एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत मात्रैले प्राप्त गरे ‘ग्रेडिङ’

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत मात्रैले प्राप्त गरे ‘ग्रेडिङ’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।

५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी)मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।

निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ ।


नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ ।०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । 

यसरी हेर्न सकिन्छ नतिजा–

see-result-1719450995.jpg

नेकपा(ऐस)को दशौं महाधिवेशन सुरू, उद्घाटनमा पुगे शीर्ष नेता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौं महाधिवेशन काठमाडौंमा शुरु भएको छ ।काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।  पार्टीको महाधिवेशन सुरु हुनुअघि आइतबार समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालेको थियो ।  यालीमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत पार्टीका नेता कार्यकर्ता सहभागी भएका थिए।सो लगत्तै अधिवेशन उद्घाटन गरिएको छ । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे महासचिव घनश्याम भुसालले जानकारी गराएका छन् ।उनले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन् । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रायः पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको थियो ।  उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका छन् ।  त्यस्तै अतिथिका रूपमा रास्वपाका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, लोसपाका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतको सहभागिता रहेपनि एमालेबाट भने कोही पनि नेता सहभागी भएनन् ।   असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।  

प्रचण्ड र ओलीबीचको सिंहदरबार छलफलमा मिसिए रवि लामिछाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो।  दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ।  शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो ।दुई नेताबीच देउवा ओलीबिचको भेटवार्ताबारे पनि कुराकानी हुने बताइएको छ ।

पार्टी बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव सभापतिले मानेन् : रास्वपा महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न आफुले गरेको प्रस्ताव सभापति लामिछानेले अस्वीकार गरेको बताएका छन्।  महामन्त्री ढकालले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको भए पनि सभापति लामिछानेले भने स्वीकृत/अस्वीकृत नगरेको महामन्त्री ढकालले जानकारी दिएका हुन् ।  महामन्त्री ढकालले ३९ जिल्लाको भ्रमणबाट फर्किएपछि तत्काल पार्टीमा सुधार नगर्ने हो भने पार्टी विवेकशीलको बाटो गएको समीक्षा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनका संवेदनशील विषय सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । पार्टी सभापतिले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेको विषय सभापति निकट सहप्रवक्ता प्रतिभा रावलले सार्वजनिक गरेकी थिइन् । तर, महामन्त्री ढकालले भने आफूमाथि कुनै पनि स्पष्टीकरण नसोधिएको जानकारी दिएका छन्।  रास्वपाले महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आगामी बुधबार केन्द्रीय समितिकोे बैठक बोलाएको छ ।

लोकप्रिय