घट्यो सुनचाँदीको मूल्य,कतिमा भैरहेको छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य,कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो । 

आज सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

मुलुकमा शान्ति स्थापना गर्न माधवजीको महत्वपूर्ण भूमिका छ : देउवा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्ति स्थापना गर्न र संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै माधव नेपालले देशको राजनीतिमा महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण यसै संविधान मार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नको लागि महत्वपूर्ण एजेण्डा हुन् । यो व्यवस्थाप्रति नेकपा एसले महत्वपूर्ण भूमिका खेलेको छ ।’

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सोमबार (भोलि) दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिसँगै म्याद सकिएका भातृसंस्थाको आयु थप्ने वा नेतृत्वमा नयाँ व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा छलफल गरिने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन् । सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भन्ने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको उनीहरूमाथि आरोप छ । बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो ।  मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको थियो । चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सर्लाहीको हरैयामा मकैबारीमा महिलाको शव फेला, घटना शङ्कास्पद

सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ। स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या भएको हो।  कृष्णादेवीको शव शनिवार राति अबेर घरदेखि करिब पाँच सय मिटर पूर्व आफ्नै मकैबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  महिलाको शव फेला परेकोबारे शनिवार राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शङ्कास्पद रहेको बताए।  परिवारका सदस्यका अनुसार कृष्णादेवी घाँस काट्न भनी शनिवार अपराह्न ४ बजेपछि घरबाट खेततर्फ गएकी थिइन्। साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि श्रीमानसहित छरछिमेकी खोज्न मकै खेतमा जाँदा उनको शव फेला परेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। 

लोकप्रिय