आज जनगायक जेबी टुहुरेको तेस्रो स्मृति दिवस, को हुन् टुहुरे ? (संक्षिप्ति चिनारीसहित)

आज जनगायक जेबी टुहुरेको तेस्रो स्मृति दिवस, को हुन् टुहुरे ? (संक्षिप्ति चिनारीसहित)

काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’ को आज तेस्रो स्मृति दिवस मनाइदैछ । टुहुरेको २०७८ भदौ १० गते ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

इच्छुक प्रतिष्ठान अनामनगर घट्टेकुलोमा हुने स्मृति दिवसलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँलाई प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले २०८० भदौ ६ गते मन्त्रिपरिषद् बैठकबाट ‘जनगायक’को उपाधि दिएको थियो । 

को हुन् जेबी टुहुरे ?

जेबी टुहुरेको नाम जुठबहादुर खड्गी हो । उहाँ सुनसरीको धरानमा २००१ कात्तिक १५ गते जन्मिनुभएको थियो । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि उहाँले आफ्नो नामको पछाडि टुहुरे लेख्न थाल्नुभएको थियो । 

टुहुरे २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएर २०२४ सालदेखि जनताका गीत गाउन थाल्नुभएको थियो । ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई...’ उहाँको सबैभन्दा लोकप्रिय गीत हो । त्यस्तै ‘बसाइँ हिँड्नेको ताँतीले...’लगायत उहाँले १५० भन्दा बढी जनवादी गीत गाउनुभएको छ। 

जेबी टुहुरेले पूर्वी पहाडका बस्तीबस्तीहरूमा पुगेर परिवर्तनका गीत सुनाउनुभयो । जेबी टुहुरेले गाएका गीतमा समाज परिवर्तनका अलावा मानवीय संवेदना प्रशस्तै बोकेको पाइन्छ। साथै पृथक खालको उनको स्वर र जीवनस्तर सुहाउँदो गीतले मध्यम र निम्नमध्यम वर्गीय समाजका नागरिकलाई पनि सम्बोधन गरिएको पाइन्छ। 

उहाँका सबै गीतहरु कम्युनिष्टहरुका वैचारिक खुराकको रुपमा स्थापित छन् । उहाँल जनवादी गायक मात्र होइन, राजनीतिक दलसँग पनि आवद्ध हुनुहुन्थ्यो ।

तत्कालीन माले, एमाले हुँदै पछिल्लो समय जेबी माओवादी केन्द्रमा सक्रिय हुनुहुन्थ्यो । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट संविधानसभा सदस्यसमेत बनेका टुहुरे जनसांस्कृतिक महासंघको अध्यक्ष र संरक्षक पनि भइसक्नुभएको छ । पछिल्लो समय उहाँ माओवादी केन्द्रको सल्लाहकारसमेत रहनुभएको थियो । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउन्डेसन समेत स्थापना गरिएको छ ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

प्रधानमन्त्री सडकमा

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली सडकमा ओर्लिने भएका छन् ।सरकारले भ्रष्टाचारी संरक्षण गरेको, विपक्षीहरुलाई अनावश्यक प्रतिशोध साधेको लगायतका विषयमा प्रर्दशन हुन र सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री स्वंयम पार्टीको शक्ति परिचालन गर्दै सडकमा उत्रिन लागेका हुन् । प्रधानमन्त्रीको दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन  गर्न लागेको छ भने सो प्रर्दशनको प्रमुख वक्ता प्रधानमन्त्री  नै रहेका छन्। प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ । सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । शुक्रबार काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय