यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी प्रदेश, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतय सफा रहने छ ।

आज सूर्योदय बिहान ५ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।

मीनबहादुरको एमालेलाई जग्गा र भवन दानविरुद्धको मुद्दा दर्ता नै नगरी दरपीठ

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेलाई भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा र त्यसमा भवन निर्माण गरेर दान दिने निर्णयविरुद्धको मुद्दा सर्वोच्च अदालतले दर्ता नै नगरी हेर्न नमिल्नेमा राखेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइका लागि पेसी चढेको उक्त मुद्दा हेर्न नमिल्ने सर्वोच्च अदालतको अनलाइनमा उल्लेख छ।  प्रतिवादीमध्येका मीनबहादुर गुरुङका सम्बन्धमा न्यायाधीश सुवेदीले यसअघि मुद्दा फैसला गरेकाले यो मुद्दा हेर्न नमिल्नेमा राखिएको बताइएको रिट निवेदक अधिवक्ता ज्ञानबहादुर बस्नेतको भनाई छ । निवेदक अधिवक्ताहरू बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले एमाले र भाटभटेनीका सञ्चालक गुरुङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिट निवेदनलाई कार्तिक १ मा सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेका थिए । निवेदकहरूको हकदैया स्थापित हुन नसक्ने भन्दै रजिष्ट्रारले उक्त रिट निवेदन दर्ता नगरी दरपीठ गरेका हुन् ।

राप्तीमा नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु

लमही । दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं -२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही नगरपालिका-२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने १२  वर्षीया  कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए । मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशा सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन् । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।

बालिका बलात्कार अभियोगमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ

दाङ । भालुवाङमा दुई बालिका बलात्कार गरेको आरोपमा २९ न. ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् । सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि दुईजना पक्राउ परेको बताइएको छ । गत असोज २४ गते पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको अनुसन्धानबाट खुलेको बताइएको छ । दसैँको सम्मुखमा पिङ खेल्न आएका ती दुई बालिकालाई उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले अरोप लगाएका थिए ।

गोरुसिंगेमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

कपिलबस्तु । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनु भयो । वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा दुर्घटना भएको थियो । बा प्र –०१–०२९च९१५० को स्र्कापियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो । दुर्घटनामा सोही नगरपालिका वडा नं। १० जनकपुर बस्ने वर्ष ७० सरस्वती पासीको घटना स्थलमा मृत्यु भएको छ । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर र एक जना नाम नखुलेका पुरुष रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

लोकप्रिय