्चार सुविधा विस्तार भएपछि सहज

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ । टेलिकमको बिटिएस टावरको सहयोगमा सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रुपमा सूचना आदानप्रदान गर्न राहत मिलेको हो । यसअघि नाका क्षेत्रमा सञ्चारको सुविधा नहुँदा कोरला नाकामा सुरक्षाको अवस्था पत्ता लगाउन, पर्यटकलाई परेको समस्या र तत्कालै उद्धार तथा समन्वय गर्नका लागि समस्या भैरहेको थियो । तर अहिले टेलिकमको टावर सञ्चालनमा आएपछि सीमा नाकामा सुरक्षाको जानकारी लिन, त्यहाँ पुग्ने पर्यटकलाई लेक लागेमा तत्कालै उद्धार गर्न, नाकाको भ्रमण गर्ने पर्यटकहरुको तथ्याङ्क सङ्कलन गर्नुका साथै आवश्यक समन्वय तथा सहजीकरणमा समेत सहज भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीले जानकारी दिए। सीमा नाकामा टेलिकमको टावर निर्माणसँगै कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकहरु, मालसामान खरिद–बिक्री गर्न जाने स्थानीय व्यापारी र सर्वसाधारणहरु लाभान्वित बनेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित कोरला नाकामा यही असोजको दोस्रो सातादेखि टेलिकमको टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो । नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राविधिक तथा लोमान्थाङ गाउँपालिकाको भौतिक सहयोगमा टेलिकमको बिटिएस टावर स्थापना गरिएको छ । समुन्द्री सतहदेखि करिब ४७ सय मिटरको उचाइमा रहेको कोरला नाकामा टेलिकमको टुजी र फोरजी टावर सोलारको माध्यमबाट चल्ने गरी जडान गरिएको छ । बिटिएस टावरमा उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवाको क्षमता रहेको हुँदा भोल्ट आधारित प्रविधिको भिडियो कल गर्न र नमस्ते मोबाइलमा वाइफाई चलाएर सजिलै कुराकानी गर्न सकिन्छ । नाका क्षेत्रमा नै सञ्चार सुविधाको विस्तार भएकाले खासगरी सूचना तथा जानकारीहरु आदानप्रदानमा सहज भएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । कोरला नाका क्षेत्रमा नेपाल टेलिकमको टावर सञ्चालनसँगै नाकामा हुन सक्ने अवाञ्छित क्रियाकलापहरु रोक्नका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोरला नाकाको नेपालतर्फ गएको असार महिनामा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत एकीकृत भवन निर्माण भैसकेको छ । यसअघि नाकाको सुरक्षा र अनुगमन तथा निरीक्षणको लागि भन्दै नेपाल सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको थियो ।

देशभर तापक्रम क्रमशः घट्दो क्रममा

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।  विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम  सफा रहेको छ । विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा  बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

लेबनान र प्यालेस्टाइनमा बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)ले लेबनान र प्यालेस्टाइनका जनतामाथि भइरहेको बर्बरतापूर्वक आक्रमण रोक्न माग गरेको छ । बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै विद्यार्थी संगठनले इजरायली आक्रमणको विरोध जनाएको हो। संगठनले लेबनान र प्यालेस्टाइनका जनताप्रति समवेदना र सहानुभूतिसमेत प्रकट गरेको छ। प्रर्दशनका क्रममा इजरायल र लेबनानमा रहेका नेपाली समुदायलाई सुरक्षितरुपमा नेपाल फर्काउन पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । साथै, हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायली दूतावास, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न संगठनले आग्रह गरेको छ ।

लोकप्रिय