खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे मा हुँदै

कतार । खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ मे २०२४ मा हुने भएको छ । कतारको नेपाली सामाजिक सस्थाहरु मध्ये जेठो सस्थाको रुपमा स्थापित खोटाङ सेवा समाज कतारको एघारौ कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै १२औं अधिवेशनको लागि सस्थाका पदाधिकारिहरु तिब्र तयारीमा जुटेका हुन्।
प्रवासको पसिना स्वदेशको साकार सपना भन्ने मुल नारा सहित सन १९९८ जनवरी ३१ तारिक मा स्थापना भएको सस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै १२औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला खोटाङ र कतारमा सामाजिक कार्यमा सकृय सस्थाले शिक्षा स्वास्थ्य र खेलकुदको क्षेत्रमा उल्लेख्य सहयोग गरिसकेको सस्थाका प्रमुख सल्लाहकार रुद्र शर्माले बताएकाछन ।
विभिन्न पेशा ब्याबसायमा आवद्ध खोटाङेहरुको भब्य उपस्थिति रहने अपेक्षा सहित सस्थाको १२औ अधिवेशन प्लाजा मलको वेल्फेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने महासचिव पर्शुराम श्रेष्ठ पवनले बताएकाछन साथै अन्य ब्याबस्थापकिय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भब्य रुपले सफल बनाइदिन अध्यक्ष कैलाश श्रेष्ठले अनुरोध गरेका छन्।
सस्थाको अधिवेशनलाइ मध्यनजर गर्दै साधारण सदस्यता खुल्ला गरिएको हुदा कतारमा रहेका सम्पुर्ण खोटाङेहरुलाइ यथाशीघ्र सदस्य बन्न तथा सदस्यता नविकरण गर्न सबैलाइ सस्थाको फेसबुक पेज मार्फत सुचित गरिएको हुँदा स्वतस्फूर्त ढङ्गले सस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्न उपाध्यक्ष डिल्लिशेर खड्काले अनुरोध गरेका छन्।
सांस्कृतिक तथा साहित्यक रुपमा आफ्नो छुट्टै पहिचान बनाएको खोटाङ जिल्लालाइ कतारमा पनि प्रबर्द्धन गर्ने उदेश्य सहित कार्यक्रममा सांस्कृतिक प्रस्तुतीको साथमा साहित्यको उच्च संयोजन रहने उपाध्यक्ष बलराम लोप्चनले बताएका छन्।
पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको दर १३८ रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९असार ८० का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा तोकिएको छ। अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ: स्वीस फ्र्यांक: खरिददर १६९.०७, बिक्रीदर १६९.८० अस्ट्रेलियन डलर: खरिददर ८९.६४, बिक्रीदर ९०.०३ क्यानेडियन डलर: खरिददर १००.८६, बिक्रीदर १०१.३० सिंगापुर डलर: खरिददर १०७.५८, बिक्रीदर १०८.०५ जापानी येन (१० यन): खरिददर ९.५०, बिक्रीदर ९.५४ चिनियाँ युआन: खरिददर १९.२५, बिक्रीदर १९.३४ साउदी रियाल: खरिददर ३६.८४, बिक्रीदर ३७.०० कतारी रियाल: खरिददर ३७.९२, बिक्रीदर ३८.०९ यूएई दिराम: खरिददर ३७.६४, बिक्रीदर ३७.८१ मलेसियन रिंगेट: खरिददर ३२.५१, बिक्रीदर ३२.६५ त्यस्तै, भारतीय रुपैयाँ १०० को विनिमयदर १६० रुपैयाँ खरिददर र १६० रुपैयाँ १५ पैसा बिक्रीदरमा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने पनि जानकारी दिएको छ।
आज रातिदेखि देशभर भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद् र विभागकाे आग्रह
काठमाडौं । शनिबार रातिदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार झापाबाट भारी वर्षा सुरु भइसकेको छ। उनले शनिबार बेलुका सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुईवटा मौसमी मोडेलले फरक स्थानहरूमा वर्षाको सम्भावना देखाए पनि तराई र चुरे क्षेत्रहरू बढी जोखिममा रहेको उल्लेख गरेका छन्। “दुईवटा मोडेलले भारी वर्षाको ठाउँ फरक देखाएको छ, तर सम्भावना धेरै तराई र चुरे भागमा बढी छ,” पोखरेलले लेखेका छन्। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि आउँदो तीन दिन देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले शनिबार बेलुका जारी गरेको बुलेटिनमा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बुलेटिनअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाले वर्षाका कारण नदीहरूको जलसतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता विपद् आउन सक्ने भन्दै जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, यातायात र हवाई सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। यस्ता सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ। मुख्य सुझावहरू बाढी तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध यात्राअघि मौसम पूर्वानुमानको जानकारी लिनु आवश्यक स्थानीय निकाय र प्रशासनको सूचना तथा निर्देशन पालना गर्न सुझाव
विश्व योग दिवस २०८२: अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्व योग दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय, योग साधकहरू र विश्वभरिका योगप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिँदै योगलाई "हाम्रो प्राचीन सभ्यताको अमूल्य निधि" भन्नुभएको छ । जसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सँगसँगै समृद्ध बनाउने उल्लेख गर्नुभएको छ। "यस वर्षको विश्व योग दिवसको नारा 'Yoga for One Earth, One Health' ले हामीलाई व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्याउन प्रेरित गरेको छ," उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। अध्यक्ष प्रचण्डले योगको उत्पत्ति र विकास भएको ऐतिहासिक पृष्ठभूमि रहेको नेपाललाई विश्वभरिका योग साधकहरूका लागि एक आदर्श गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभएको छ। विश्वभर हरेक वर्ष जुन २१ तारिखमा मनाइने योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।